रामपुर नाम गरेको एक गाउँमा धनबहादुर नाम गरेका एक व्यक्ति र उसको परिवारहरु बसोबास गर्दथ्यो । धनबहादुरको परिवारमा दुई छोरी, एक छोरा र लोग्नेस्वास्नी गरी पाँच जनाको सदस्य थिए । धनबहादुरले आफ्नी श्रीमती र परिवारलाई धेरै नै माया गर्दथ्यो उसले आफ्नो प्राण भन्दा पनि बढी माया परिवारलाई गर्दथ्यो । धनबहादुरको श्रीमती पनि निकै राम्री थिईन् । धनबहादु्र आफ्नो परिवारसंग त्यसगॉउमा खुशीसंग बसेको थियो । उसको एउटा राम्रो नोकरी थियो । जसवाट उसको परिवारलाई दुई छाक खान र लाउन पुग्दथ्यो । धनबहादुर एउटा राम्रो फुटवल खेलाडी पनि थियो । ऊ निकै राम्रोसंग फुटवल खेल्ने गर्दथ्यो । उसको खेलवाट गॉउका सबै ब्यक्ति प्रभावित थिए । उसको खेल हेर्न वरपरका गॉउवाट आउने मानिसहरु उसले खेलेको देखेर चकित हुन्थे ।
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Showing posts with label katha. Show all posts
Showing posts with label katha. Show all posts
साँचो माया
यो कथा साँचो माया गर्ने एक प्रेमी र प्रेमीकाको हो । जसको नाम सागर र सपना थियो । सागर र सपना एक अर्कालाई असाध्य माया गर्दथे । सागर र सपनाको पहिलो पटक भेट क्याम्पसमा भएको थियो । जहाँ सागर आफ्नो अगाडीको अध्ययन गर्न आएको थियो । सपना सागर संग केहि बोल्न खोज्छ तर सागर भने केहि नबोली हिड्छ र सपना भने उसलाई हेरि रहन्छिन् ।सपना करोडपति वावु की एक्ली छोरी हुन्छे तर उसमा धनको कुनै घमण्ड हुदैन । उ अरु केटीहरु जस्तै सरल र चञ्चल स्वभावकी थिईन । सपनाले पहिलो भेटमा नै सागरलाई मन पराउन थाल्छिन् । सागर भने गरिब आमाको एक्लो छोरो थियो । उ शान्त स्वभावको थियो त्यसैले होला सपना सागर भने पछि भुतुक्कै हुन्थिन । तर सागर भने सपनासंग टाढिन खोज्थ्यो । क्याम्पसमा सागर नयाँ थियो त्यसमाथि पनि गाँ उबाट आएको उसलाई सबैले गिज्याउथ्यो तर सपना मात्र थिईन की उसलाई केहि भन्दिन थिईन, सागरकै पक्षमा बोल्थीन । जसले गर्दा सागर र सपनामा घनिष्ट मित्रता हुन पुग्यो । विस्तार विस्तारै उनिहरुको मित्रताले प्रेमको रुप लिन थाल्यो र मित्रता प्रेममा परिणत भयो । सागर र सपना एक अर्कालाई एक छिन पनि नदेख्दा पानी बिनाको माछा छटपटे झै छटपटिन्थे । संगै हिडेने बस्ने गर्न थाले । उनिहरुलाई एक अर्का बिना वाँच्न मुस्किल भयो । उनीहरुको यस्तो गाढा र साँचो माया देखेर साथीहरु ईष्र्या गर्थे र भन्थे सागर र सपना जस्तो एक अर्कालाई साँचो माया गर्ने प्रेमी हामीलाई पनि पाए हुन्थ्यो ।
कथा
........................"म रुपेश कहाँ पुगेर आउछु, केही जरुरी कुरा गर्नुछ । शायद दुई घण्टा जतिमा फर्किन्छु होला । " जीवनले आफ्नी श्रीमती ज्योतिलाई यति कुरा बताउदै मध्यान्हको चर्को घाममा सरासर हिड्यो । संयोगबश बाटैमा जीवनको रुपेशसँग भेट भयो । आवश्यक कुरा गरेर उ २० मिनेटमै घर फर्कियो । उ सरासर आफ्नो कोठामा आयो र ढप्काइएको ढोका ठेलेर भित्र पस्यो । तर त्यहा श्रीमती ज्योति र भद्रमान यौनक्रिडा गरिरहेका थिए । सो दृष्य देखेर जीवन किंकर्तब्यविमुढ भयो । आँखाहरुले धोका दिएको आभाष भयो । मनले केही ठोस् निर्णय लिन सकेन । सपना देखेको झझल्को भयो ।अप्रत्याशित रुपमा जीवनलाई कोठामा देखेर दुबैजना सम्हालिए तर उनिहरु नग्न अवस्थामा थिए । शरीरमा कपडाको धरो पनि नभएकोले भुईमा थुपारेको कपडा लिन हात बढाउनु आगावै जीवनले भुइको कपडा टिपेर बाहिर आगनमा हुर्याइदियो । स्वास्नीको चर्तिकलाबाट हिनताबोध भएको जीवनको शरीरमा रिसको पारो उग्र भएर चढ्यो । आफुलाई साक्षात यमराजको रुपमा उभ्याएर हतारमा यौनपिपासुहरुले लगाउन बिर्सेंको ढोकाको आग्लो समायो अनी बम्क्यो - "थुईक्क रण्डी , कलंकिनी , यही जात्रा देखाउन मलाई अस्पताल लगी २-२ महिना सेवा गरेर बचाएको ? वेश्या , मलाई पहिल्यै घाँटी कसेर किन मार्न सकिनस र अहिले जिउदै मरेतुल्य बनाइस ?" उसले श्रीमतीलाई खुब भकुर्यो , कपाल जगल्ट्यायो , लात बजार्यो । रगतको भल बग्ने गरी हानेर थिलथिलो पार्यो ।
"गुहार गुहार ज्यान मर्न आट्यो, बचाउ!" आफुलाई समेट आईपर्नसक्ने प्रहारबाट त्रसित भएर भद्रमान सहयोगको लागि चिच्यायो । भुइँमा लडेर चित खाएकी ज्योति भने पानी पानी भन्दै बर्बराउन थाली । जीवनका हातखुट्टा निस्कृय भएर ज्योतिमाथि खनिन छाडे । भद्रमानले घरबाहिर कतै वन, जङगल, धारा, एकान्तस्थलमा जवर्जस्ती बलात्कार गरेको थिएन । त्यसैले जीवन भद्रमानमाथि जाइलागेन । आफ्नो घरमा मध्य दिउँसो त्यस्तो कार्य गर्नु सबै दोष स्वास्नीको थियो । स्वास्नीलाई त्यही अवस्थामा मार्न सक्दथ्यो तर उसले मार्न चाहेन, भोली कानुनी बन्धनबाट आफुमाथि आईपर्ने ब्ववधानहरुबारे उ पूर्ण परिचित थियो ।
.................................................................................................पुरा कथाको लागि यहाँ क्लिक गर्नुहोला
Subscribe to:
Posts (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
-
अन्तीम पोष्ट11 years ago
-
-
नबुझेकै बुझ्छन् मान्छे11 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201413 years ago
-
-
-
-
Visit Nepal 201115 years ago
-
-
-
-
-
-
-
-
