सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

पश्चाताप


बस स्टपमा आएर रोकियो , एकजना युवती लगभग १८/२० बर्षकी झै देखिने बसमा उक्लीई । बसमा भएका सबैको नजर उनिमा पर्‍यो हेर्दैमा आधुनिक देखिने उनको पहिरण पनि त्यस्तै थियो ,छोटो एक बित्ताको मिनिस्कर्ट अनी टाइट टि-सर्ट । उनले बसमा एताउती नजर चाहरी लादथ्यो उनको नजरले खाली सिट खोज्दै थियो । पर एउटा सिट खाली देखी र थपक्क त्यो सिटमा गएर बसी । बस आफ्नो गन्तब्य तिर हुइकियो ।

उनले बसमा सबै तिर नजर डौडाई , उनको नजर एकजना भद्र झै देखिने युवकमा आएर रोकियो । लाग्यो त्यो युवकले उनिलाई एकटक हेरै रहेको छ । युवक साधारण पहिरणमा थियो , कालो पाईन्ट अनी सेतो सर्ट र आँखामा कालो चस्मा ... । उनले त्यहा बाट आफ्नो नजर हटाई र झ्याल बाहिर हेर्न थाली तर उनिलाई अझै यस्तो महसुस भयो कि त्यो युवकले एकटक उनिलाई नै हेरिरहेको छ । यस्तो व्यबहारले उनिमा हल्का रिस पनि पलायो र फेरी एक पटक त्यस युवक तिर नजर पुर्याई , नभन्दै त्यो युवकले उनिलाई नै हेरिरहेको पाई । झन अहिले त अनुहारमा मन्द मन्द मुस्कान पनि देखियो । अब भने उनको रिसले पारा चढ्न थाल्यो " हैन यसले मलाई के सोचेर हेरीरहेको छ ? अघिदेखी एकटक हेरिरहेको छ त्यस माथि मुस्काइ रहेको छ । " उनले मनमनै सोची र अन्तै तिर नजर टिकाई ।

नजानिदो किसिमले उनको आँखा फेरी त्यही पर्‍यो । यस् पटक पनि युवक झन आँफैलाई हेरेर मुस्काइ रहेको नै पायो । उनले आफुले आँफैलाई थाम्न सकिनन र उठेर त्यो युवक भए निर पुगी र रिसले मुर्मुरिदै जोडले गालामा एक थप्पड हिर्काइ र भनी " तिमीलाई लाज लाग्दैन ? अघिदेखी हेरीरहेको छु , मलाई हेरी जिस्काइ रहेको छौ । तिमीले के सोचेर मलाई यस्तो व्यबहार गर्दैछौ । "

अकस्मातको त्यो हिर्काइ र भनाइ सुनेर युवकको अनुहारमा आस्चर्य अनी रिसको भाब देखियो तर एकैछिनमा नै उ शान्त भयो । अब भने अघिको भन्दा पनि गहिरो मुस्कान उसको अनुहारमा देखियो । यो देखेर त्यही बसमा यात्रा गरिरहेको एकजना हट्टाकट्टा मान्छे उठ्यो र त्यस युवकको कठालो समात्यो र कड्किदै रिसाउदै भन्न थाल्यो " ए हिरो , के हो तिम्रो चालामाला ? सार्वजनिक बसमा पनि तिमी यस्तो व्यबहार देखाइरहेको छौ ? केटी जिस्क्याउन तिमीले अरु ठाउँ पाएनौ ? बसमा भएका अरु मान्छेहरुले पनि उसलाई समर्थन गर्‍यो । यसपटक भने युवकको अनुहारमा नजानिदो किसिमले भाब बदलियो , उ उठ्यो र त्यो मानिसको हात आफ्नो कठालो बाट हटायो । आफ्नो दाहिने हात आफुले लगाइराखेको कालो चस्मा निर पुर्यायो र एक झट्कामा चस्मा फुकाल्यो ।

त्यो केटी समेट बसका सबैजनाको अनुहारमा आश्च्रर्य अनी पश्चातापको भाब देखियो , सबैजना मुकदर्शक भई ट्वाल्ल परे , युवकको आँखाको ठाँउमा मात्र दुई वटा खाल्डो थियो ( मतलब त्यो युवक अन्धो थियो )।

1 comment:

Prabesh said...

सार चैँ के हो यो कथाको ? मैले सार बुझ्न सकिनँ यो लघुकथाको । अनि पहिला बच्चामा सुनेको जोकलाई अलि परिमार्जन गर्नुभएको जस्तो लाग्यो ! अलि लघुकथा भएन हौ यो त !! खासै जमेन !!

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु