सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

तपाईंहरुको पाना

यो पानामा तपाईंहरुले नै पठाउनु भएका लेख, कथा, मुक्तक, कबिता, गीत गजल अथवा चुट्किलाहरु प्रकाशित गरिनेछ , तपाईंहको आफ्ना लेख रचनाहरु तथा कथा, कबिता, गीतगजल आदि यो पानामा प्रकाशित गर्न चाहनु हुन्छ भने मलाई यो ठेगानामा ईमेल गरेर पठाउनु होला ।
deepinformation100@yahoo.com
धन्यवाद

गजल


बिर्सियौकि सम्झीरहन्छयौ ,आधेरी रातमा कान्छी
बिताएका पलहरु ,तिमिहामी साथमा कान्छी

हास्थ्यौ तिमी खुशीहुँदै,निदाउथ्यौ छातीमाथि
कतिहुन्थ्य गफहरु ,पिरतिको बातमा कान्छी

दुई मनले एउटै हाम्रो,भबिस्य लाई सोच्दा खेरी
रिसाइदिन्थ्यौ जिस्किएर,पिरतिकै मातमा कान्छी

कति धेरै भेटहुन्थ्यौ ,महिनभित्र हामीहरु
घुम्नेगर्थ्यौ गाउबेसी ,समाएर हातमा कान्छी

शुभकामना दिन मलाई ,फूल टिप्न जादातिमी
चिप्लिएर लडेकि थियौ ,अल्झिएर पातमा कान्छी

- देवराज ओली
दाङ घोरही-३
हाल दुबइ यू. ए. ई.

हिमचुलिको हिउँ जस्तो

हिमचुलिको हिउँ जस्तो नेपालीको मन
आई परे देशको लागि दिन्छ जिउज्यान

ईतिहासमा पानाभरि बिरताका गाथा
पहाड जस्तो छाती उसका शिर सगरमाथा
डाँडापाखा खोलानाला नेपालीको धन
आई परे देशका लागि दिन्छ जिउज्यान

हात भरि बलबाहु आँखा भरी बुद्द
लगनशिल भई गर्छ स्वाभिमानको युद्द
नेपालीलाई रमाइलो छ आफ्नै घर आँगन
आई परे देशको लागि दिन्छ जिउज्यान

- अबिनाश घिमिरे
काठमाडौं , नेपाल


केही चुट्किलाहरु :

प्रहरी : तेरो साथी कसरी मर्यो ?
अभियुक्त : थाहा छैन कसरी ? उसले भन्यो मेरो पेटमा मुसा डौडिरहेको छ , मैले मुसा मार्ने औषधी ख्वाई दिए ।

स्वास्नी माइत गएकी थिई , माइत बाट फोन गरी
" म तिम्रो यादमा १५ दिनमै दुब्लाएर आधा भई सके । मलाई कहिले लिन आउछौ ?
लोग्ने : अब १५ दिन अझै त्यतै बस न त अनी आउछु ।

प्रेमी : म तिम्रो घर गएको थिए , अब शायद हाम्रो बिहे हुँदैन होला
प्रेमिका :मेरो बुवा सँग भेट भयो हो ?
प्रेमी : होइन तिम्रो बहिनी सँग

- दिपक भण्डारी
लोकन्थली, भक्तपुर

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु