सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

भाईरसले पठाइ दिन्छ रे अन्तरराष्ट्रिय एस. एम. एस.




_________मोबाइल प्रयोगकर्ता साथीहरु साबधान है ,नेपाल टेलिकमका अनुसार अहिले मोबाइलमा यस्तो एउटा भाईरस सकृय भई राखेको छ रे जुन भाईरसले तपाईंलाई थाहै नदिई अन्तरराष्ट्रिय एस. एम. एस. पठाएको पठायै गर्छ रे । लौ परेन त आपत ??

_________तपाईंको मोबाइलमा पनि थाहै नपाई पैसा घटेको छ ?? यदि छ भने तपाईंको मोबाइलमा पनि भाईरस लागेको हुन सक्छ । नेपाल टेलिकमका अनुसार पछिल्लो समयमा धेरैले यो समस्या भोगी रहेका छन । मोबाइलको मेमोरी कार्डमा लाग्ने यो भाईरसको नाम "हापीहापीडटए" बताइएको छ र यो भाईरस बिगत ४ महिना देखी सकृय छ र यसले अहिले सम्म ५० हजार भन्दा धेरै मोबाइल सेटलाई आफ्नो निसाना बनाइसकेको छ ।

_________थाहै नपाई लगातार अन्तरराष्ट्रिय एस. एम. एस. जाने र पैसा घट्ने भए पछि उपभोक्ताहरुले नेपाल टेलिकममा उजुरी गर्न थाले पछि टेलिकमले त्यसरी अन्तरराष्ट्रिय एस. एम. एस. कुन नम्बरमा जाने रहेछ भनी अनुसन्धान गर्दा बिभिन्न ७ नम्बर पत्ता लागेको छ र अहिले यो नम्बरहरुलाई ब्लक गरी सकेको जनाएको छ ।
_________तत्कालका लागि यि नम्बर बन्द गरिए पनि यो दिर्घकालिन समाधान नभएको र तपाईंको भाईरस युक्त सेट एन्टी भाईरस सफ्ट्वेर प्रयोग गरेर क्लिन गरेर वा मोबाइल फर्म्याट गरेर पहिले कै अवस्थामा ल्याउने दिर्घकालिन उपाये हो ।

_________बिशेष गरी नोकिया ब्राण्डका मोबाइल सेटमा लाग्ने यो भाईरस एउटाको मेमोरी कार्ड अर्कोमा राख्दा , जुन पायो त्यही सफ्टवेर राख्दा र जथाभाबी ब्लु टुथ को प्रयोग गर्दा सर्ने गरेको पाइएको छ ।
केही समय अगाडि पनि टेलिकमले मोबाइल सेटमा गेम खेल्दा अन्तरराष्ट्रिय एस. एम. एस. जाने भएकोले गेम नखेल्न भन्दै बिभिन्न पत्रिकाहरुमा सुचना निकालेको थियो ।

तपाईंहरु पनि बेलैमा साबधान हुने कि ? । तपाईंको मोबाइलमा थाहै नपाई पैसा घटेको छ वा मोबाइलको ब्याट्री चाडै सिद्दिएको छ भने भाईरसको कारणले हुन सक्छ । अब यो भाईरसको कारणले नै हो कि टेलिकम कै सिस्टमको खराबी हो त्यो भने भगवान नै जानुन ...

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु