सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

ईन्टरनेट चै चलेको छ है

यो कथा वास्तविक हो ।कुरा मैले ईन्टरनेट जोड्दाको हो, छोरी बिदेशमा भएकोले कुरा गर्न सजिलो हुन्छ भन्ने लागेर, यस बारे बुझ्दा सस्तो र तु उपलब्ध हुनेमा युटिएल पर्यो र यही नै लिएं । लिदाखेरिनै यो अलि ढिली छ तर पछी छिटो हुन्छ भनेकोले म ढुक्क भै उनिहरुले भनेको मोडियम लिएर म घर आएं । सबै गर्दा चार हजार भन्दा बढी पर्यो, बल्ल तल्ल जोडियो तर काम चै रकेट युगमा गोरुगाडाको गतिमा चल्ने पो भयो! कारण चार जानालाई पुग्ने सेवा चालिस जनालाई बांडेको रहेछ,केहि पछी टावर थपिने भनेकोले म परखिन बाध्य भए । तर त्यो काम भयो भएन मेरो काम भने भएन । अनी त्यसैका कर्मचारीलाई भन्दा एक जनाले भने" त्यही सिमकार्डले चल्ने एउटा फोन लिनुहोस र नेट पनि चल्ने फोन पनि चल्ने" भनेर पाँच हजारमा फोन दुई दिनको ट्रायलामा भिडाए ।

लौ त नि दुबै काम हुन्छ भने के भो त भनेर लिईयो तर तीन दिन त ट्राई गर्दैमा ठिक्क भो अनिकाम चै उहि ताल भो चौथो दिन ति भाईलाई खोज्दा भ्याली बाहिर गएको र चार दिन पछी मात्र आउने थाहा भो, आएपछी काम नभएको र सामान फिर्ता गरुं भन्दा त एक हजार कम दिन्छु पो भन्छ,त्यस्तो घाटाको सौदा मैले मानिन र फोन पनि संगै राखें तर मेरो समस्या जहिको तही भो । कहिले नेट्वर्क नै नहुने भए पनि एक पेज खोल्न नै धेरै समय लाग्नेभो । यो त भएन जे भए सरकारी भने राम्रै होला भनेर एन टि सि को स्काई नेट लिने भएं । स्काईको सिम पहिलेकै फोनमा हाले पछी चल्ने भयो । तर यो पनि आवस्यक्ताभन्दा बडी बितरण ले ग्रस्त रहेछ । यस्को पनि चल्ने गती त उस्तै रहेछ । अब मेरो टाउको दुख्न थाल्यो कारण बार तेर हजार खर्छ गरेर पनि नेट भने उहि गतिमा भयो । सबै भन्दा ठुलो कुरा नजान्नु नै रहेछ , भन्ने राम्म्रैसंग थाहा भो । अब यत्रो पैसा खर्च भैसक्दा पनि काम नभएपछी "तै रिन तै रिन बुढी बाख्रा किन" भनेर म पुन: अर्को राम्रो कुन छ भनेर खोज्दा adsl सबै भन्दा ठिक लागेर घरबेटिलाई request गरी आधी पैसा तिर्ने सर्तमा जम्मा 5 सय खर्च गरी लाईन जोडियो र ईन्टरनेट चालु गरियो ।
यि त भए ईन्टरनेट चलाउने कुरा अब यस्को अर्को पाटोको कुरा, राम्रै चलिराखेको नेट्को तार कुकुरले चुडाईदिएपछी जोड्ने अनेक प्रयास गर्दापनी नभएपछी साहुजिको सल्लाह बमोजिमा कर्डलेस मोडियमा लानुहोस भने, मैले पनि तारको झन्झटबाट मुक्ती नै पाईने सोचेर १८०० ।- तिरेर ल्याएर जोड्दा कनेक्ट र डिस्कनेक्ट भैरहने हुदा फिर्ता दिने बिचारले मोडियमको बिर्को खोज्दा त कुकुरले उहिलेनै क-याप कुरुप बनाईसकेछ । अब परेन त फसाद! फिर्ता दिने सर्तमा ल्याएको भए पनि सहिसलामत नभए पछी फिर्ता दिने कुरै भएन र त्यो पनि त्यसै थन्क्यो । लगभग १५००० ।- जती सिद्धिए पछी आनन्द भएको छ तर सन्तोसको कुरा चै के भने ईन्टरनेट चै चलेको छ है ।

बाट:
रमेश बान्तवा

5 comments:

Akash said...

बडो फसाद परेछ साथी अब के गर्ने त अनि हाम्रो नेपालमा कसरी छिटो नेट चलाउने हो .............???

Unknown said...

malai pani testai nai vayeko thiyo sathi tara tetro paisa chai kharcha chai bhayena lagbhag 8000 chai sakiye cha.

Raghu Dahal said...

मेरो कथापनी बान्तवा जि को भन्दा कम छैन । म नेपाल हुँदा जसो तसो NTC को SKY डाटा कार्ड बाट अड्को पड्को नेट चलाई राखेको थे । आफु बिदेश आएपछी श्रीमती ले भनिन मोडेम बिग्रेयो , २५०० हालेर नयाँ किनिन, फेरी नेट चलेन , फेरी UTL को सिम कर्ड किनिन तेस्मा मुस्किल्ले कनेट हुन्छ तर कुनै SIDE खुल्दैन skype बाट कुरागर्ने त परै जावोस , घेर्बेटी ले ADSL जोड्ने कुरा समती भएन । म यहाँ बाट फोन गर्छु मिनटको नेपाली रुपया ९० जती चट हुन्छ । कसैलाई जानकारी होला कसरी भर्पर्दो ईन्टरनेट जोड्ने होला ?????

Pyakurel Amit said...

maile yeso bujhe anusaar Ramesh ji laai jastai haami dherailaai anjaanbas garho bhayeko chha. Tara ahile dherai tyasta private ISP pani chhan jasle speed anusaar ko rakam liyera internet sewa diney gardachhan. Maile pani dherai tyasta internet haru try garey. Tara UTL, ADSL, 3G Data Card wa anya bhanda pani Ncell 3G nai thik laagyo.
Suruma lida
SIM ra modem ko -2360.00
5000 mb pack ko -1999.00
13% tax on 1999 - 259.87
Total laagne =4618.87
Kinaki yasma 5000mb ko pack with lifetime validity liyera chalaauda per mb 45 paisa (including tax) laagdo rahechha. Ra speed pani 3.6 mb/s rahechha. 3G nachalne thaauma 2G baata pani chalne rahechha. So tyo nai thik ho ki jasto laagchha.

Anonymous said...

sab bhanda ramro ADSL nai ho hai saathi ho.

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु