सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Showing posts with label rochaktathya. Show all posts
Showing posts with label rochaktathya. Show all posts

भुगोल (Geography) सम्बन्धी केही रोचक तथ्य



@ अन्टार्टिकामा पानी यति चिसो छ कि त्यहाको पानीमा भएको कुनै पनि चिज सड्ने गल्ने हुँदैन ।
@ यदि अन्टार्टिकामा जमेको सबै बर्फ पग्लने हो भने संसारको सबै समुद्रहरुमा ६० देखी ६५ मिटर अर्थात २०० देखी २१० फुट सम्म पानीले भरिनेछ ।
@ अहिले सम्मको रिकर्ड गरिएको अन्टार्टिकाको सबै भन्दा बढी तापमान ३ डिग्री फरेनहाईट हो ।
@ एक औसत हिमश्रिन्खला (Ice berg) को वजन लगभग २ करोड टन हुन्छ ।
@ विश्वको सबै बन क्षत्र मध्य २५% भन्दा पनि धेरै भाग साइबेरियामा पर्छ ।
@ टैक्सासको होस्टन नगर धसान (दलदल) माथी बसेको छ र यो बिस्तारै बिस्तारै तल धसेर गईरहेको छ ।
@ समुद्रको एक घन मिल (One cubic mile) पानीमा लगभग ५० पौण्ड सुन घुलेको हुन्छ ।
@ संसारमा प्रति बर्ष ५०,००० भन्दा बढी भुकम्प आउने गर्छ ।

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्


जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ । तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ । यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९ प्रतिसत छ । यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो चार्टको प्रयोग गरेर हेर्नुहोस् । चार्ट लाई ठुलो पारेर हेर्न चाहनु हुन्छ भने माथिको चार्टलाई क्लिक गर्नु होला ।
चार्टमा माथिल्लो पंक्तिमा स्वास्नी मान्छे को उमेर दिईएको छ र अर्को तर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ । " X " को प्रयोग छोराको लागि र " O " को प्रयोग छोरीको लागि गरिएको छ ।

जानी राखे राम्रो ( Amazing but Useless Facts )

@ ईंग्लिश शब्द "queue" मात्र एउटा ईंग्लिश शब्द हो जसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
@ ईंग्लिश शब्दहरु मध्य "set" शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
@ ईंग्लिशमा "French kiss" भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा "English kiss" भनेर चिनिन्छ ।
@ Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द "Almost" हो ।
@ Vowel बिनाको लामो शब्द "Rhythm" हो ।
@ साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
@ मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
@ आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।

ईन्टरनेट र प्रोनोग्राफी सम्बन्धी आस्चर्यजनक तथ्य


@ इन्टरनेट फिल्टर रिभ्युको सर्वेक्षणअनुसार विश्वमा प्रतिसेकेन्ड ३ हजार डलर भन्दा बढी रकम यस्ता साइटमा खर्च भैरहेको हुन्छ ।
@ १८ वर्षमुनिका व्यक्तिहरूले गुगल सर्च इन्जिनमा खोजी गर्ने शब्द 'सेक्स' र 'पोर्न' सर्वाधिक ५ शब्दभित्र पर्छन् ।
@ ४३ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले अश्लील वेबसाइट हेर्छन् । त्यसमा प्रत्येक तीन जना प्रयोगकर्तामा एक जना महिला हुन्छन् ।
@ अश्लील वेबसाइटमध्ये केवल ३ प्रतिशत साइटले मात्र उमेर सोधेर साईटमा प्रवेश गराउँछन् ।

एउटा क्षेप्यास्त्र बनाउने खर्चले के के गर्न पुग्छ ?



एउटा रसायन क्षेप्यास्त्र बनाउदा जति खर्च हुन्छ त्यस खर्चबाट अरु कति मानविय भलाईका लागि कार्यहरु गर्न सकिन्छ भन्ने बारेमा शायद हामीलाई कमै मात्र थाहा होला । हामीले सोचे भन्दा बढी कार्यहरु यसबाट गर्न सकिन्छ जस्तै :

@ २१ करोड हेक्टर जमिनमा ब्रिक्षरोपन गर्न सकिन्छ ।
@ ११ लाख हेक्टर जमिनमा सिंचाइ गर्न सकिन्छ ।
@ ६ करोड कुपोषण बालबालिकाहरुलाई पौष्टिक आहार खुवाउन सकिन्छ ।
@ १० टन रासायनिक मल किनेर क्रिषकहरुलाई वितरण गर्न सकिन्छ ।
@ १६ हजार स्वास्थ्य केन्द्र खोल्न सकिन्छ ।
@ ३ लाख ४० हजार प्राथमिक बिद्यालय खोल्न सकिन्छ ।
@ १ लाख विश्वविद्यालय बनाउन सकिन्छ ।

यसरी एउटा क्षेप्यास्त्र बनाउदा कति खर्च हुदोरहेछ भन्ने कुरा स्वत: अनुमान लगाउन सकिन्छ ।

स्रोत : द सन

मज्जाले सुत्नुहोस् र मोटापा भगाउनुहोस्




बैज्ञानिकहरु धेरै पहिले देखी भन्दै आईरहेका छन कि राम्रो स्वास्थ्यको लागि ८ घण्टाको निन्द्रा जरुरी छ र यो कुरालाई वजन दिएको छ अमेरिकामा हालै गरिएको एक शोधले । अमेरिकाको ओहियो स्थित केस वेस्टर्न रिजर्व विश्वविद्यालयले लगभग ७० हजार महिलाहरु माथि १६ बर्ष सम्म गरेको परीक्षणले यो पत्ता लागेको छ कि गहिरो निन्द्राले न केवल ब्यक्तीलाई फुर्तिलो राख्दछ, यसले व्यक्तीको वजनमा पनि असर पार्दछ । शोधमा यो पत्ता लागेको छ कि जो महिलाहरु राती ५ घण्टा या त्यो भन्दा काम सुत्छन उनिहरुको शरीरको वजन ७ घण्टा सुत्ने महिलाहरुको तुलनामा १५ किलो सम्म बढ्ने सम्भावना रहन्छ । साथ साथै यो पनि थाहा लागेको छ कि निन्द्राले वजनमा दुरगामी प्रभाब राख्दछ । यो शोधमा भूमिका निभाउने एक बैज्ञानिकको भनाइ छ कि कम सुत्नेहरुको बढ्ने यो औसत वजन हो नत्र धेरै जसो महिलाहरुमा यो भन्दा पनि धेरै वजन बढ्ने सम्भावना रहन्छ ।

..............................................................त्यसैले मिठो निन्द्रा मात्र मज्जाको चिज होइन रहेछ, यो त आफ्नो शरीरलाई स्वस्थ राख्ने एक आवश्यकता पनि हो भनेर भन्नु गलत नहुने भएको छ । त्यसैले अब देखी सुत्नमा कन्जुस्याई नगर्नुहोस् , मज्जाले सुत्नुहोस् र मोटापा भगाउनुहोस् । कि कसो त ???

जिव जन्तुहरुको नेतागिरी




सँसारमा धेरै नै भाषामा अनुवाद भईसकेको संस्कृत भाषाको कृति पञ्चतन्त्रमा धेरै नै जिवजन्तुको कथाहरुले भरिएको छ । त्यसमा भएको कथाहरुमा हरेक पशुहरुको राजा, रानी, मन्त्री राजकुमार आदिको रुपमा चित्रण गरी शासन ब्यबस्थाको बारेमा व्याख्या गरिएको छ । समिक्षकहरुले यो कृतिलाई कल्पना शक्तीको चमत्कार भन्ने गरेका छन तर जिवबिज्ञान सम्बन्धी अध्ययन गर्ने बैज्ञानिकहरुबाट जनावरहरु बारे नयाँ नयाँ तथ्य बाहिर ल्याइरहेका छन । यसबाट के थाहा हुन्छ भने पञ्चतन्त्र मात्र कोरा कल्पनाको उपज हैन ।

यो संसारमा मानिसहरुको मात्र हैन जिवजन्तुहरुले पनि आफ्नो नेता छान्ने र नेत्रित्व आफ्नो हातमा पार्न संघर्ष गर्ने र आफ्नो बथानहरुलाई नेत्रित्व प्रदान गर्ने प्रथा भएको थाहा लागेको छ ।

@ गाईहरु मुखिया हुन घोराघोर लड्छन । लडेर जितेको गाई मुखिया हुन्छ र त्यही मुखियालाई अगाडि लगाएर अरु गाई पछि पछि लाग्छन , गाईहरु मात्र हैन गोरुहरु पनि त्यही मुखियाको पछाडि पछाडि लाग्न वाध्य हुन्छन ।
@ च्याङ्रग्राहरुलाई भने गाईहरु जस्तो लड्नु पर्दैन, उनिहरुले सबैलाई मनपर्ने एउटालाई नेता बनाउछन र त्यही नेतालाई अगुवा मानि सबै त्यो नेताको सँगसगै हिड्छन । च्याङ्रग्राहरुको यही कमजोरीको मानिसहरुले फाईदा उठाउछन , च्याङ्रग्रा मार्ने बेलामा त्यही नेतालाई चिनेर पहिला मारी दियो भने अरु च्याङ्रग्राहरु आँफै मर्न लाइन लाग्छन ।
@ गधाहरुको बिचमा जो सबै भन्दा फुर्तिलो र होसियार हुन्छ त्यो नै गधाहरुको सरदार हुन्छ । कहिले केही खतराको महसुस गर्‍यो कि त्यही सरदार गधाले धेंचु धेंचु कराउदै अरु गधाहरुलाई सावधान गर्छन् ।
@ भैंसीहरुको बथान बाहिर चरेर आफ्नो मालिकको घरमा फर्किए पछि आफुहरु घरमा फर्किएको सुचना दिन एउटा मात्र भैंसी "भाँSS" भनेर कराउछ ।
@ घोडा, खच्चर र उँटहरुको बगाल अगाडी बढ्दै गर्दा सबै भन्दा अगाडि भएकोले कता कता लैजान्छ पछाडि आउनेहरु त्यतै त्यतै लाग्छन ।
@ हातीहरुको नेता प्राय: जसो पोथी नै हुन्छन । पोथी हातीलाई उसमा भएको शरीरिक बल, इमान्दारी र स्वभाब हेरेर नेता चुनिन्छ । नेता भईसकेपछि त्यो पोथी हातीले आफ्नो बथानलाई कडा अनुशासनमा राख्छन । अरु हातीहरुलाई केही सुचना दिनु पर्‍यो कि त्यो नेता हातीले अचम्म लाग्दो ब्यवहार गर्छ , नेता हाती उफ्री उफ्री माटो खन्छ र त्यो माटो आफ्नो सुँडले उठाइ हावामा उडाउछ , यसरी माटो हावामा छरीसकेपछी अरु हातीहरुले त्यो माटोको गन्ध सुंघेर आफ्नो नेता कता छ र उसले के सन्देश दिन लागेको छ भनेर सबै त्यो नेता हाती भएको ठाउँमा डौडेर पुग्छन ।
@ गुरिल्ला, चिम्पान्जी वा बबुन जातीको बाँदरहरुको सरदारले बथानमा भएका सबै राम्री राम्री बाँदरनीहरुलाई आफ्नो अधिकारमा लिन्छ र अरु बाँदरहरुलाई पोथीनै नपाउने गरी दिन्छ । एउटा सरदार मर्यो कि अर्को सरदार छानिन्छ र सरदार भएको बाँदरको कर्तब्य आफ्नो बथानमा भएका सबै बाँदरहरुको रक्षा गर्ने र बँश बृदि गर्ने हुन्छ । बानुन जातीको बाँदर कसै सँग लड्न जादाखेरी सबै भन्दा अगाडि बस्छन र फर्किने बेलामा अरु सबै साथीहरु फर्की सके पछि मात्र आफु फर्किन्छ ।
@ माछाहरु बिचमा कोही पनि माछा आफ्नो सिमा नाघेर जान खोज्यो भने नेता माछाले त्यो माछालाई नराम्रो सँग टोकी दिन्छ ।
@ नेतागिरीको लागि सबै भन्दा नराम्रो सँग लड्ने जाती कुखुरा हो । कुखुराहरुको बिचमा एकजना भन्दा बढी नेता देखा पर्‍यो भने फैसला नभए सम्म उनिहरु लडिरहन्छन । यसरी एक चोटि फैसला भईसकेपछि त्यो नेता कुखुरालाई कसैले छुन सक्दैन । त्यो नेता कुखुराले दाना खाइरहने बेलामा वा फुल पार्ने बेलामा अरु कुखुराहरु उसको छेउमा जान सम्म डराउछन भने त्यो नेता कुखुराले दादागिरी देखाउदै अरुले खाइरहेको दाना खोसेर खाईदिन्छ र अरुले फुल पार्ने बेलामा जिस्क्याइ रहन्छ ।

मानिसको औसत समय कसरी बित्छ ?

मानिसको औसत आयु भनेको लगभग ६५ देखी ७० बर्ष हो र यति उमेर भित्र मानिसले के के गरेर समय बिताउदो रहेछ त ? तल लेखिएका बुदाँहरु हेरौ र हामी पनि बिचार बिचार गरौ कि यो देखी बाहेक अरु पनि केही गर्ने कि ?

@ करिब २० देखी २५ बर्षसम्म सुतेर
@ करिब १५ बर्षसम्म काम गरेर
@ करिब ६ बर्षसम्म खानपिन गरेर
@ करिब ८ बर्षसम्म मनोरन्जन गरेर
@ करिब ५ बर्षसम्म लुगा लगाउने , सरसफाई गर्ने र दार्ही काट्ने काम गरेर
@ करिब ३ बर्षसम्म बिरामी परी ओछ्यानमै सुतेर
@ करिब ७० दिन ऐना हेरेर

जनावर सम्बन्धी केही रोचक तथ्यहरु



१) एउटा बयस्क बिरालो प्रति घण्टा २० किलोमिटर (१२ माइल्स) डौडिन सक्छ ।
२) चितुवा ७६ किलिमिटर (४६ माइल्स) प्रति घण्टा डौडिन सक्छ । अहिले सम्म मानिस मात्र ३० किलोमिटर (१८ माइल्स) प्रति घण्टा डौडेको रेकर्ड छ ।
३) चितुवाले बाघ वा शेर जस्तो गर्जिदैन , उ बिरालो जस्तो म्याउँ गर्छ ।
४) छेपारोको जिब्रो उसको शरीरको लम्बाइ भन्दा २ गुणा लामो हुन्छ ।
५) चिम्पान्जी ऐनाको अगाडि बसेर आफ्नो नक्कल गर्न सक्छ तर बाँदरले सक्दैन ।
६) एउटा मुसा पानी बिना उँट भन्दा धेरै दिन बाँच्न सक्छ ।
७) हिप्पोपोटामस नामक जलगैडाले पानी भित्र आफ्नो बच्चा जन्माउने गर्छ ।
८) एउटा गाईले आफ्नो जीवन भर लगभग २००००० गिलास दुध दिने गर्छ ।
९) डल्फिन आफ्नो एउटा आँखा खोलेर सुत्ने गर्छ ।
१०) ब्लु व्हेलको आवाज १८८ डेशिवल सम्मको रेकर्ड गरिएको छ जुन अन्य जनावरहरु भन्दा सबै भन्दा बढी हो ।
११) ग्रेहाउन्ड नामक कुकुर 41.7 माइल्स प्रति घण्टा सम्म डौडिन सक्छ , यो जातिको कुकुरको अस्तित्व ६००० साल अगाडि प्राचिन मिस्रमा पाईएको छ ।
१२) बिरालोले राती मानिसहरुको तुलनामा ६ गुणाले बढि देख्न सक्छ किनकी उसको आँखामा भएको tapetum lucidum नामक कोशीकाले प्रकाशलाई reflect गर्छ ।
१३) खैरो भालु साधारण तया घोडा जतिकै डौडिन सक्छ ।
१४) पोथी सिँहले भाले सिँहको तुलनामा ९०% सिकार गर्ने गर्छ ।
१५) जेल्लीफिश नामक माछामा ९५% पानीको मात्रा हुन्छ ।
१६) जन्मिदा खेरी पान्डा एउटा मुसा भन्दा पनि सानो हुन्छ र उसको वजन लगभग ४ औँसको हुन्छ ।
१७) बिरालो र कुकुरहरु पनि मानिसहरु जस्तै बाँयाहाते र दाँया हाते हुन्छन ।
१८) जिराफले आफ्नो २१ इन्च लामो जोब्रोको कारणले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
१९) गोहीले आफ्नो जिब्रो निकाल्न सक्दैन ।
२०) सबै किसिमका धुर्बिय भालुहरु बाँया हाते हुन्छन ।
२१) कमिलाहरु कहिले पनि सुत्दैनन ।

एता उताका रोचक तर आश्चर्यजनक तथ्य

१ गिनीज बुक ऑफ रिकॉर्ड्स को पुस्तक प्राय: सार्वजनिक पुस्तकालय बाट चोरी हुने रिकॉर्ड छ ।
२ चार्ली च्यप्लिन जस्तै देखिने हरुको प्रतियोगितामा स्व्यम चार्ली च्याप्लिनले तेस्रो पुरुस्कार जितेका थिए ।
३ फिन्ल्यान्डमा डोनाल्ड डक कमिक्सलाई प्रतिबन्ध लगाइयो किनकी डोनाल्ड डक नामक पात्रले पेन्ट लाउदैनथ्यो ।
४ cockroach सँग बिकिरण सँग लड्न सक्ने धेरै क्षमता हुने हुनाले केही गरी परमाणु युद्ध भएमा cockroach नै एक मात्र जिवित हुने सम्भावना छ ।
५ एक मिनेटमा करिब ८ लाख कोषिका मानिसको शरीर बाट मर्छन भने त्यतिकै मात्रामा कोशीका बन्छन पनि ।
६ प्रत्यक बर्ष चन्द्रमा प्रीथ्बी बाट ३. ८२ cm टाढा गैरहेको छ ।
७ मानिसको शरीरमा एक रक्त कोषिका पुरै शरीर घुम्न २० सेकेण्ड लगाउछ ।
८ कोकाकोला पहिला हरियो थियो ।
९ विश्वमा सबै भन्दा मिल्ने नाम "मोहम्मद" हो ।
१० मानिसको शरीरको सबै भन्दा बलियो मसल जिब्रो हो ।
११ अमेरिकामा प्रत्यक मानिस सँग २ वटा क्रेडिट कार्ड छ ।
१२ कि बोर्ड को एकै पँक्तीको अक्षर बाट बनेको शब्द TYPEWRITER नै सबै भन्दा लामो शब्द हो ।
१३ पुरुषको तुलनामा महिलाहरुले लग्भग दोब्बर पल्ट आँखाको परेला झिम्काउने गर्छ ।
१४ सुङुरहरुलाई आकाश तिर हेर्नु असम्भब छ ।
१५ 111,111,111 x 111,111,111 = 12,345,678,987,654,321 हुन्छ ।
१६ गोहीले आफ्नो जिब्रो बाहिर निकाल्न सक्दैन ।
१७ चिप्ले किरा ३ बर्ष सम्म केही नखाएर सुत्न सक्छ ।
१८ सबै भालु देब्रे हाते हुन्छन ।
१९ हाती नै एस्तो जनावर हो जो कहिले पनि उफ्रिन सक्दैन ।
२० २ वटा मुसाले १८ महिना मा कारीब १ लाख बँश बढाउन सक्छ ।
२१ औंलाको छाप हरेक मान्छेमा फरक फरक भए जस्तै जिब्रो को छाप पनि फरक फरक हुन्छ ।
.
.

Blood Group ले पनी तपाईको पोल खोल्न सक्छ


________________________तपाईलाई आफ्नो कुनै साथीको मानिसको बानीको बारेमा थाहा पाउन चाहानु हुन्छ? यदी चाहानु हुन्छ भने तपाई आफ्नो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ। Japanese institute ले गरेको एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।
Group O:-
संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानको क्रममा पाईएको थियो।
Group A:-
यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।
Group B:-
यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।
Group AB:-
यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ।

अनपत्यारिला रोचक तथ्यहरु - ३

१ मानिसको शरीरको सम्पूर्ण रक्त बाहिनी नलीको लम्बाई जोड्ने हो भने त्यो लम्बाईले पृथ्बीलाई दुई पटक बाध्न पुग्छ ।
२ खगोलशास्त्रीहरुको अनुमान अनुसार अन्तरिक्षमा लगभग एक अरब प्रम्हाण्ड छन र प्रत्येक ब्रम्हाण्डमा करोडौ सौर्यमण्डल छन ।
३ अन्तरिक्षमा खरबौ ताराहरु छन एक अनुमान अनुसार प्रति मिनेट १५०० ताराको दरले गन्दा खेरी सम्पूर्ण तारहरु गन्न ७०० बर्षको समय लाग्नेछ ।
४ संसारको कुल क्षत्रफलको ७१ प्रतिशत भुभाग पानीले ढाकेको छ ।
५ एक ब्यक्तिले आफ्नो सम्पूर्ण जीवनकालमा लगभग ६१००० लिटर पानी पिउछ ।
६ जहिले पनि एकै स्थानमा दिसा गर्ने जनावर गैंडा हो ।
७ एक पटक उडेपछि सर्वाधिक लामो समयसम्म उडिरहने पंछी "सुटी टन" हो । यो पंछी ३ देखि ४ बर्षसम्म निरन्तर उडिरहन्छ ।
८ आफ्नो गर्भधारण टाउकोमा गर्ने जिव उडुस हो ।
९ ३ वटा मुटु भएको जनावर अक्टोपस हो ।
१० सौर्यपरिवारका सबै ग्रहहरु पश्चिम बाट पूर्वतिर घुम्दछन तर शुक्र ग्रह जो पूर्व बाट पश्चिम दिशातिर घुम्दछ ।

अनपत्यारिला रोचक तथ्यहरु - २

१ समुन्द्र भित्र सुर्यको किरण ४०० मिटर भन्दा तल जान सक्दैन ।
२ कुकुरको शरीरमा केवल एक अँग बाट मात्र पसिना आउछ र त्यो हो जिब्रो ।
३ परमाणु कति सम्म सानो हुन्छ भन्ने अनुमान लगाउन यो जाने सजिलो होला कि पानीको एक थोपा १०० लाख खर्ब परमाणु हुन्छन ।
४ अन्य मांसाहारी प्राणीको तुलनामा सिहको मुटु सबै भन्दा सानो हुन्छ ।
५ एक बर्षमा एउटा लाम्खुट्टेले १५ करोड बच्चा जन्माउन सक्छ ।
६ एउटा झिँगाले उड्ने बेलामा पखेटा १ सेकेण्ड्मा ३३० पल्ट हल्लाउछ ।
७ लामखुट्टेले आफ्नो वजन भन्दा डेढ गुणा बढी रगत चुस्न सक्छ ।
८ एक जोडी मुसाले एक बर्ष भन्दा काम समयमा १५ हजार भन्दा बढि सन्तान जन्माउन सक्छ ।
९ बच्चा जन्माउने सबै प्राणीको पुछर हुन्छ तर मानिसको मात्र हुँदैन ।
१० आफ्नो आहार खादा रुने जनावर गोही हो ।

अनपत्यारिला रोचक तथ्यहरु - १

१ अन्य प्राणीको तुलनामा उँट धेरै दिनसम्म पानी नपिईकन बांच्न सक्छ तर पानी बिना त्यो भन्दा लामो समय सम्म बाँच्न सक्ने प्राणी मुसा हो ।
२ पानी जहाजको गति तातो पानीको तुलनामा चिसो पानीमा बढी तेज सँग चल्दछ ।
३ हावामा ध्वनि तरँग ३०० मिटर प्रतीसेकेण्ड्का दरले यात्रा गर्छ भने पानीमा त्यही तरँग १५०० मिटर प्रति सेकेण्डका दरले यात्रा गर्छ ।
४ शँख किरा आफ्नो जीवन कालमा एकै पटक मात्रा सेक्स गर्छ तर यो कृया लगातार १२ घण्टा सम्म जारी रहन्छ । साथै यो एस्तो जिब हो जो नयाँ ब्लेड्को धारमा पनि घाइते नभईकन हिंड्न सक्छ ।
५ मानिसको फोक्सोलाई नसाहरुको समुह भन्दा पनि फरक पर्दैन किनकी यसमा साना र ठुला गरि ३०० अर्ब वटा जति नसाहरु हुन्छन ।
६ "जाइजेन्टेक्स" नामक माछा टर्चलाइट जस्तो उज्यालो पार्दै पौडी खेल्दै हिड्छ ।
७ गरनाइ नामक माछा पानीमा पौडी , सडकमा डौडन र हावामा उड्न पनि सक्छ ।
८ भालु घाइटे भयो भने मानिसको बच्चा जस्तै रुन्छ ।
९ जिराफ यस्तो जनावर हो जसले जीवनमा कहिले पनि आवाज निकाल्दैन र यो संसारको सबभन्दा अग्लो जनावर पनि हो , भाले जिराफ १८ फिट सम्म अग्लो हुन्छ ।
१० एक मानिसको शरीरमा भएका सम्पूर्ण नसाहरुलाई जोड्ने हो भने त्यसको लम्बाइ ४५ मिल सम्मको हुन्छ ।

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु