सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कुनै software को प्रयोग बिना फाइल/फोल्डरहरु सि.डि मा Burn गर्ने तरिका

windows Xp मा हामीले कुनै software को प्रयोग बिना सि.डि Burning गर्ने काम (CR-R मा कुनै पनि फाइल वा फोल्डरहरु Burn अनी CD-RW छ भने burn वा erase) गर्न सक्छौ । यस बारे त धेरैलाई थाहा नै होला यदि कसैलाई थाहा छैन भने कसरी ? भन्ने बारे यहाँ चर्चा गर्न लागेको छु ।
यदि तपाईं Re-Writable सि.डि (CD-RW) प्रयोग गर्दै हुनु हुन्छ भने CD Burn गर्नु भन्दा अगाडि erase वा Format गर्न चाहनु हुन्छ भने ...
# ReWritable CD disc आफ्नो CD drive मा राख् नुहोस् ।
# "My Computer" मा double-click गर्नुहोस् ।
# CD-Rom drive मा Double-click गर्नुहोस् ।
# window मा सि.डि मा भएका Content हरु देखिनेछन । बाँया तिर मेनुमा "Erase this CD-RW" लेखिएको ठाउमा क्लिक गर्नुहोस् ।

# "CD Writing Wizard" नामको window देखिनेछ । "Next" मा क्लिक गर्नुहोस् ।
# "CD Writing Wizard" ले CD erase गर्न थाल्नेछ

# जब तपाईंको सि.डि Erase हुन्छ तब सि.डि रोम window मा कुनै फाइल देखिने छैन । अब फेरी तपाईंले उक्त सि.डि मा नयाँ फाइलहरु burn गर्न सक्नु हुनेछ ।

कुनै पनि सि.डि (CD-RW वा CD-R) मा burn गर्नको लागि

# My Computer मा Double क्लिक गर्नुहोस् ।
# CD Drive मा राईट क्लिक गर्नुहोस् र "Properties" मा select गर्नुहोस् ।
# "Recording" Tab सेलेक्ट गर्नुहोस् र "Enable CD recording on this drive" मा Tick लगाउनुहोस् साथसाथै तल burning स्पीड छान्नुहोस् ( 32x वा 16x ) ।

# ओके गर्नुहोस् अब तपाईंको कम्प्युटरमा CD Recording feature enabled भयो ।
# Format गरिएको CD-RW (Re-Writable) सि.डि वा Recordable CD (CD-R) सि.डि Drive भित्र Insert गर्नुहोस् ।
# तपाईंले कपि (सि.डि मा राख् न चाहनु भएको) फाइल वा फोल्डरहरु कपि (Ctrl+c) गर्नुहोस् ।
# My Computer मा Double क्लिक गर्नुहोस् र CD Drive मा double क्लिक गर्नुहोस् ।
# अब paste (Ctrl+V) गर्नुहोस् । त्यहा तपाईंले कपि गर्नु भएको फाइल वा फोल्डरहरु Temporary देखिनेछन (paste हुनेछन) ।

# बाँया तिरको panel मा "Write these files to CD" मा क्लिक गर्नुहोस् ।
# "CD Writing Wizard" मा default CD name appears भई राखेको हुनेछ । त्यहा तपाईंले आफुले मन लागेको नाम राखिदिनुहोस् र "Next" मा क्लिक गर्नुहोस्

# "CD Writing Wizard" ले तपाईंको फाइल वा फोल्डरहरु CD मा कपि गर्न थाल्नेछ ।
# writing सकिएपछि CD-Rom आफै Ejected हुनेछ ।

1 comment:

Db lama Tamang said...

मेरो कम्प्युटरमा नयाँ ( DVD+R ) डिस्कराख्दा विन्डोमा (erase) अप्सन नै आउँदैन र फाइल पनि केही देखिदैन मैले मेरो कम्प्युटरमा भएको फाइल हरुलाई डिस्क्मा सेभ गर्न खोजेको हो तर भएन तपाईंले दिनुभएको टिप्स्ले भएन (DVD+R) मा फाइल सेभ गर्ने तरिका मैले बुझ्ने गरी बाताइदीनुभए आभारीहुने थियं ।

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु