सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

नयाँ टेक्नोलोजी

युयसबी 3.0

युनिबर्सल सिरियल बस अथवा युयसबि एउटा पपुलर स्ट्यान्डर्ड हो जो पि सि मा फाइल ट्रान्स्फर गर्न , डिवाइसलाई जोड्न अथवा अन्य धेरै काम गर्नको लागि प्रयोग गरिन्छ । अब पछील्लो आठ सालमा यो टेक्नोलोजीमा प्रमुख परिवर्तन यो बर्ष आएको छ । USB 3.0 को आबिस्कार भएको छ जो USB 2.0 को तुलनामा दस गुना छिटो छ र यसले USB केवल मा ईलेक्ट्रिक करेन्टलाई पनि बढाउने काम गर्नेछ ।

युजर्सहरुलाई अब 4.8 गिगाबाईट प्रति सेकेण्डको गतिको आवश्यक्ता छ , यस बाहेक युजर्स PC मा धेरै किसिमको डिवाईसहरु USB मार्फत जोड्न मन पराउछन । अब USB 3.0 आए पछि धेरै सुबिधाको अनुभब युजर्सहरुले गर्नेछन । यसमा पावर आउट्पुट 900 मिलिएम्प (milliamps) क्षमताको छ जो पहिला 100 मिलिएम्प मात्र थियो । अब हामी आफ्नो PC मा धेरै डिवाइसहरु जोड्न सक्छौ , चार्ज गर्न सक्छौ र अरु पनि धेरै यो टेक्नोनोजीमा आएको छ ।

USB 3.0 टेक्नोनोजीमा USB 2.0 सँग कम्पेटिबिटी पनि राखिएको छ अर्थात पुरानो सिस्टममा पनि USB 3.0 को प्रयोग गर्न सकिनेछ । अब हामी हाम्रो सुपर स्पीड डिवाइसहरुलाई USB 3.0 पोर्टमा लगाउन सक्नेछौ । यो नयाँ टेक्नोलोजीको अधिकतम स्पीड 4.8 Gbps प्रति सेकेन्ड छ त्यसैले हामी 27 GB हाइ डेफिनेसन फ्लिमलाई आफ्नो मिडिया प्लेयरमा सिर्फ 70 सेकेन्डमा ट्रान्सफर गर्न सक्छौ । जबकि यती नै साइजको USB 2.0 बाट ट्रान्सफर गर्दा कम्तीमा पनि 15 मिनटको समय लाग्छ । अब हामी सबै पोर्टेबल स्टोरज डिवाइसहरुमा डाटा तेज गतिमा ट्रान्सफर गर्न सक्नेछौ ।

USB 3.0 मा अपलोड र डाउनलोड गर्नको लागि अलग अलग डाटा लेन हुन्छ यसको मतलब यो हो कि USB 3.0 मा हामी आफ्नो स्टोरज डिवाइस बाट डाटाहरुलाई एकै समयमा रिड र राइट गर्न सक्छौ । यस्तो डाटा ट्रान्सफर दुई दिशा बाट हुन्छ जसलाई बाइ डाइरेक्सन डाटा ट्रान्सफर भनिन्छ र यो डाटा ट्रान्सफर PDA र स्टोरज बैक अपमा धेरै उपयोगी हुन्छ । USB 3.0 कन्ट्रोललाई जुन 2009 सम्ममा तयार पारी सकिनेछ र चाडै नै यो बजारमा पनि उपलब्ध हुनेछ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु