राष्ट्रपतिको चुनाबमा पराजय भोगेको माओबादीले तीन बुंदे सर्त राखेर सरकारमा नजाने बताउँदै आएको भए पनि हिजोदेखि पार्टी मुख्यालय बुद्धनगरमा सुरु माओवादी केन्द्रीय समितिको आज सम्पन्न बैठकले साझा कार्यक्रम तय गरी सरकारको नेतृत्व आफैले गर्ने निर्णय गरेको छ । माओबादीले आज पहिलो पटक औपचारीक रुपमा सरकारमा जाने निर्णय गरेको हो । बैठकले सहमतिको सरकार निर्माणमा अन्य २५ वटै दलसँग सहमति जुट्न नसके बहुमतीय आधारमा सरकार गठन गर्ने निष्कर्ष निकालेको छ । बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै माओबादी प्रबक्ता कृष्णबहादुर महराले सरकार गठनमा बहुमत पुग्न नसके संविधानसभाको ठुलो दलको हैसियतमा एकलौटी सरकार संचालन गर्ने निर्णयसमेत गरेको बताउनु भएको थियो ।
No comments:
Post a Comment