सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा डा. रामबरण यादव विजयी



गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा डा.रामबरण यादव विजयी हुनुभएको छ । आज दोस्रो पटक भएको निर्वाचनमा धनुषा जिल्ला सपहीका ६१ वर्षीय डा.रामबरण यादवले माओवादी, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना गठवन्धनका रामराजाप्रसाद सिंहलाई पराजित गर्दै जम्मा खसेको मत ५९० मध्ये ३०८ मत प्राप्त गरी बिजयी हुनुभएको हो । यादव अहिले पनि नेपाली कांग्रेसका महामन्त्री हुनुहुन्छ । यादवलाई नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरम सहित साना दलको समर्थन प्राप्त थियो । यादवलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निकट तथा बिश्वासपात्र मानिनुहुन्छ ।
नेपालका नवनिर्वाचित राष्ट्रपति डा. रामवरण यादवलाई भोली सपथ गराई राष्ट्रिय सम्मानका साथ राष्ट्रपति भवन शितल निवासमा पदस्थापन गराइने भएको छ । राष्ट्रपति डा. यादवलाई मंगलबार अपरान्ह ३ बजे प्रधानन्यायाधिशबाट सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। गृहमन्त्रालय स्रोतका अनुसार प्रज्ञा भवनमा हुने सपथ ग्रहण समारोहपछि उहाँलाई घोडाको रिसल्ला र कारगेटसहित अपरान्ह ५ बजेतिर राष्ट्रपति भवन शितल निवास पुर्‍याइनेछ । सपथ ग्रहण समारोहमा सरकारका विशिष्ठ श्रेणीका पदाधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई आमन्त्रण गराइने भएको छ। नवनिर्वाचित राष्ट्रपति पूर्व राजा ज्ञानेन्द्रले प्रयोग गर्दै आएको मूल्यवान सवारीसाधन उपलब्ध गराइने भएको छ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु