सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

3 in 1 सर्च इन्जिन


ईन्टरनेटमा खोजेको सबै पाईन्छ भन्ने मान्यता छ तर त्यो सही सर्च इन्जिनको सहयोग लिईयो भने मात्र सम्भब हुनसक्छ । हाल चलनचल्तीमा रहेका सर्च इन्जिनहरुमा www.google.com, www.yahoo.com, www.msn.com तथा www.bing.com छन तर यि सर्च इन्जिनहरुको सहयोग लिदा आफुले चाहेको खोजेको जानकारी सजिलै पाईन्छ भन्ने छैन । यि सर्च इन्जिनहरुले दिने जानकारी एकै किसिमको हुँदैन, कुनै सर्च इन्जिनले अघिल्लो पृष्‍ठमा प्रकाशित गरेको जानकारी अर्को इन्जिनले दोश्रो वा कुनैले तेस्रो पृष्‍ठमा प्रकाशित गरीराखेका हुन्छन । यस्तो अवस्थामा खोजकर्तालाई आफुले खोजेको जानकारी सजिलै पाउन गार्हो हुन्छ । यस्तै समस्याबाट मुक्त गराउन एउटा वेबसाईट www.yahbingoo.com सन्चालनमा आएको छ जसको नाम याहू, बिंग र गूगलको अघिल्लो शब्द जोडेर निर्माण गरिएको छ । यो वेबसाईटको खासियत यो छ कि जब तपाईंले www.yahbingoo.com खोल्नु हुन्छ तब तिनवटै सर्च इन्जिनहरु एउटै पेजमा देखिन्छन । वेबसाईटको माथिल्लो भागमा आफुले खोजेको कुरा टाईप गरेर enter गरे पछि एकै पटक ३ वटै इन्जिनले सर्च गरेर नतिजा देखाउछन यसबाहेक खोजकर्ताले त्यही पेजमा देखिएको ३ इन्जिन मध्य कुनै एक सर्च इन्जिनमा छुट्टै गएर पनि सर्च गर्न सक्छन । एकै पटक एउटै पेजमा ३ वटै सर्च इन्जिनहरुले नतिजा प्रकाशित गर्दा खोजकर्तालाई आफुले खोजेको जानकारी सजिलै प्राप्त हुन्छ भने समयको पनि बचत हुन्छ
स्रोत: साप्ताहिक

2 comments:

दूर्जेय चेतना said...

साह्रै राम्रो जानकारी । धन्यवाद है तपाईलाई।

Chandra said...

राम्रो जानकारी दिनु भएछ तर यसको उपयोगिता भने न्युन नै होला जस्तो लाग्यो । किन कि सवै SEARCH RESULT हरु अलग अलग Window Tab मा आउँदा हेर्ने मान्छेलाई सजिलै पत्ता लगाउन भने गाह्रो पर्ने रहेछ।

तर जे भए पनि तपाईको खोजलाई मान्नु पर्छ ।
यस्तै सामग्रिको प्रतिक्षामा छौ ।

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु