सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

प्रधान सेनापति उक्माङगत कटुवाल हटाईयो

आज मन्त्रीपरिषद्को बैठकले प्रधान सेनापति उक्माङगत कटुवाललाई बर्खास्त गरेको छ र उक्त बैठकले सेनामा दोस्रो वरियताका कुल बहादुर खड्कालाई कायम मुकायम प्रधान सेनापतिमा नियुक्त गरेको छ । बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीहरुसँग भने, "यो निर्णय राष्ट्रपति कार्यालयमा पठाइएको छ ।"
आज बिहान बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीबाट सेनापति बर्खास्तको प्रस्ताव आए लगत्तै एमाले, सद्भावना र नेकपा संयुक्तले मन्त्रिपरिषदको बैठक बहिष्कार गरेको थियो । मन्त्रिपरिषद्को वैठक बसिरहेका बेला सेनापति कट्वाल तथा वरिष्ठतम् रथी कुलबहादुर खड्का बालुवाटारमै थिए । वैठकको निर्णयअनुसार आफ्नो वर्खास्तगीको पत्र कट्वालले बालुवाटारमै बुझ्न अस्विकार गरेका थिए । स्रोतका अनुसार आफ्नो वर्खास्तगीको पत्र जंगी अड्डाबाटै बुझने बताउदै कटवाल बालुवाटारबाट बाहिरीएका थिए ।त्यसपछी सेनापति कट्वाल आफ्ना सहकर्मीहरुसँग जंगीअड्डामा वैठक गरेको र सबै बरिस्ठ अधिक्रित सहितको बैठकले सरकारले दिएको निर्देशन पालाना गर्ने निर्णय गरेको छ र त्यसै अनुरुप कटुवालले बर्खास्त पत्र बुझ्नु भएको छ । कटुवालले सरकारी निर्णयको बिरुद्द सर्बोच्च अदालत जाने बताउनु भएको छ ।
प्रधान सेनापतीलाई हटाउने सरकारी निर्णयको समर्थन र बिरोधमा सडकमा प्रदशन भएको छ । बिभिन्न दलका विद्यार्थी सँगठनहरु द्वारा बिभिन्न स्थानमा बिरोध प्रदशन गरी रहेका छन भने माओवादी समर्थित समर्थित संगठन द्वारा भने निर्णयको समर्थनमा बिजय जुलुस निकालेका छन ।

यसै बिच नेकपा एमालेले बोलाएको बैठकले आफ्नो निर्णय बाहिर ल्याएको छ जस अनुसार मावोबादिले सर्वसताबाद लाद्न खोजेको भन्दै सरकार बाट बहिरिने निर्णय गरेको छ । त्यस्तै नेपाली काङ्रेसले पनि निर्णय संबिधान सम्मत नभएको भन्दै कार्यन्वयन नगर्न राष्ट्रपती यादबलाई सुझाब दिएको छ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु