सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

केही रमाइला नेपाली चुटकिलाहरु

३ जना गफाडीबच्चाहरु गफगर्दा
पहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।
दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।
अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।

शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु
रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।

रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा छ A/C चलाऊदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?
राम : किन थाहा नहुनु , बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर नि ।

एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन "

एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ?
गाईड : ५ बर्ष
टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।
रानीपोखरी देखे पछि फेरी
टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?
गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।
टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।
घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन
टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि
गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ....

प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?
प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।

प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?
प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका – रक्सी र तास नि !
प्रेमी – त्यो पनि छोड्छु ।
प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !
प्रेमी – तिमीलाई !

प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?
प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।
प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?
प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !

शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?
राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं
शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?
राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि त

श्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?
राम : अहँ आउँदैन
श्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।
राम : तिमीलाई पौडी खेल्न आउछ त ?
श्याम ( गमक्क फुल्दै ): आउछ
राम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?

बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछ
क्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?
लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

गीता : सिता अब म महेश सँग बिहे गर्न सक्दिन
सिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?
गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो ...

स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"
लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"
स्वास्नी : "कस्तो भ्रम??"
लोग्ने : "म निदाएको थिए भनेर!!"

बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउला
अनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछ
खसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।

तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।
पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।
झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’
मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’
‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।

1 comment:

Yumesh Pulami said...

रमाइलो लाग्यो - तपाइका हसी मज्जाहरु |

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु