बाट: श्याम "स्पन्दन्"
रक्तनसा छिनी गएनी मेरो देश जल्न दिन्न
मातृभुमी मेरो मट्टिमा बैरी को पाउ दल्न दिन्न ।
छिनोस मेरो शरिर बरु प्राणै अन्त्य भएपनि
सगरमाथा उचाइलाइ ज्यान गएनी ढल्न दिन्न ।
रित्तिएर आमाको कोख शुन्य-शुन्य बनोस बरु
देशभित्र पराइ आगो सल्किएर बल्न दिन्न ।
शताब्दिनै पछी परी अबिकसित कहलिएनि
हुर्किएर त्यस्को श्रम यो माटोमा फल्न दिन्न ।
भेल बनी बगोस रगत टुक्रा-टुक्रा बनोस छाति
नेपालिको स्वभिमानलाइ एक इन्च पनि चल्न दिन्न ।
No comments:
Post a Comment