घामको न्यानो किरणले आस नौलो जगाउछ
हर मान्छेको दु:ख पिर त्यसैले हटाउछ
घामकै रातो किरणले यो मन मग्न हुन्छ
तिमीलाई सम्झेपछि झन यो मन मस्त हुन्छ
तिमी जहाँ भए पनि जती टाढा गए पनि
फेरी भेट्ने मात्र एउटा आस भए पुग्छ
मेरो तर्फ बाट तिमीलाई धोका हुने छैन
सुम्पी सके यो मन फिर्ता हुने छैन
घामको लालिमामा सुनौलो त्यो ज्योति
त्यसै भित्र जीवन एउटा अनुपम हुन्छ
विश्वाश गरी तिमीलाई राखे मन भित्र
जहाँ भए पनि एकदिन मिलन हाम्रो हुन्छ
परदेश गएपछि हुने रोमिङको लफडा
2 months ago

No comments:
Post a Comment