सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Facebook मा अदालती आदेश


Facebook अहिले धेरै माझ लोकप्रिय रहेको छ। सन् २००४ मा यसको शुरुवात भए देखी अहिले सम्म १४० मिलियन मानिसहरु यसको सदस्य भएका छन र Facebook लाई social networking site को रुपमा लिने गरीन्छ। यसको लोकप्रियता लाई ध्यानमा राख्दै अस्ट्रेलियाको एक अदालतले एक दम्पती(Carmel Rita Corbo र Gordon Poyser) लाई अदालती आदेश Facebook मार्फत पठाएको छ।Australian Capital Territory Supreme Court ले कानुनी अधिवक्ता Mark McCormack लाई मार्फत यस्तो काम गर्न आदेश दिएको हो। ईमेल र अन्य माध्यम मार्फत ति दम्पतीलाई सम्पर्क गर्न नसकिए पछि अदालतले यो बाटो अपनाएको समाचारमा बताईएको छ।
अस्ट्रेलियाका ति दम्पतीहरुले ऋणको कारण आफ्नो घर गुमाएको कुरा जनाउन अदालतले यो बाटो अपनाए पछि अहिले facebook को चर्चा अझै बढेर गएको छ।ति वकिलले Carmel Rita Corbo को प्रोफाईल फेसबुकमा भेटे पछि उनको दिमागमा यो विचार फुरेको थियो। ति महिलाको त्यस प्रोफाईलमा आफ्नो श्रीमान साथीको सुचीमा भेटे पछि उनलाई यसरी जानकारी दिन सकिने विचार गर्दै अदालत सँग अनुमाती मागेका थिए। तर ति दम्पती लाई पठाएका कागज पत्रहरु अरुले पढन भने सक्ने छैनन।अस्ट्रेलियाको अदालतले यस अघी नै ईमेल मार्फत यस्ता कागज पत्रहरु पठाउने व्यावस्था गरे पनि अदालतले facebook को प्रयोग गरिएको यो पहिलो घटना भएको बताईएको छ।

source: emajja.com

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु