सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

को को छन् राष्ट्रपति-उपराष्ट्रपति उम्मेदवार

गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति तथा उपराष्ट्रपति पदका लागि चार राजनीतिक दलका सातजना [राष्ट्रपति पदका लागि तीनजना र उपराष्ट्रपति पदका लागि चारजना] ले आ-आफ्नो उम्मेदवारी दर्ता गराई चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रनुभएको छ ।राष्ट्रपति पदका लागि नेकपा (माओवादी)का तर्फबाट रामराजाप्रसाद सिंह, नेपाली काङ्ग्रेसका तर्फबाट डा.रामवरण यादव र नेकपा (एमाले)का तर्फबाट रामप्रित पासवानको उम्मेदवारी परेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज जनाएको छ । नेपालको संवैधानिक इतिहासमा पहिलोपटक यही साउन ४ गते हुन लागिरहेको राष्ट्रपति पदको लागि उम्मेदवार दिनुहुने तीनैजना मधेसीमूलका हुनुहुन्छ ।
सप्तरी जिल्ला कोइलाडी गाविस वडा नं. ३ मा जन्मनुभएका ७३ वर्षीय सिंह नेपालमा गणतन्त्र स्थापना हुनुपर्छ भनी आवाज उठाउने पहिलो व्यक्ति मानिनुहुन्छ । यसैगरी सप्तरी जिल्ला शम्भुनाथ गाविस वडा नं. १ मा जन्मनुभएका ५५ वर्षीय पासवान राष्ट्रिय सभाका उपाध्यक्ष रहिसक्नुभएको छ । त्यस्तै, धनुषा जिल्ला सपही गाविस वडा नं. ९ मा जन्मनुभएका ६१ वर्षीय डा. यादव नेपाली काङ्रेस पार्टीका सहमहामन्त्री हुनुहुन्छ ।
त्यसैगरी, उपरराष्ट्रपति पदका लागि नेकपा (माओवादी)का शान्ता श्रेष्ठ, नेपाली काङ्ग्रेसका मानबहादुर विश्वकर्मा, नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य र मधेसी जनअधिकार फोरमका परमानन्द झाले उम्मेदवारी दिनुभएको छ ।
मुख्यतः नेपाली काङ्ग्रेस, नेकपा (माओवादी), नेकपा -एमाले) मधेसी जनअधिकार फोरमका शीर्ष नेताहरूबीच राष्ट्रपति तथा उपराष्ट्रपति पदका लागि द्विपक्षीय र त्रिपक्षीय सहमतिको प्रयास विफल भएपछि दलगत रूपमा ती पदका लागि उम्मेदवारी दर्ता गराइएको हो ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु