सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कम्प्युटर फरम्याट गर्ने र Default Settings मा reset गर्ने तरिका

साबधान :
(आफ्नो कम्प्युटर फरम्याट गर्नु भन्दा पहिला आफ्नो महत्वपूर्ण फाइलहरु, डाटाहरु, प्रोग्रामहरु आदी को साथ साथै सम्बन्धित Driver हरु सबैको ब्याकअप राखुहोस् किनभने तपाईंले आफ्नो कम्प्युटर फरम्याट गर्दा यि सबै मेटिन्छन । धेरै जसो कम्प्युटरमा अपरेटिङ सिस्टम Drive C मा instal गरिएको हुन्छ । कम्प्युटरमा HardDrive को कती वटा partition गरिएको छ ? जस्तै Drive C, Drive D, Drive E आदि । Drive C मा अपरेटिङ सिस्टम instal गरिएको छ भने Drive C मा भएका (Save गरिएका) आफ्ना सबै महत्वपूर्ण फाइलहरुलाई अर्कै Drive D अथवा Drive E मा लगेर save गरिदिनुहोस् । )

अब कम्प्युटर फरम्याट गर्ने तरिका तिर अगाडि बढौ
१) सबभन्दा पहिला तपाईं सँग operating system सि.डि वा डि.भि.डि हुनु जरुरी हुन्छ र उक्त Disc तपाईंले आफ्नो कम्प्युटरको सि.डि वा डि.भि.डि drive भित्र हाल्नुहोस् ।

२) अब आफ्नो कम्प्युटरलाई restart गर्नुहोस् ।

३) जब तपाईंको कम्प्युटर restart हुँदै छ तपाईंले screen मा "Press any key to boot from CD" भन्ने मेसेज आएपछि keyboard को कुनै कि प्रेस गरिदिनुहोस् ।

@ यदि तपाईंको screen मा यो मेसेज आएको छैन भने तपाईंले boot sequence reset गर्नु पर्ने हुन्छ र त्यसको लागि कम्प्युटरको BIOS settings भित्र जानु पर्ने हुन्छ । BIOS settings भित्र जान कम्प्युटर restart गर्नुहोस् , जब restart हुँदै छ तब कि बोर्ड मा Delete कि थिची राख्नुहोस् । केही सेकेन्ड पछि कम्प्युटरको स्क्रीनमा BIOS mode देखा पर्नेछ । त्यहा boot sequence options मा CDROM drive to be 1st option छान्नुहोस् र save चेन्ज गरेर exit गर्नुहोस् ।

४) अब फेरी स्टेप ३ दोहर्याउनुहोस् , सि.डि लोड हुनेछ र निलो स्क्रीन देखा पर्नेछ र सि.डि को फाइलहरु कपि हुन थालनेछ । एक छिन कुर्नुहोस् । केही मिनट पछि setup ? मेसेज आएपछि Enter गरिदिनुहोस् ।

५) अब windows install कुन Drive मा गर्ने अथवा कुन drive लाई Format गर्ने भन्ने option देखा पर्नेछ , तपाईंको कम्प्युटरको कुन Drive मा operating system install गरिएको छ त्यो drive छान्न्हुहोस् (Normally Drive C मा opereting system install गरिएको हुन्छ ) । छानिसके पछी Enter गर्नुहोस् ।

६) अब अर्को स्टेपमा कुन फाइल सिस्टम मा Drive Format गर्ने हो छान्नु पर्ने हुन्छ । NTFS option छिटो हुन्छ र formatting option "Quick" छान्नुहोस् र Enter थिच्नुहोस् ।

७) अब कम्प्युटर फरम्याट प्रोसेसमा गयो । कती बेरमा सकिन्छ त्यो भने कम्प्युटरको hard Drive को साइज र speed मा भर पर्छ ।

८) बिचमा टाईम place छान्नुपर्ने option आउन सक्छ । ओके ओके गरिदिनुहोस् ।

९) फरम्याट सकिसकेपछि opetating system files कपि हुन थालछ र install भईसकेपछि कम्प्युटर आँफै restart हुन्छ ।

१०) अब कम्प्युटरमा सम्बन्धित driver हरु एक एक गरी install गर्नुपर्ने हुन्छ , जस्तै Sound card, LAN card आदी आदी ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु