सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

मातृ भुमि को माया

मृत घोषित नगर मलाई, म पुन जाग्ने रहर लिएर मरेको छु
मेरो प्राण शरीरलाई त्यागे पनि, मेरो आत्मा मातृभुमिमा नै शेष छ
म मरे पनि मेरो देश मलाई उतिनै प्यारो छ !!

देह भस्म भई पञ्चतत्वमा विलिन भए पनि, आत्माले सधै जन्म भूमिलाई आभाष गरि रहन्छ
हावा एकतर्फी त चल्ने छैन सधै, कहिले मेरो मातृभुमिलाई छोएर मेरो घर को बाटो पनि बहन्छ !!

मेरो मृत शरीर लाई छोडेको आत्मा अझै पनि तड्पी रहन्छ, मेरो पुर्व भुमि लाई सुम्सुमाउन
न्याला-ब्याला परेका नेपाली सँतान हताषी रहेका छन्, नौलो बिहानीको रंगमा मुस्कुराउन!!

पबित्र भुमि मेरो नेपाल बिषमा घुले झैँ शोकाकुलमा छ,
स्वाभिमानी बन्ने कल्पना गरौ मातृ लाई गरिमा को खाँचो छ
यो कलियुगमा संजीविनी को पहाड बोकी ल्याउने पवनपुत्र हनुमान देवको खाँचो छ !!

मृत घोषित नगर मलाई, म पुन जाग्ने रहर लिएर मरेको छु
मेरो प्राण शरीरलाई त्यागे पनि, मेरो आत्मा मातृभुमि मा शेष नै छ
म मरे पनि मेरो देश मलाई उतिनै प्यारो छ !!

बाट:
मिलन कार्की
बाग्लुङ, रेशा- ४, नेपाल
हाल: साउदीअरब

'' अर्पण ''

खुशी-खुशी जस्तो लाग्छ
गुद-गुदी बोकी मन भरि
खुला आज निलो आकाश सरि
मनमोहनी मोहक फुल संगै तिमि आउने बाटो हेरी
कालो रातमा पनि लाग्दैन डर
तर्साउने सपना देखि भाग्दैन मन पर
पुर्णिमाको जून संगै तिमि छाउन यो मन भरि
सम्झी देउ मलाई ढुक-ढुकी आफ्नै मुटु सरि
अर्पण दिए आफुलाई तिम्रो संसारमा नै
मन्दिर-मस्जिद-चर्च धाउदा
हजारौ दिन बिते पल-पल पन्छाउदा
कृपाले छायो आज प्रभुको दया
जन्म मेरो धन्य भयो तिमीलाई वरदान पाउदा
मेरो जीवन नै तिमि, अब पूजा, कर्म, धर्म, सबै नै हौ तिमि
चाहिदैन मलाई अब सहारा कतै
मानी बसेको छु इश्वर तिमि लाई नै सबै … !!!

बाट:
मिलन कार्की
बाग्लुङ, रेशा- ४, नेपाल
हाल: साउदीअरब

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु