सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

आफ्नो password को सुरक्षा कसरी गर्ने ?

तपाईं कम्प्युटर use गर्नु हुन्छ भने password बारे अबस्य जानकारी राख्नु हुन्छ होला र यो पनि कि password भनेको एकदम सुरक्षित हुनु पर्छ र आफुले बाहेक अरु कसैलाई थाहा दिनु हुँदैन । मानिसहरुमा सधैं यो चिन्ता रही रहन्छ कि राम्रो तथा सुरक्षित password कसरी छान्ने जुन अरुले guess गर्न नसकोस र अझ भनौ password crackers हरुले crack गर्न नसकोस । सजिलो अथवा असुरक्षित password छ भने जहिले चोरी हुने डर रही रहन्छ, password cracker हरुसँग यस्ता धेरै टूल्सहरु हुन्छन र सजिलो password भएमा उनिहरुले सजिलै सँग तपाईंको password crack गरी दिन्छन त्यसैले password छान्दा हामीले जहिले पनि अरुले guess गर्न नसकिने तथा अली सुरक्षित password छान्न एकदमै जरुरी हुन्छ । हुन त cracker हरु जस्तो password हरु पनि crack गर्न सक्षम हुन्छन तर अली गार्हो र सुरक्षित password भयो भने उनिहरुलाई पनि crack गर्न धेरै टाईम भने अबस्या लाग्छ । त्यसैले यहाँ password लाई कसरी सुरक्षित बनाउन सकिन्छ अथवा भनौ कस्तो password धेरै सुरक्षित हुन्छ भन्ने बारे चर्चा गर्न खोजिएको छ ।

असुरक्षित तरिका :
@ आफ्नो password कहिले पनि आफु अथवा आफ्नो परिवार सँग सम्बन्धित हुनु हुँदैन । cracker हरुले password crack गर्दा सबभन्दा पहिला यसैको सहारा लिन्छन । यस्ता खराब password को उदाहरण : तपाईंको नाम , उपनाम , जन्मस्थान , परिवारको नाम र यस्तै यस्तै ...
@ common words तथा छोटो वर्ड हरु त्यती सुरक्षित हुँदैनन र cracker हरुले सजिलै यसलाई थाहा पाउछन त्यस्ता वर्ड हरु जस्तै : dragon, secret, cheese, god, love, sex, life र यस्तै यस्तै शब्दहरु ।
@ password लाई शब्दहरुको भिन्न रुप दिएर सुरक्षित बनाउन खोजिन्छ र यस्ता शब्दहरु dictionary हरुमा मेल खाँदैनन पनि तर यस्ता सिम्पल वर्ड हरु पनि सजिलै crack हुन सक्छन । यस्ता वर्डहरुको उदाहण : dr0wssap, l0ve, s3cr3t, dr@gon
तर यस्ता password हरु भने माथिका भन्दा अली सुरक्षित भने अबस्य हुन्छन ।
@ आफ्नो password सुरक्षित दुई शब्दहरुलाई जोडेर पनि बनाउन खोजिन्छ र यस्ता password माथिका भन्दा अली सुरक्षित हुन्छन पनि तर यो पनि पूर्ण सुरक्षित तरिका भने हैन यस्ता password हरुको उदाहरण : whatfor, divineright, bigpig, ilove, farfetched, catspajamas
@ आफुले पहिला प्रयोग गरिसकेको password फेरी कहिले पनि प्रयोग गर्ने नगर्नुहोस् , धेरै जस्तोले सबै जसो A/C हरुमा एउटै password राख्ने गर्दछन तर यो एकदम ठीक होइन ।

सुरक्षित तरिका :
@ जहिले पनि त्यही खेर आफ्नो password तुरुन्तै चेन्ज गरिहाल्नुहोस् जब तपाईंलाई लाग्छ तपाईंको password सुरक्षित छैन । आफ्नो मेलमा आएका लिन्कहरुमा र chat गर्दा आएका link हरुमा कहिले पनि क्लिक नगर्नुहोस् ।
@ आफ्नो password लाई त्यस्ता ठाउँहरुमा कहिले पनि लेखेर नराख्नुहोस् जहाँ अरुले सजिलै भेट्टाउने होस् । यदि लेखेरै राखने बानी छ भने पनि अरुले नभेट्टाउने ठाउमा लक गरेर राख्नने गर्नुहोस् ।
@ यो एउटा एकदम सुरक्षित उपाए हो कि तपाईंले आफ्नो password लाई नियमित रुपमा change गर्ने गर्नुहोस् कम्तीमा पनि ६/६ महिनामा । यो उपाए यो बेला काम लाग्छ जब कोही cracker ले तपाईंको password crack गर्ने कोशीस गर्दैछ तर सकिरहेको छैन अथवा तपाईंलाई यो लागि रहेको छ कि तपाईंको password सुरक्षित छैन ।
@ आफ्नो password मा सकेसम्म वर्डहरु नम्बर र स्पेशल character हरु मिक्स गर्नु गर्नुहोस् । तर कुनै कुनै साईटहरुले password मा स्पेशल character हरु सपोर्ट नगर्ने हुन्छ यो भने ध्यान राख्नुहोस् । password criteria चेक गर्नुहोस् र यदि सम्भब छ भने सकेसम्म स्पेशल character मिक्स गर्नुहोस् ।
@ password मा small letter र Capital letter हरु मिक्स गर्न पनि सक्नु हुन्छ र सकेसम्म password लामो नै होस् जसले गर्दा cracker हरुलाई guess गर्न गार्हो होस् ।
@ सबभन्दा सुरक्षित password भनेको शब्द भन्दा वाक्य नै हो र यदि सिस्टमले support गर्छ भने वाक्य नै राख्ने गर्नुहोस् जस्तै : "I clean my Glock in the dishwasher." यस्मा पनि बिच बिचमा नम्बरगरु जोड्न सक्नु हुन्छ र लामो वाक्य छ भने झन सुरक्षित हुन्छ र cracker हरुलाई यस्ता password crack गर्न असम्भब नै हुन्छ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु