तपाईंहरु पनि आफ्नो लघुकथाहरु प्रकाशित गर्न चाहनु हुन्छ भने आफ्नो कथा यसमा deepinformation100@yahoo.com मेल गरेर पठाउनु होला । कथा सकेसम्म युनिकोड नेपालीमा टाईप गरेर पठाउनु होला...
अवकाश
उ भन्सारको मुख्य नाकामा ड्युटी गरिरहेको थियो । रातदिन केही नभनी उ आफ्नो कर्तब्य पालनामा तल्लिन थियो । कसैले "ए धने किन यस्तो मरिहत्ते गर्छस ?" भनेर सोधे सहजै जवाफ दिन्थ्यो - "सरकारको सिन्दुर पहिरिएको छु ।"
यस्तै गर्दै उसले जागिर खाएको पनि अब त दश पुगेर एघार बर्ष लागेछ तर एउटा घर पनि बनाउन सकेको छैन । एक दिन ड्युटिमा रहेको बेला एउटा चिल्लो कार अगाडि बढ्यो । उसले रोक्न खोज्यो तर अडिएन । धनेले तुरुन्तै गाडी नम्गर टिपेर तालुक अड्डामा खबर दियो ।
केही क्षणपछि त्यही नम्बरको कारमा आफ्नो नयाँ हाकिम समेट आईरहेको देख्यो । उसले त्यही गाडी भन्सार चेकपास नगराइ अगाडि बढेको कुरा आफ्नो हाकिमलाई सुनायो । हाकिम जङिएर बोल्यो - "धने, तँलाई जागिरको माया छैन ? आफ्नो ड्युटी टाइममा आएका गाडीको एकिन नम्गर त हेर्ने गरेको छस ? यो त अर्कै गाडी हो ।"
धनेले निहुरिदै बोल्यो - "हजुर, म आजसम्म कहिले झुक्किएको छैन । मैले रिपोर्ट गरी सकेको छु । गाडी नम्गर खुद यही हो ।" यो कुरा सुनेर हाकिम जङियो - "यो गाडी मेरो हो, तैले मेरै बिरुद्द रिपोर्ट गरिसकिस ? अब कि रिपोर्ट फिर्ता लि, हैन भने तेरो अन्तिम दिन यति नै हुनसक्छ ।" धने अन्कनाएर थच्चक बस्यो ।
भोलिपल्ट धनेले एउटा रजिष्ट्री पत्र पायो । त्यसमा लेखिएको थियो - "बुढ्यौलीले गर्दा आँखाको क्षमता कम भएकोले धनबहादुरलाई आफ्नो सेवाबाट सधन्यबाद अवकाश दिईएको छ ।"
- गेहनाथ गौतम, संखुवासभा
मुस्ताङको त्यो रहस्यमय गुम्बा
1 day ago
No comments:
Post a Comment