
२) एउटा तिथि निस्चित गर्नुहोस् र त्यो दिन देखी धुम्रपान चटक्क छाडिदिनुहोस् । "आज एक दिन खान्छु भोली देखी छाडुला" भनेर कहिले पनि सोचाई नराख्नुहोस् , त्यसको सट्टा "आज एक दिन खादिन भोली देखा जाएगा" भन्ने सोचाई राख्नुहोस् र भोली पनि यस्तै सोचाई ... यसरी तपाईंको चुरोट खाने भोलीको दिन कहिले आउने छैन ।
३) धुम्रपान छाड्ने बितिक्कै तपाईंका शरीरले धुम्रपानका खराबीबाट स्वास्थ लाभ भएको अनुभब गर्न थाल्ने छ । शुरु शुरुमा रिङ्गटा लाग्नु,रिस उठ्नु,टाउको तथा घाँटी दुख् नु जस्ता लक्षण देखिन्छन । तर चिन्ता नगर्नुहोस् यो सामान्य कुरा हो । एक दुई हप्तामा स्वत: हराएर जानेछ ।
४) आफ्नो कोठा बाट धुम्रपानका सम्पूर्ण साधनहरु जस्तै - तमाखु, खैनी, चुरोट, बिंडी, लाइटर, सलाई, हुक्का, एस्ट्रे आदिलाई फ्याकीदिनुहोस् ।
५) आफुलाई सुरु सुरुमा भरसक ब्यस्त राख्नुहोस् । सधैं सकृय रहनुहोस्, दौडधुप गर्नुहोस् यसले तपाईंलाई धुम्रपान छाड्न मद्घत गर्नेछ ।
६) पानी धेरै पिउनुहोस् त्यसको लागि पानीको भाडो आफ्नो नजिकै राख्नुहोस् ।
७) चुरोट नकिनेर बचाएको पैसाले आफ्नो घर व्यबहारको कुनै बिशेष सामान किन्नुहोस् अथवा आफ्नो श्रीमती वा छोरा छोरीहरुलाई उपहार किन्नुहोस् ।
८) आफ्नो दैनिक कार्यक्रममा परिवर्तन गर्नुहोस् र सधैं चुरोट किन्ने गरेको पसल तिर नजानुहोस् ।
९) कुनै दु:ख वा धेरै खुशी मनाउन आज चाँही एउटा खान्छु भनेर सल्काइ नहाल्नुहोस् किन भने एउताले अर्को र अर्कोले झन अर्कोलाई बढाउने काम शुरु गर्छ ।
१०) यो कुरा दिमागमा राख्नुहोस् कि धुम्रपान बिनाको प्रत्यक दिन तपाईं , तपाईंको परिवार , तपाईंको खल्ती र तपाईंको सहकर्मीहरु सबैको लागि खुशीको दिन हो ।

2 comments:
thanks
MALAIN SARAI NAI MAN PARYO YESTAI YESTAI KURA HARU PLZ FACEBOOK MA PANI SHARE GARIDINU HUNA REQUEST GARDAXU THANK YOU
Post a Comment