कति गरुँ बयान म यी जन्मदिने आमाको ।
कति गरुँ गौरव म यी जन्मभूमि माटोको ।।
जन्मिएछु यो देशमा भाग्यमानी ठान्नुपर्छ ।
ऋण तिर्न यो माटोमा शान्ति दियो बाल्नुपर्छ ।।
हिमाल बाट हिउँ पग्ली पानी बग्छ सदाबहार ।
कलकल गर्छन नदिहरु जलविद्युतको मुलआधार ।।
छानो जस्तो सगरमाथा चाँदी जस्तै टिल्कने ।
उदाउँदो सूर्यपनि यहि हिमालमै भुल्कने ।।
कति छन यहाँ पर्यटक घुम्ने अनि रमाउने ठाउँ ।
हिमाल,पहाड,तराईका मिलेका ती शहर गाउँ ।।
आम्दानीका श्रोत हाम्रा प्राकृतिक यी सम्पदालाई ।
सबैमिली जोगाई राखौं पछि हाम्रा सन्ततीलाई ।।
नेपाली हौं हामीहरु नेपाली भई बाच्नु पर्छ ।
जय जय जयनेपाल लाई मन्त्र सम्झी जप्नुपर्छ ।।
समाप्त ।।।
सोमनाथ पन्थी
भगबती ४ ,अर्घाखाँची
हाल: पोखरा
No comments:
Post a Comment