सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

राष्ट्रपति र उपराष्ट्रपति पदको मतगणना सम्पन्न



आज दिउसो १२ बजे देखी अन्तरास्त्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा राष्ट्रपति र उपराष्ट्रपति पदको लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । प्राप्त खबर अनुसार राष्ट्रपति पदका लागि कसैले पनि स्पस्ट बहुमत नआएको थाहा भएको छ । स्पस्ट बहुमतको लागि चाहिने जम्मा २९८ मत कसैले पनि प्राप्त गर्न सकेन । राष्ट्रपति पद्का उम्मेद्वार ३ राम (राम राजा प्रसाद सिँह , डा. राम वरण यादब र रामप्रित पासवान) मध्य डा. राम वरण यादबले २९४ मत , राम्र राजा प्रसाद सिँहले २८२ मत र रामप्रित पासवानले २ मत प्राप्त गरेको थाहा भएको छ र यसको अधिकारिक घोषणा हुन भने अहिले बाँकी छ । कुनै पनि उम्मेदवारले स्पस्ट बहुमत प्राप्त नगरेकोले राष्ट्रपति पद्का लागि सबै भन्दा बढी मत प्राप्त गरेका २ उम्मेदवार बिच सोमवार फेरी निर्वाचन हुने भएको छ ।

त्यस्तै उप राष्ट्रपति पद्का लागि भएको निर्वाचन परिणाममा भने मधेसी जन अधिकार फोरमका उम्मेदवार परमानन्द झा ३१२ मतका साथ स्पस्ट बहुमतका साथ बिजयी भई गणतन्त्र नेपालको पहिलो उप राष्ट्रपति बन्ने सौभाग्य प्राप्त गर्नु भएको छ

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु