सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

"गजल"

(१)
चौतारीमा पर्खिरहुला आउदै जाँदै गर्नु प्यारी
बाँचुन्जेल मायापिर्ति लाउदै जाँदै गर्नु प्यारी

एक्लो हुन खोजेभने संहाल्नलाई मलाई तिम्ले
मधुर त्यो भाका हाली गाँउदै जाँदै गर्नु प्यारी

वाढी आई दिलभित्र बगाएछ भने खुसी
भत्कीएको मनको छानो छाँउदै जाँदै गर्नु प्यारी

रुखो चट्टान रसाईसक्यो खनीसके दिलको बारी
माया रोप्न मनको मेलो साउदै जाँदै गर्नु प्यारी

(२)
जोड्न खोज्थे मुटहरु तिमी आफै फुटीदियौ
संगै यात्रा गरु भन्थे तिमी आफै छुटीदियौ

एकतर्फि माया हुन्न दुबैतिर हुनुपर्छ
पाउनखोजे तिम्रो माया तिमी आफै टुटीगयौ

सोझो मनले यो तन दिँए मैले तिमीलाई
मायागर्ने नाटक गर्दै मेरो मन लुटीदियौ

दुबै मिली जीन्दगीको जङ्घार तरु भन्थे मत
खिरीमा पहाड बनी तिमी आफै उठिदियौ


बाट:
किनाराको यात्री
जिबिहाङ राई
माक्पा-3खोटाङ

1 comment:

Anonymous said...

damy 6

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु