सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

निष्ठुरी माया


निष्ठुरी मायाको सम्झना आउछ,
किन सधै यसरी
जति विरानो भई पराई भई,
माया लाग्छ झन बेसरी
थाहा छ मलाई उनी अब,
कहिल्य मेरो हुन सक्तिन
तर पनि उसलाई नै सधैभरी,
यो मनले चाहान्छ किन ?
के कमि थियो मेरो मायामा,
एक्लै छाडि गयौं अन्धकार छायामा
हिजो सम्म उसको निम्ति म अमुल्य थिए,
तर आज मात्र म बालुवा भए
अरु जस्ता महङ्गा उपहार दिन सकिन मैले,
त्यसैले आज म पराई भए
थाहा छ मलाई उनि मेरोलागि पराई भई
अब कहिल्य उनि मेरो हुन सक्तिन
तर पनि उसलाई नै सधैभरी
यो मनले चाहान्छ किन ?
हरेक मोडमा साथ दिन्छु भन्ने मायालु,
रैछ साह्रै नै विषालु
हिजो सम्म उसको निम्ति म देवता थिए,
तर आज मात्र म ढुङ्गा भए
किनकी अरुका जस्ता चिप्लाकार थिएन मसंग,
सधै–सधै उसलाई घुमाउन
थाहा छ मलाई उनि मेरो जीवनबाट धेरै टाढा गईसकि,
फेरी हाम्रो भेट हुन सक्तैन
तर पनि उसलाई नै सधैभरी,
यो मुटुको धड्कनले चाहान्छ किन?
वैगुणी रैछ मायालु,
जति गुण गरेनि नहुनी
कहिल्यै पुग्यो भनेन,
मुटु झिकि सामुन्ने राखे पनि
यस स्वार्थी संसारमा उ मलाई छाडी,
पराईलाई अङ्गाल्दै गयो
उसलाई आफ्नो प्राण भन्दा बढी माया गर्नु नै,
मेरो ठुलो भूल भयो
हिजो सम्म उसको निम्ति म सर्वे सर्वा थिए,
तर आज मात्र म खरानी भए
किनकी माया वाहेक केहि दिन सकिन मैले उसलाई,
त्यसैले आज म उनिवाट टाढा भए
थाहा छ मलाई अब हामी नदिका दुई किनार हौं,
जसको मिलन कहिल्य हुन सक्तैन
तर पनि उसलाई नै सधैभरी,
यो आत्माले चाहान्छ किन ?
यो..........चाहान्छ किन ?


लेखक
आसमन बस्नेत
गौर .पा.–, रौतहट
प्रकाशन मितिः२०६२÷०७÷११
बारा दर्पण दैनिक पत्रिका सिमरा

3 comments:

Smriti Thapa said...

Very nice poem. i like it. ramro lagyo asman ji tapaiko poem ani katha pani ramro lekhnu udo rahechha tapaile. aasha gardchhu aru mani tapaiko ramra-ramra poem and story padhna paune chhau vanne.

Anonymous said...

that's nice.....i like it

Unknown said...

hey! bro i want to show read more option on my blog and also want to add poem from my e-mail that i have collected what should i do please help me

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु