मृत घोषित नगर मलाई, म पुन जाग्ने रहर लिएर मरेको छु
मेरो प्राण शरीरलाई त्यागे पनि, मेरो आत्मा मातृभुमिमा नै शेष छ
म मरे पनि मेरो देश मलाई उतिनै प्यारो छ !!
देह भस्म भई पञ्चतत्वमा विलिन भए पनि, आत्माले सधै जन्म भूमिलाई आभाष गरि रहन्छ
हावा एकतर्फी त चल्ने छैन सधै, कहिले मेरो मातृभुमिलाई छोएर मेरो घर को बाटो पनि बहन्छ !!
मेरो मृत शरीर लाई छोडेको आत्मा अझै पनि तड्पी रहन्छ, मेरो पुर्व भुमि लाई सुम्सुमाउन
न्याला-ब्याला परेका नेपाली सँतान हताषी रहेका छन्, नौलो बिहानीको रंगमा मुस्कुराउन!!
पबित्र भुमि मेरो नेपाल बिषमा घुले झैँ शोकाकुलमा छ,
स्वाभिमानी बन्ने कल्पना गरौ मातृ लाई गरिमा को खाँचो छ
यो कलियुगमा संजीविनी को पहाड बोकी ल्याउने पवनपुत्र हनुमान देवको खाँचो छ !!
मृत घोषित नगर मलाई, म पुन जाग्ने रहर लिएर मरेको छु
मेरो प्राण शरीरलाई त्यागे पनि, मेरो आत्मा मातृभुमि मा शेष नै छ
म मरे पनि मेरो देश मलाई उतिनै प्यारो छ !!
बाट:
मिलन कार्की
बाग्लुङ, रेशा- ४, नेपाल
हाल: साउदीअरब