सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

प्रधानमन्त्री प्रचण्डको जीवनी



नेपालको दोस्रो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री प्रचण्डको जन्म वि. सं. २०११ मंसिर २६ गते कास्की ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका ज्येष्ठ पुत्र प्रधानमन्त्री प्रचण्डले रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी गर्नु भई एम.पी.ए.सम्म गर्नुभएको छ । कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गरिनुभएका प्रधानमन्त्री दाहालको विक्रम सम्वत् २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उहाँ आफू पुष्पकमल भन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्नुहुन्छ । विक्रमसम्वत् २०१९ मा ढिकुरपोखरी-२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गर्नुभएका प्रचण्डको विसं २०२६ बैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उहाँका तीन छोरी र एक छोरा छन् । उहाँ नारायणी विद्यामन्दिर मा.वि.शिवनगर -२०२९साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि,आरुघाट,गोरखा -२०३३-०३५सालमा अध्यापन गरी २०३२ सालमा युएसएडमा सेवारत रहनुभएको थियो ।
विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गर्नुभएका दाहालले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो । उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँ विसं २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भई २०४० मा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा(एकता केन्द्र)को महामन्त्री हुनुभयो । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा -एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रधानमन्त्री प्रचण्ड २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो ।
विक्रम सम्वत् २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका प्रधानमन्त्री प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक हुनभएको थियो । प्रधानमन्त्री दाहालका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), संस्कृति, कला र सौर्न्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू (खण्ड १ र २ ) तथा 'प्रचण्डका छानिएका सैन्य रचनाहरू'लगायतका पुस्तक प्रकाशित छन् । उहाँ गत वर्ष भएको संविधानसभा निर्वाचनमा काठमाडौँ-१० र रोल्पा-२ बाट निर्वाचित हुनुभएको हो ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु