
सबभन्दा पहिला तपाईंले Start बटनमा क्लिक गर्नुस् त्यसपछी Run मा क्लिक गरेर त्यहाँ regedit टाइप गर्नुस् र ok गर्नुस् । यति गरे पछि तपाईंको Registry Editor पेज खुल्छ । अब तपाईंले त्यहाँ भएको HKEY_CURRENT_USER मा डबल क्लिक गर्नुस् त्यसछि Software मा डबल क्लिक , yahoo मा डबल क्लिक , Pager मा डबल क्लिक र लास्टमा Test मा क्लिक गर्नुस् । अब दाँया पट्टीको खाली ठाँउमा right mouse क्लिक गर्नुस् , New मा जानुस् अनी DWORD VALUE मा क्लिक गर्नुस् अनी नयाँ नाम राख्नुस् plural भनेर । अब तपाईंले आफुले बनाउनु भएको plural फाइल लाई डबल क्लिक गर्नुस् अनी Decimal मा tick लगाएर Value Data 0 लाई 1 बनाइदिनुस् र ok गर्नुस् । अब Registry Editor पेज लाई बन्द गरी दिनुस् । यति गरी सके पछि तपाईंको काम सकियो अब तपाईंले एकै चोटि २ वटा yahoo messenger खोलेर फरक फरक नाममा login गर्न सक्नु हुनेछ । "यदि तपाईंले Value Data 0 लाई 2 राखी दिनु भयो भने एकै चोटि ३ वटा सम्म messenger खोल्न सक्नु हुन्छ ।" एक चोटि ट्राइ गरेर हेर्ने कि ???
2 comments:
मैले तपाईंको एक वटा लेख मेरो ब्लग मा हालेको छु नरिसाउनु होला।
www.jobnp.blogspot.com
its not working plz help me.
Post a Comment