ल्यापटप निर्माता कम्पनी Dell का डिजाईनरहरुले हालै officially रुपमा संसारकै सबैभन्दा पातलो ल्यापटप Adamo XPS लन्च गरेको छ । Dell ले भनेको छ कतै छुट्टी मनाउन जादा यो ल्यापटपको साथले मज्जै अर्कै दिनेछ । यो संसारकै सबैभन्दा पातलो ल्यापटप को मुल्य हाल $1799 बाट शुरु हुन्छ र यसको मोटाइ मात्र 0.39 inches छ । यो ल्यापटपको बनावट पनि अरुको तुलनामा फरक छ, ल्यापटप खोल्ने बित्तिकै तल आपसे आप स्ट्याण्ड बन्छ जसको कारणले प्रयोगकर्ता लाई यसमा काम गर्न सजिलो हुन्छ ।
एकदमै पातलो हुँदा समेट यसमा चेन्ज गर्न योग्य battery र USB Port २ वटा छ । जब यो ल्यापटप पुरै खुल्छ यसको keyboard २० डिग्री को Angle मा बस्छ जो एउटा अबिश्वसनिय setup हो र यसमा टाईप गर्दा प्रयोगकर्ताले एक भिन्नै अनुभुती गर्छ । यसको keypad Metal ले बनेको र फराकिलो पनि छ ।
No comments:
Post a Comment