सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

एस.एल.सी. २०६५ को नतिजा प्रकाशित

परिक्षा नियन्त्रण कार्यालय सानो ठिमीले गत चैत्र महिनामा सन्चालन गरेको प्रवेशिका परिक्षा एस.एल.सी. को नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४ लाख १२ हजार ३ सय २१ जनाले फाराम भरेकामा ३ लाख ८८ हजार ५ सय २२ जना परीक्षार्थी सामेल थिए । जसमध्ये नियमिततर्फ उत्तीर्ण हुनेमा २ लाख ५६ हजार ७ सय ७९ जना छन् । यो ६८.७४ प्रतिशत हो । एक्जाम्टेड तर्फ ४७ प्रतिशत परिक्षार्थी उतिर्ण भएको नियन्त्रण कार्यालयले जनाएको छ ।
वि.सं. १९९० मा पहिलो पटक नेपालबाटै एसएलसीको परीक्षा दिने व्यवस्था सुरु भएको हो । त्यसअघि भारतबाट मात्र यो परीक्षा दिन पाइन्थ्यो । त्यसैगरी २०६३ देखि १० कक्षाको कितापबाट मात्र प्रश्न सोध्न थालिएको हो । त्यसअघि ९ र १० कक्षाको पाठ्यपुस्तकबाट प्रश्न सोधिन्थ्यो । सबैभन्दा पहिले अर्थात् पहिलो एसएलसी परीक्षामा पुष्पभक्त मल्ल बोर्डफस्ट भएका थिए । हालका माओवादी नेता बाबुराम भट्टराई २०२६ सालको एसएलसी परीक्षामा बोर्डफस्ट भएका थिए ।

परिक्षाको नतिजा NTC को साईटमा गएर हेर्न सक्नु हुन्छ जसमा सिम्बल नम्बर मात्र राखेर नतिजा वा सिम्बल नम्बर र जन्म मिती राखेर कुन बिषयमा कती नम्बर आएको छ हेर्न सकिन्छ ।

एस.एल.सी. २०६५ को Result हेर्नको लागि
For Regular Students Click Here
For Exempted Students Click Here

1 comment:

Anonymous said...

thank you bro for posting slc result.

Harka,Qatar

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु