सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Showing posts with label tapaiharuko_pana. Show all posts
Showing posts with label tapaiharuko_pana. Show all posts

नेपाली उखान टुक्काहरुको English version पढि एक छिन हासेर रमाइलो गर्ने कि ?




घाँटी हेरी हाड निल्नु
Look at the neck and swallow the bone

खाई न पाई छालाको टोपी लाई
Eating na getting, leather cap putting

एक कान दुई कान मैदान
One ear two ear, playground

अछ्यु खाए बछ्यु खाए , झुसे बारुलो
Hornet ate bachhyu ate, hairy wasp

काग कराउदै गर्छ पिना सुक्दै गर्छ
Crow crying, pina drying

चिन्नु न जान्नु घचेडी माग्नु
Don't know don't know push and beg

भाग्यमानी को भूतै कमारो
Lucky person has ghost servant

छोरो बिग्रीयो पल्सरले छोरी बिग्रीयो फेशबुक ले ( दृष्टीकोण )

"छोरो बिग्रीयो पल्सरले छोरी बिग्रीयो फेशबुक ले" नेपाल मा अहिलेगरीब, मध्यम गरीब घरानामा चलेको चर्चित भनाइ हो जसबाट म पुर्ण रुपले चै सहमत छुईन । म हालसाल स्थापित र नेपाली जनजिब्रोमा चलेको एउटा मान्यता बिपरित आफ्नो बिचार पोख्न लागिरहेको छु । सायद मेरो यो बिचार कतिपय अभिवावक र ब्यक्तिलाई मन नपर्न सक्छ होला । म ति सबै संग क्षमा चाहन्छु । तर साथै मैले देखेका बुझेका केहि सत्य कुरा नराखी पनि बस्न सक्दिन । आज को दिनमा चर्चामा रहेको भनाई "छोरो बिग्रयो पल्सर ले छोरी बिग्रीयो फेशबुक ले" भन्ने भनाइ प्रती म पुर्न रुपले सहमत छुईन्! यो कुरा सत्य हो कि नेपाली आकाशमा युवाहरुको माझमा सबै भन्दा लोकप्रिय बाईक को रूपमा पल्सर रहेको छ ( नेपाली उत्पादन होइन्, कुनै गर्व को कुरो पनि होइन् ) साथै अनुसन्धानले देखाए अनुसार सबै भन्दा बढी दुर्घटना हुने र मृत्यु हुनेको संख्यामा यस बाईकको नाम अग्रपंक्तिमा आउछ । अत्याधिक दुर्घटना को कारण ले कतिपय बिमा कम्पनी ले यो बाईक को बिमा गर्न मानिरहेको छैन । तर यसको मुख्य आकर्षण नै यसको दुत्रगती र पिक अप क्षमता र स्टाईल हो । कुनै चिजमा रहेको बिशेषताको लागी यसरी दोष दिने कार्य चाही उचित होइन । मुख्य कुरा नियन्त्रण हो । यसरी कुनै पनि कुरा यदी हाम्रो जीवनमा नियन्त्रण भन्दा बाहिर गएमा दुर्घटना अवश्य हुन्छ । मात्र दुर्घटना को स्वरूप बेग्ला बेग्लाई हुन्छ र परिणाम फरक फरक हुनसक्छ । हामिले दैनिक जीवनमा प्रयोग गर्ने कतिपय कुरामा नियन्त्रण गुमाउनु वा असावधान हुनु भनेको दुर्घटना निम्तयाउनु हो । यसरी सम्भावित दुर्घटनाको भयले कुनै खास बस्तुमा निहित बिशेषताको उपयोग नगर्नु त्यस बस्तुको उपभोग नगर्नु भनेको स्वयमलाई प्रबिधिबाट टाढा राख्नु र नया आबिष्कार र सम्भावना बाट आंखा चिम्लनु हुन्छ ।बस्तु र प्रबिधिको सही प्रयोगले मानिसको कार्यक्षमतालाई कैयो गुणाले बृद्दी गर्छ भने त्यही बस्तुको प्रयोगमा असावधानीले ठुलो अपुर्णिय नोक्सान गर्दछ । त्यसैले कुनै बस्तुमा निहित कुनै खास बिशेषतालाई नकारात्मक रुपमा लिनु हुँदैन । हामीले दैनिक जीवनमा उपभोग गर्ने हावा पानी र आगो यदी नियन्त्रण भन्दा बाहिर हुने हो भने यसले निम्त्याउने दुर्घटनाको सामु बाईक दुर्घटना त मात्र सुर्यलाई दियो देखाउने झै हुन जान्छ । हरेक बस्तुको आ-आफ्नो कमजोरी र बिशेषता हुन्छ ।

कथा "प्रेमपत्र"

मेघनालाई देख्दा अचेल मलाई किन किन त्यो केटीको याद आउँछ । त्यो कथा । एउटा केटा र केटीको कथा ।

दुख भनेककै सम्बन्ध त हो नि । कोही मान्छेसँग सम्बन्ध गाँसिन्छ अनि सुरु हुन्छ यात्रा, दुखको ।? ऊ सानै थिई तर थिई मेरी गुरुआमा । कति छिटै सुरू भयो उसको अलौकिक सफर, भिन्नै सफर, मान्छेले बनाएको नौलो ब्रह्माण्डको सफर ।
प्रेम आफैँ बस्छ । हो आफैँ, सोचेर पनि प्रेम गरिन्छ र?? निधारबाट तल झरेर आँखा छोप्न आइपुगेका कपाललाई पन्छाउँदै उसले भनी । म मौन रहेँ ।

त्यो हरि भन्छ प्रेम एउटा खेल हो र उसले कुनै पनि खेलमा हार्न जानेको छैन । के प्रेम साँच्चै एउटा खेल हो त राज ?? मसँग मौनता बाहेक उसको प्रश्नको लागि अर्को उपयुक्त उत्तर नै थिएन ।
तर म मान्दिन । म प्रमाणित गरिदिन्छु प्रेम हिसाब गरेर बस्दैन । यो खेल हैन । मलाई सहयोग गर है राज ।?
यो पल्ट मैले मुख खोलेँ - हुन्छ ।
उ भन्दै गई । मै लेख्दै गएँ प्रेमपत्र, उसैको लागि ।
म त्यति धेरै अबोध त पक्कै थिइन तर उसको मीठो प्रस्ताव नकार्ने साहस भएन । यसरी लेखियो जिन्दगीको प्रथम प्रेमपत्र । मीठो भूल गरे, सायद जानाजानी ।

म म नै हु !!!

म म नै हु !!!
किनकी ...
म मजस्तै छू
किनकी
मसँग मेरो आफ्नै परिभाषा छ
आफ्नै बुझाई छ , आफ्नै भोगाई छ
म संग मेरो आफ्नै जीवन दर्शन छ

मेरो लागी म सिबाय केही हैन !!!

तर
देखने हरुले मलाई जे पनी देख्छन
देखने हरुले जस्तो पनी देख्छन

सँक्रमणकाल

कस्तो अच्चम्म !
अच्चम्मको हुदोरहेछ, सँक्रमणकाल
आफु खुशी
जे गर्दा पनि हुदो रहेछ, सँक्रमणकालमा
रहेछ जादु नै सँक्रमणकालमा
हिजो सम्म
साइकल चढी हिंड्ने मान्छे
महँगा कारमा चढि हिड्दा रहेछन सँक्रमणकालमा
वा क्या गज्जब !
हिजो सम्म निरिह ब्यक्ती
राज्य भन्दा पनि सक्तिशाली हुदो रहेछ सँक्रमणकालमा
सँक्रमणकाल ,

ईन्टरनेट चै चलेको छ है

यो कथा वास्तविक हो ।कुरा मैले ईन्टरनेट जोड्दाको हो, छोरी बिदेशमा भएकोले कुरा गर्न सजिलो हुन्छ भन्ने लागेर, यस बारे बुझ्दा सस्तो र तु उपलब्ध हुनेमा युटिएल पर्यो र यही नै लिएं । लिदाखेरिनै यो अलि ढिली छ तर पछी छिटो हुन्छ भनेकोले म ढुक्क भै उनिहरुले भनेको मोडियम लिएर म घर आएं । सबै गर्दा चार हजार भन्दा बढी पर्यो, बल्ल तल्ल जोडियो तर काम चै रकेट युगमा गोरुगाडाको गतिमा चल्ने पो भयो! कारण चार जानालाई पुग्ने सेवा चालिस जनालाई बांडेको रहेछ,केहि पछी टावर थपिने भनेकोले म परखिन बाध्य भए । तर त्यो काम भयो भएन मेरो काम भने भएन । अनी त्यसैका कर्मचारीलाई भन्दा एक जनाले भने" त्यही सिमकार्डले चल्ने एउटा फोन लिनुहोस र नेट पनि चल्ने फोन पनि चल्ने" भनेर पाँच हजारमा फोन दुई दिनको ट्रायलामा भिडाए ।

गीत "तिमी वाहेक"

तिमी वाहेक कोही छैन मेरो साहारा
नजाउ माया मलाई छाडी तिमी टाढा टाढा

तिमी हुदाँ पिर व्यथा सवै भुल्ने गर्छु
तिमी छौ र म पो छु त, तिमी नभए मर्छु
आखाँ खोल्दा तिमी आउछौ बन्द गर्दा तिमी
म त केवल शरीर मात्र मेरो प्राण तिमी

चिहानमा लडिरहेको लास

कस्तो जीवन
ढुंगाको चपेटामा थिचिएको
हाड खोरमा सिंगारिएको
न कुनै चोट छ, न कुनै व्यथा
न त सपना देख्छ न त कल्पना गर्छ
निर्जिव छ, मुढो जस्तै मौन
जीन्दगीदेखि थाकिसकेको
हारिसकेको
दुःखमा पिल्सिएर
सुखका पलहरु खोज्दा खोज्दै
त्यो सजिव प्राणी आज
चिहानमा लम्पसार परिरहेछ
ढुंगाको सिंहासनमा
बर्षादको बाढीले हुत्याइदिन्छ
हिंउदको मौसमले नंग्याइदिन्छ
चिहानमा लडीरहेको त्यो लास
छरिएका हाडखोरहरु
कै कता ! कै कता !

अपराधी कतै म त होइन ?

हुरी बतास र प्रचण्ड गर्मीको आगमनसंगै चैत महिनाको प्रवेश । रुखहरुमा नयाँ पालुवा पलाउन लागेपनि सुख्खा र उजाड मौसम जस्तै हरेक मानिसहरु शितल छहारीमा नै बसी दिनहरु विताउँदथे । त्यस्तै आज शृजल पनि प्रचण्ड गर्मीको कारण कोठामा बस्न नसकि हातमा किताब लिएर पिपलु चौतारीमा प्रस्थान गर्न पुग्छ । वास्तवमा भन्नुपर्दा ऊ एउटा विकट गाउँको परिवेशमा हुर्किएर पनि उच्च शिक्षा हासिल गर्नको लागि बागलुङको रामरेखा गाउँमा डेरा लिई बसेको छ । सुन्दर शान्त वातावरण, स्वच्छ हावापानी, मुस्कुराई रहेको धवलागिरी, कालिगण्डकीको छङ्गछङ्ग आवाजसँगै अनगिन्ति चराचुरुङ्गीहरुको मिठो आवाज सुनिने, हरियाली डाँडाकाँडाहरुमा रहेका गाउँवेसीहरुको मनोरम दृष्य देखिने अनि सल्यरीको शितलता र पिपलबाट बहने चिसो हावा जसका कारण रामरेखा गाउँ विद्यार्थीहरुको लागि परिचित ठाउँ बनिसकेको छ त्यसैले होला अनेकौं ठाउँबाट विद्यार्थी एवं मानिसहरु रामरेखामा भित्रिरहेका छन् र यो क्रम अझै पनि जारी नै रहेको छ ।

बाह्र बजेको टन्टलापुर गर्मीमा पनि चिसो हावा चल्ने पिपलुको छायाँमा बसी शृजल कितावको पाना पल्टाउँदै जान्छ अनि केहि समय पश्चात आफ्ना नजर यताउती घुमाउने क्रममा अनेकौं घरहरु रहेको ठाउँ मध्ये एउटा घर जहाँ उसको आँखा रोकिन पुग्छ । जुन घर दुई तलाको थियो, टिनले छाएको उक्त घरको आगन अनिगिन्ति पुष्पुच्छाहरुले भरिएको थियो, जहाँ पुतली र भमराहरु नाचिरहेका थिए दोस्रो तलामा रहेको दुईवटा झ्याल मध्ये एउटा झ्याल खुला थियो त्यही झ्यालबाट एक युवती वाहिरको दृष्य चियाइरहेकी थिइन्, ठूलाठूला आँखा, चन्द्ररुपी मुहार र लामो केश लाग्थ्यो रङ्गीविरङ्गी पुतलीहरुसँग फूलमा लुकामारी खेल्दा खेल्दै थाकेर विश्राम लिन पुगेकी छिन् । शृजल एकटकले त्यही झ्यालमा हेरिरहेको थियो । आफ्नो नजर घुमाउने क्रममा उनीले पनि त्यही चौतारितिर आफ्नो नजर पोख्न व्यस्त थिईन् । एक्कासी आएको हुरी बतास सँगसँगै कालो बादलले आकाश ढाकिदिन पुग्यो । गड्याङ्ग गुडुङ्गको आवाजसँगे मुसलधारे पानी वर्षन थाल्यो, शृजल भिज्दै त्यहाँबाट आफ्नो गन्तव्य स्थान तर्फ प्रस्थान गर्न वाध्य हुन्छ ।

कबिता "मायाको खाँचो"

औंशिको रातपछि विहानी त आएकै हुन्छ ''
जति कठोर भएपनि कसैलाई माया लाएकै हुन्छ''
जति निडर छु भनेपनी अँधेरीले तर्साएकै हुन्छ''
जून जति टल्किएपनी घामकोसामु लुकेकै हुन्छ''
मन जती बाँधेपनि मायासामु झुकेकै हुन्छ''
त्यसैले

सानु–मायाको जीन्दगी

दुई जुम्ल्याहा दिदि–वहिनीको दुःखले भरिएको कथा

यो कथा दुई जुम्ल्याहा दिदि–वहिनीको हो । सानु र माया जुम्ल्याहा दिदि बहिनी हुन् । सानु–माया आफ्नो परिवारसंग सुन्दरपुर गाँउमा बसोबास गर्दथे । यिनिहरुको परिवारमा आमा–बुबा र यि दुई दिदि–बहिनी गरि चार जनाको संख्या थियो । सानु र माया एक आर्कालाई औधी नै माया गर्दर्थे । छोरा नभए पनि सानु–मायालाई छोरा भन्दा कम गरेका थिएन उनीहरुका बुबा–आमाले । उक्त परिवारको लागि यि दुबै छोरा सरी नै थिए । जाहा गएनी उनिहरुलाई अनुमति थियो किनकि उनिहरुले आमा–बुबाको मान मर्यादालाई ठेस पुग्ने खालका त्यस्तो केहि पनि गरेका थिएनन् ।
यि दुबै जुम्ल्याहा भएता पनि मायाको तुलनामा सानु शारीरिक तवरले कमजोर थिइन अर्थात सानु जन्मशिद्ध लाटी थिइन् । उनी बोल्न सक्दीन थिइन् त्यसैले पनि उनी सबैको प्यारी थिइन् । माया भने समान्य भएका कारण उसले उच्च शिक्षा समेत हासिल गर्न सफल भएकी थिइन् । माया सधै महिला हक हित र महिला हिंसाको विरुद्धमा आवाज उठाउथिन । उसले शोषित, दुःखी र पिडीत महिलाहरुलाई सहयोग गर्नुका साथै उनिहरुको हक र अधिकारका लागि उनिहरुलाई लड्न र आफै भएपनि लडी उनिहरुको अधिकार दिलाइदिने गर्थिन । जसले गर्दा गाँउका सवै महिलाहरुले उसलाई मनपराउथे । सानु–माया सारै नै राम्री थिइन । मायाले भने १० कक्षा पढ्दा पढ्दै आफुले मनपराएको केटासंग आमा–बुबाको सहमति बिना नै भागी विवाह गरेकी थिइन् । विवाह गरेको केहि वर्ष सम्म मायाको दाम्पत्य जीवन निकै नै शुखमय र हर्ष उल्लासकासाथ बितेको थियो तर पछि सानो–सानो कुरामा पनि झै–झगडा हुन थाल्यो । यसै क्रममा विवाहको २ वर्ष पछि मायाले एउटी छोरी पनि जन्माईन तर पनि उनिहरुको दाम्पत्य जीवन भने खुशि हुन सकेन । यसै त मन नपेरेकी बुहारी ।

गीत "तिमी निर्दोष बनी गइदियौ"


नजिक तिम्रो हुँदा–हुदै किन तिमी टाढा भइदियौ
गाँसेको थिए चोखो माया प्रीत किन तिमी छाडी गइदियौ
दोषी मलाई बनाई तिमी निर्दोष बनी गइदियौ
यो मुटु भित्र बसेको छ अझै पनि तिम्रै तस्वीर

आँखामा छ अझै तिम्रै तृष्णा
अन्धेरी रातमा आउछ तिम्रो झ–झल्को
सकिन मेरी माया तिमीलाई विर्सन

आमा



कति गरुँ बयान म यी जन्मदिने आमाको ।
कति गरुँ गौरव म यी जन्मभूमि माटोको ।।

जन्मिएछु यो देशमा भाग्यमानी ठान्नुपर्छ ।
ऋण तिर्न यो माटोमा शान्ति दियो बाल्नुपर्छ ।।

हिमाल बाट हिउँ पग्ली पानी बग्छ सदाबहार ।
कलकल गर्छन नदिहरु जलविद्युतको मुलआधार ।।

छानो जस्तो सगरमाथा चाँदी जस्तै टिल्कने ।
उदाउँदो सूर्यपनि यहि हिमालमै भुल्कने ।।

कति छन यहाँ पर्यटक घुम्ने अनि रमाउने ठाउँ ।
हिमाल,पहाड,तराईका मिलेका ती शहर गाउँ ।।

आम्दानीका श्रोत हाम्रा प्राकृतिक यी सम्पदालाई ।
सबैमिली जोगाई राखौं पछि हाम्रा सन्ततीलाई ।।

नेपाली हौं हामीहरु नेपाली भई बाच्नु पर्छ ।
जय जय जयनेपाल लाई मन्त्र सम्झी जप्नुपर्छ ।।

समाप्त ।।।

सोमनाथ पन्थी
भगबती ४ ,अर्घाखाँची
हाल: पोखरा

बिश्वासघात


व्यर्थै मन दुखाउनलाई फोर्यौ किन
नभएका कथाहरु व्यर्थै कोर्यौ किन
आफैलाई थाहा छैन मेरो जीवन के हो भनी
देख्दै नदेखीने यो मुटु चोर्यौ किन

मनका कुरा सबै भन्दा घात पाए मैले
विना गल्ति जवाफरुपि लात पाए मैले
नभन्नु पर्ने रैछ भनेर नै भूल भयो
विश्वासघाती रैछौ तिमी साइनो किन लाए मैले

विना गल्ति रिसायौ माफी किन माग्नु मैले
धोका दिइ छोडेपछि पर्यौ किन भाग्नु ऐले
पाप धर्म रैन है संसारमा कसैलाई
बिच बाटोमै मरेमर्छु पर्यौ किन थाम्न ऐले


बाट:
दीपा "दु:खी"
भरतपुर- ११ , चितवन

केटीहरुसँग सावधान...



हाम्रा दुइटा आँखाको सम्बन्ध निकै गाढा छ,
तिनिहरु सँगै झिम्किन्छन,
दाँया बाँया हेर्दा सँगै चल्छन,
रुँदा सँगै आशु झार्छन अनी
सँगै निदाउछन तैपनी
उनिहरुले एक अर्कालाई कहिले पनि हेरेका छैनन ।
यस्तो गाढा सम्बन्ध हुँदा हुँदै पनि ....
जब तिनिहरुले एउटी केटीलाई देख्छन,
एउटा चाँही झिम्किन्छ भने अर्को खुल्लै बस्छ ...

त्यसैले यो कुरा सधैं याद राख्नुहोस् :
एउटी केटीले चाह्यो भने हरेक किसिमको सम्बन्धलाई टुटाउन सक्छ,


बाट:
बिकास शेरचन
लेकसाइड, पोखरा

पारिवारिक कथा "कुलतको परिणाम"

रामपुर नाम गरेको एक गाउँमा धनबहादुर नाम गरेका एक व्यक्ति र उसको परिवारहरु बसोबास गर्दथ्यो । धनबहादुरको परिवारमा दुई छोरी, एक छोरा र लोग्नेस्वास्नी गरी पाँच जनाको सदस्य थिए । धनबहादुरले आफ्नी श्रीमती र परिवारलाई धेरै नै माया गर्दथ्यो उसले आफ्नो प्राण भन्दा पनि बढी माया परिवारलाई गर्दथ्यो । धनबहादुरको श्रीमती पनि निकै राम्री थिईन् । धनबहादु्र आफ्नो परिवारसंग त्यसगॉउमा खुशीसंग बसेको थियो । उसको एउटा राम्रो नोकरी थियो । जसवाट उसको परिवारलाई दुई छाक खान र लाउन पुग्दथ्यो । धनबहादुर एउटा राम्रो फुटवल खेलाडी पनि थियो । ऊ निकै राम्रोसंग फुटवल खेल्ने गर्दथ्यो । उसको खेलवाट गॉउका सबै ब्यक्ति प्रभावित थिए । उसको खेल हेर्न वरपरका गॉउवाट आउने मानिसहरु उसले खेलेको देखेर चकित हुन्थे ।

"जिन्दगी"



सोच्छु कहिले के हो यो जीन्दगी
दुई नदि बीचको किनार हो या फेरी
त्यही संगै बग्ने फोहर हो जीन्दगी ।

जिउदो रहनु हो जीन्दगी या फेरी
मृत्यु देखी डराउनु हो जीन्दगी
अस्तित्व गुमाउनु हो जीन्दगी या
इज्जत पाउनु हो जीन्दगी

बिहे अगाडि केटा केटीको गफ !!

बिहे अगाडि केटा केटीको गफ!! माथि बाट तल पड्दै जानुस् !!

केटा: साचै भन्नु पर्दा मैले यो छण धेरै कुरेको थिए।
केटी: के भन्न खोजेको तिमी मलाई छोड्न चाहन्छौ ?
केटा: होइन!! त्यस्तो तिमी नसोच.
केटी: के तिमी मलाई साचै मन पराउछौ?
केटा: अफ्कोर्स !! सधैं भरी.
केटी: के तिमी मलाई ढाट्दै छौ ?
केटा: नो!! किन तिमी यस्तो वाइयात कुरा सोच्दैछौ ?
केटी: के तिमी मलाई किस गर्छौ ?
केटा: सधैं भरी ।
केटी: तिमी मलाई पिट्छौ कि ?
केटा: के तिमी पागल त भएनउ ?
केटी: के म तिमीलाई विश्वाश गरौँ ?
केटा: Yes
केटी: Darling

बिहे भईसक्यो अब तल बाट माथि पढ्दै जानुस् !!


Face to Face Communication & Sub-Remit Pvt. Ltd.
Sinamangal-9, Kathmandu (Nepal)
Mobile:+977-9841535328
Phone:+977-1-4468871
Fax: +977-1-4490910

नेपाल

सुन्दर शान्त हरीयाली वनपाखा भएको ठाँउ ।
कतै डाँडा कतै पाखा मिलेको यो शहर र गाउँ ।।

सगरमाथा जस्तै सधै नेपालिको शिर उठोस ।
लालिगुरास डाँफे मुनाल कलकल झरना झरी रहोस।।

निष्ठुरी माया


निष्ठुरी मायाको सम्झना आउछ,
किन सधै यसरी
जति विरानो भई पराई भई,
माया लाग्छ झन बेसरी
थाहा छ मलाई उनी अब,
कहिल्य मेरो हुन सक्तिन
तर पनि उसलाई नै सधैभरी,
यो मनले चाहान्छ किन ?

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु