सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

मोड


"यि अपाङ्गहरु देखि मलाई घृणा छ । अर्काको भरमा बाँच्नु कती लज्जास्पद कुरा हो । हेर त्याँ, त्यो मान्छे अर्काको भरमा हिंड्न कति गर्व गरिरहेछ । खेद छ मलाई त्यस्ता मान्छेहरु प्रति । यि न आफु राम्रो जीवन बाँच्न सक्छन न त आफ्नो परिवारलाई आनन्द सँग बाँच्न दिन्छन । यसरी अर्काको भरमा बाच्नु पनि जीवन ? अपाङ्गहरुले त बरु आत्महत्या garnu पर्छ बुझ्यौ ? कति बाँच्नु अर्काको भरमा धर्तीको बोझ भएर ।" धनी परिवारको भए पनि आफुलाई आवश्यक खर्च आँफै जागिर खाएर कमाउने भएकोले आत्माभिमानका साथ मेरो साथी दिनेश आर्काको भरमा हिडिरहेको कुनै अपाङ्गलाई देख् नासाथ यही कुरा दोहर्याउथ्यो । हरेक पटक म सोच्थे उ ठिक भनीरहेछ या बेठिक ।

हिजो उही दिनेशको मोटरसाइकल दुर्घट्ना भएको थाहा पाउना साथ म तुरुन्त अस्पताल पुगें । उ बेहोस् भएर बेडमा लडिरहेको थियो । उसका नातेदारहरु जम्मा भएर रुवाबासी गर्दै थिए । डाक्टर बाट थाहा भयो - दुर्घट्ना गम्भिर भएकोले उसको दाँया खुट्टा काम नलाग्ने भएको छ र काट्नु पर्छ । साथीको त्यस हालतले मलाई बिह्वल बनायो । दिनेशको त्यो कुरा मेरो मस्तिकमा बारम्बार आईरह्यो - " अपाङ्गहरुले त बरु आत्महत्या गर्नु पर्छ बुझ्यौ ?" म सोचमग्न हुन पुगें - जिन्दगीको यस मोडले उसलाई कता लैजाला ?

- महेश बाबु तिमल्सिना
लैनचौर , काठमाडौं

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु