सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

म भन्छु

बाट - देव कुमार खड्का

म मान्छेलाई पनि God भन्छु जो राम्रो काम गर्छ

तिमी भन्छौ :मेरो लोग्ने खराब छ ,त्यसैले म उसलाई माया गर्न सक्दिन
म भन्छु:- तिमी आफ्नो लोग्नेलाई माया गर्न सक्दैनौ
र त ऊ खराब भै रहयो ।
अतः– समस्या उसको खरावी होइन समस्या तिमी उसलाई माया गर्न नसक्नु हो ,,

तिमी भन्छौ :म डरछेरुवा हो त्यसैले म ठूलो काम गर्न सक्दिन
म भन्छु:- तिमी ठूलो काम गर्न चाहनौ र त डरछेरुवा भयौ
अतः– डरले तिमीलाई मारेको होइन तिमीले ठूलो काम गर्न नखोज्नु नै
तिमीलाई मारेको हो

तिमी भन्छौ: जीवन नियास्रो लाग्दो छ त्यसैले म मनोरञ्जनमा भुल्छु
म भन्छु:- तिमी मनोरञ्जनमा भुल्छौ र त जीवन नियास्रो भएको हो
अतः– आफ्नो काममा मनोरञ्जन गर्न सिक यहीँ सफल व्यक्तिको रहस्य हो ,,

तिमी भन्छौ: म बाध्य भएँ त्यसैले जागिर खाए
म भन्छु:- तिमीले जागिर खायौ र त बाध्य भयौं
अतः राजिनामा दिएर हेर अनि थाहा पाइन्छ बाध्यता आफैले
कल्पेर जन्मेको हो भनि।

तिमी भन्छौ:म कुरुप छु त्यसैले अरुको अगाडि आउन चाहन्न
म भन्छु:- तिमी अरुको अगाडि आउन चाहन्नौ र त कुरुप रहयौं
अतः– अरुको अगाडि आउने गर तिमी भन्दा कुरुप पनि हजारौं पाउने छौ
अनि तिम्रो आत्म सम्मान बढने छ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु