दुई जुम्ल्याहा दिदि–वहिनीको दुःखले भरिएको कथा
यो कथा दुई जुम्ल्याहा दिदि–वहिनीको हो । सानु र माया जुम्ल्याहा दिदि बहिनी हुन् । सानु–माया आफ्नो परिवारसंग सुन्दरपुर गाँउमा बसोबास गर्दथे । यिनिहरुको परिवारमा आमा–बुबा र यि दुई दिदि–बहिनी गरि चार जनाको संख्या थियो । सानु र माया एक आर्कालाई औधी नै माया गर्दर्थे । छोरा नभए पनि सानु–मायालाई छोरा भन्दा कम गरेका थिएन उनीहरुका बुबा–आमाले । उक्त परिवारको लागि यि दुबै छोरा सरी नै थिए । जाहा गएनी उनिहरुलाई अनुमति थियो किनकि उनिहरुले आमा–बुबाको मान मर्यादालाई ठेस पुग्ने खालका त्यस्तो केहि पनि गरेका थिएनन् ।
यि दुबै जुम्ल्याहा भएता पनि मायाको तुलनामा सानु शारीरिक तवरले कमजोर थिइन अर्थात सानु जन्मशिद्ध लाटी थिइन् । उनी बोल्न सक्दीन थिइन् त्यसैले पनि उनी सबैको प्यारी थिइन् । माया भने समान्य भएका कारण उसले उच्च शिक्षा समेत हासिल गर्न सफल भएकी थिइन् । माया सधै महिला हक हित र महिला हिंसाको विरुद्धमा आवाज उठाउथिन । उसले शोषित, दुःखी र पिडीत महिलाहरुलाई सहयोग गर्नुका साथै उनिहरुको हक र अधिकारका लागि उनिहरुलाई लड्न र आफै भएपनि लडी उनिहरुको अधिकार दिलाइदिने गर्थिन । जसले गर्दा गाँउका सवै महिलाहरुले उसलाई मनपराउथे । सानु–माया सारै नै राम्री थिइन । मायाले भने १० कक्षा पढ्दा पढ्दै आफुले मनपराएको केटासंग आमा–बुबाको सहमति बिना नै भागी विवाह गरेकी थिइन् । विवाह गरेको केहि वर्ष सम्म मायाको दाम्पत्य जीवन निकै नै शुखमय र हर्ष उल्लासकासाथ बितेको थियो तर पछि सानो–सानो कुरामा पनि झै–झगडा हुन थाल्यो । यसै क्रममा विवाहको २ वर्ष पछि मायाले एउटी छोरी पनि जन्माईन तर पनि उनिहरुको दाम्पत्य जीवन भने खुशि हुन सकेन । यसै त मन नपेरेकी बुहारी ।
घरमा पनि मायालाई वास्ता कसैले पनि गर्दैनथे र नन्द देवर देखी सासु–ससुरा सवैको आँखाको तारो बनेकी मायाको साहारा भनाउदो श्रीमान ............... जसको निम्ति उसले आफ्नो जन्म दिने आमा–बुबा र प्राण प्यारी वहिनीलाई त्यागी यसंग संगै वाँच्ने मर्ने कसम खाइ आएकी थिइन्, उसले पनि हेला गर्न थाले पछि के गर्थी विचरी ? उता दिदि बिना सानु पनि निकै दुःखीत थिइन् । माया गएबाटै सानुले राम्ररी खाना पनि खादैन थिइ । जतिबेला पनि मायालाई नै खाजी बस्थिन । यता मायाको एक दिन होईन दुइ दिन होइन सधै जसो श्रीमान श्रीमति बीच झगडा हुन थाले पछि नचाहादा–नचाहदै बाध्य भएर सम्बन्ध बिच्छेद गरिन । त्यस पछि उनी एक्लै भइन् । हाम्रो सामाज त्यस्तै हो जो अवला हुन्छ, दुःखीत हुन्छ । उसलाई शुखसंग बस्न दिदैनन् । त्यसमा पनि यो पापी अनी स्वार्थी संसारमा गिद्धहरु शिकार र मौकाको खाजीमा बसरिहेका हुन्छन । माया एक्लै भएको देखेर मौकाको खोजी गर्दै उसलाई आफ्नोपनको झुठो आस्वासन देखाउनेहरुको कमि थिएन । जो सधै उसको अघि–पछि र्याल गाढेर हिड्ने गर्दथे तर मायाले उनीहरुको मनसाय बझि त्यस्तासंग अलि पर नै हुने गर्थिइन् ।
यसरी छोरी एक्लै भएको खबर पाए पछि बुबा–आमाको छाती चिरिएर आयो र सानुको अनुरोधमा मायालाई माइत बोलाइयो । तर आफुले गरेको गल्तिमा आफुलाई आत्माग्लानी भएर होला माया फर्किन मानिन् । तर सानुको अगाडी मायाको केहि चलेन । आखिरमा माया सानुको साथ लागेर गईन् । त्यस पश्चात मायाले प्रा.वि. तहको बोर्डिङ्गमा पढाउन थालिन र आफु पनि पढ्न थालिन । आफुले भोगेको दुःख अरुले भोग्नु नपरोस भनि मायाले आफुले गरेको जस्तो गल्ति अरुलाई नगर्न आग्रह गर्दथिन । त्यसैले पनि उनी महिला हकहितकालागि लागी परेकी थिईन ताकि उसले बिगतमा पाएका दुःख जस्तो अरु दिदी बहिनीहरुले नपाउन । माया घर आए पछि एक पटक फेरी सानुको जिन्दागीमा खुशी आयो । पहिलेको जसरिनै सानु – मायाले आÏनो जीवन बिताउन थाले । तर दैब साह्रै निष्ठुरी रैछ, दैबले सानु – मायाको खुशी देख्न सकेनन् र फेरी उनीहरुको जीवनमा दुःखको कालो बादल छाइदियो । उनीहरुको गाँउमा एकदिन भयानक बाढी आयो र उनीहरको खुशिलाई सदाका लागि बगाएर लगे अर्थात त्यस बाढीमा बगेर सानु–मायाको आमा, बाबुको साथै मायाको छोरीको पनि मृत्यु भयो भने सानु–माया एक अर्कोबाट छुट्टिन । गाँउमा आएको उक्त बाढीले सानुलाई एकातिर र मायालाई अर्को तर्फ पुर्यायो ।
सानु–माया दुबै नै बगेर बिरानो ठाँउमा पुगेका थिए । जँहा उनीहरुको आफ्नो भन्ने कोहि थिएनन् । कति दिन सम्म त भोक भोकै उनीहरु भौतारीए । कुन ठाँउमा आयौ, काहाबाट फर्कन्छ, आफ्नो गॉउको नाम भन्ने सम्म उनीहरुमा थिएन । यसरी उनीहरुले त्यस बिरानो ठाउमा एक साता भन्दा बढी बिताए । त्यस पछि मायाले त्यस बिरानो ठाँउमा अनाथ आश्रममा पढाउने मौका पाईन र पढाउन थालीन । उता सानु भने भौतारी नै रह्यो । सानु बोल्न नसक्ने भएकाले उनले आफ्नो ईच्छा आकांक्षलाई कसै समक्ष प्रस्तुत गर्न पनि सक्दिन थिईन । सानु पनि असाध्य राम्री थिईन उसमा अप्सरामा हुनुपर्ने गुण भन्दा केहि कम थिईएन् थियो त केवल उनी बोल्न सक्दिन थिईन । उसको त्यही कमिले गर्दा उसले दु:ख पाईरहेकी थिईन । यसरी भोक भोक्कै भौतारी हिडेको बेला उसले एउटा देउता भेटाईन जसले उसलाई खाना ख्वायो र उनलाई बस्नकोलागि वासको व्यवस्था गरिदिन्छु भनि सानुलाई लग्यो तर खाना ख्वाउनुमा उसको स्वार्थ रैछ । उसले सानुलाई माया र स्नेहले होइन उसको शरिरलाई भोग गर्ने उद्देश्यले उ माथि उपकार गरेको रैछ । सानुले त्यतिवेला थाहा पाईन जब त्यस व्यक्तिले उसको शरिर माथी आक्रमण गर्यो । सानु बोल्न नस्कने भएको कारणले उसले बचाउको लागि गुहार पनि माग्न सकिनन् । आफ्नो शक्तिले भ्याए सम्म उसले प्रतिकार गरिन तर यौनमा उन्मात भएको नरपपिचासको अगाडी सानुको केहि चलेन । उसले आफ्नो प्यास नमेटुन्जेल सानुमाथि जाइलागि रह्यो र आफ्नो ईच्छा पुरा भएपछि मात्र उसलाई छाड्यो । आफु यसरी लुटिएपछि उनि निकै नै रोइन् । केही बेर अघि सम्म त्यसै व्यक्तिले माया देखाइ खाना ख्वाइ उसको धेरै दिनको भोक मेटाएको थियो । उसको त्यसबेलाको रुप र आफु लुटिने बेलाको उसको रुप देखेर साह्रै रिसाइन र डराईन पनि..............
यसरी उनि लुटिएपछि रुदै त्याहाबाट निस्कन मात्र के लागेकी थिइन् त्यस व्यक्तिले पुनः उसलाई समाइ फेरी उसको अस्मिता माथि हमला गर्यो यस पटक ने उसले प्रतिकार गर्न सकिनन् । किनभने पहिलेको आक्रमणबाट उनि निकै थाकि सकेकी थिइन । उनी केवल छटपटाई मात्र रहिन र केहिबेर पछि उनी बेहोस भईन तर उसले छाडेन । आखिर नरपिचासले फेरी आफ्नो यौन तृष्णा मेटाई छाड्यो । जब सानुको आँखा खुल्यो उसले आफुलाई मान्छेहरुको भिडमा नौलो ठाँउमा पाईन अर्थात त्यस नरपिचासले सानुको ईज्जतमात्र लुटेन कि उसलाई वेश्यालयमा लगेर बेचिदिए । सानु मरेतुल्यनै भइन् । लगातार दुई पटक सम्म बलितकृत भएकी सानुको त्यो चोट निको नहुदै वेश्यालयमा बेचिन पुगिन । नचाहदा–नचाहादै उसले आफ्नो शरिर बेच्नु पर्ने भयो । शरिर सुम्पिन नमान्दा साउनीको चुटाई अनि त्यसका पाल्तु कुकुरहरुले चुरोटले पोल्ने त कहिले आगोले डाम्ने थाले । भोक–भोकै राख्न थालेपछि के गर्थी विचरी सानु ? उसलाई नत मर्न नै दिन्थे नत बाँच्न । अन्त्यमा सानुले आफ्नो शरिर राक्षसहरु माझ दिनै पर्यो । दिनमा धेरै जनाको ईच्छा पुरा गर्नु पर्दथ्यो नत्र भने पिटाई खाई हाल्थ्यो । उता माया भने अनाथ आश्रम तिरै रलिन थालीन । अनाथ आश्रमकै एक बालकको लागि उनी आमा बनिन् । उक्त बालकले मायालाई औधि माया गर्दथ्यो । एक छिनको लागि पनि छाड्दैन थियो मायालाई उक्त बालकले । उ पनि विगतलाई भरलाएर त्यस वर्तमानमा रमाउन थालिन । बिस्तारै–विस्तारै समय बित्दै गयो बलक ४ वर्षको भएको थियो कि एक दिन उक्त बालकलाई लिन भनि उसको बुवा आइपुग्यो । फेरी एक पटक मायाको जीनदगीका खुशिहरु खोसिने भयो । दैब पनि साह्रै निष्ठुरी रैछ । ओरालो लागेको मृगलाई बाछोले पनि खेदछन भनेको ठिकै रैछ । जीन्दगीमा सबै गुमाएकी एक अवला भर्खर पुनः रमाउने आर्थात बाँच्ने एउटा आधार पाएकी थिइन् कि त्यो पनि खोसनि लाग्यो । उक्त बालकको बुवा साह्रै अइयासी गने प्रवृतिको थियो । सुरा र सुन्दरी उसको कमजोरी थियो अर्थात सुन्दरी (केटी) देख्नै नहुने । उसको गिद्धे आँखा माया माथि पनि पर्यो । बालक मायासंग छुट्टिएर जान मानेन र माया पनि । उक्त व्यक्तिले मायालाई आफ्नो झुठो कहानी सुनायो र मायालाई बालकको निम्ति भएपनि संगै जान आग्रह गर्यो । माया भने जान मानिनन् । उसले मायालाई आफ्नो श्रीमति बनाएर राख्ने प्रतिबद्धता जनायो । किनकी बालक माया बिना जानै मानेन । माया पनि बालक बिना बाच्न र बस्न नसक्ने भइसकेकी थिईन् । त्यसैले नचाहदा–नचाहदै बालकको लागि भएपनि मायाले उसको कुरा मानिन र संगै गइन् । उक्त व्यक्ति मुसु–मुसु हाँस्दैसंगै लाग्यो किनभने उसले जे चाहेको थियो त्यो त पुरा भयो । सुरा र सुन्दरीमा मस्त रहने उक्त व्यक्ति सधै जाँड रक्सि पिएर आउने र मायाको शरीरसंग खेल्ने गर्दथ्यो । मायाको ईच्छा होस या नहोस । त्यस व्यक्तिलाइ केहि फरक पर्दैन थियो । उसलाई मात्र मायाको शरीर भोग गर्न पाए हुन्थ्यो । उ बिरामी छे की सद्य केही वास्ता थिएन । उ बेलुका घर आउदा उसंग रात विताउनै पर्थ्यो । त्यस्तै वेश्यालयमा बेचिएकी सानुको व्यथा थियो । उसको पनि मर्म र चोट बुझ्ने कोहि भएन । दिनमा धेरै व्यक्तिहरुसंग आफ्नो शरीर बाट्नु पर्ने बाध्यताले गर्दा सानु एच.आई.भी. जस्ता भयानक प्राणघातक रोगको शीकार बन्न पुगिन । विभिन्न व्यक्तिहरुको सम्पर्कले गर्दा नचाहेरै नै मृत्युको अंगालोमा पुगीन अर्थात एच.आइ.भी जस्ता प्राणघातक रोगको शीकार भइन् । रोग भएको कोठी मालिकनीले चाल पाए पछि सानुलाई उक्त कोठीबाट निकाली दिए । त्यस ठाँउबाट निकालिए पछि सानुको साहारा कोहि भएनन् । केहि दिन अघि सम्म जो व्यक्ति सानुसंग एक घण्टा बिताउन पनि हजारौ–हजारौ रुपैया सम्म तिर्न तयार हुन्थे ती व्यक्तिरुनै आज तर्किन थाले । उपचारको लागि सानुसंग पैसा पनि थिएन । आफ्नो गाँउ जाउ भने आफु बोल्न नसक्ने भएकाले कसरी व्यक्तिसंग सोध्नु ? कतिलाई त सोधे पनि तर सानुको ईसारा कसैले बुझनेनन् । नपढेकाले लेख्न सकेन । उपचारको अभावमा र खान नपाउदा सानुले अनिकालमै प्राण त्यागिन ।
उता माया पनि विस्तारी–विस्तारी विरामी पर्न थालिन । श्रीमान भनाउदोलाई केहि वास्ता छैन । सुन्दरी र सुरामा मस्त रहने त्यो व्यक्ति माया विरामी परेपछि अर्को तिर लाग्न थाल्यो । माया एक दिन साह्रै विरामी भएपछि उ एक्लै भए पनि सकिनसकी अस्पताल जचाउन भनि गईन् । जब डक्टरको रिर्पोट आयो सानु छागाबाट खसे झै भईन किनभने मायालाई पनि सानुको जस्तै एच.आई.भी.रोग लागेको उक्त रिर्पोटमा उल्लेख थियो । मायाले केहि सोच्नै सकिनन् । उक्त व्यक्तिसंग राम्रो, खुशी जीन्दगीको कल्पना गरेर आएकी मायालाई उसैले नै जिउदै कालको सामुन्ने पुर्याई गयो । त्यस पश्चात माया घर फर्किन र श्रीमान भनाउदाको कारणले आफुलाई उक्त रोग लागेको मायाले थाहा पाईन् । मायालाई उक्त रोग लागेको कुरा विस्तारी गाँउभरि नै थाहा भयो र मायालाई गाँउले सबै मिलेर त्यस गाँउवाट निकाल्ने फैसला गरि मायालाई निकाली छाड्यो । त्यस पश्चात माया सोध्दै–सोध्दै आफ्नै गाँउ आइ पुगिन । शुरुमा मायालाई त्यस गाँउमा देखेर गाँउका सबै महिला दिदि–वहिनीहरु खुशी भए तर जब उसको रोगको बारेमा थाहा पाए ति सबैले घ्रिणा र तिरस्कार गर्न थाले । उनीहरुको त्यस्तो व्यवहार देखेर माया अचम्मित भईन् । जसकोलागी मायाले त्यस गाँउमा धेरैसंग झगडा गरीन उनीहरुको अधिकारकालागि सधै लडिरहिन तर आज .............................
उसलाई सबैको माया र स्नेह अनि साथको आवश्यक्ता छ तब सबैले मायावाट मुख मोडे । एच.आई.भी. जस्ता भयानक प्राणघातक रोग लागेको व्यक्तिलाई कुनै औषधीले काम गर्दैन । त्यसको औषधी भनेको नै माया र हौसला हो । एच.आई.भी. जस्ता भयानक प्राणघातक रोग लाग्नुमा मायाको के दोष नै थियो ? दोषी त त्यो व्यक्ति थियो जसले मायालाई यस अवस्थामा ल्याई छाड्यो । आफ्नै गाँउमा पनि घृणाको पात्र भईन् ती सबैले थु–थु र छि–छि गर्न थाले जसले पहिले मायालाई माया गर्थे र माया जस्तो हुनुपर्छ भन्ने गर्थे । प्राणघातक रोगको शिकार त्यसमा पनि सबैको घृणा के सहन सक्थि मायाले ? उसले पनि यस स्वार्थी संसारवाट बिदा लिईन् । उनीले आफुले सक्दो ति गाँउलेहरुलाई सहयोग गरेकी थिईन् तर मायालाई परेको बेलामा सहयोग गर्ने कोही भएन । सायद कोहि भइदिएको भए माया अलि दिन बाच्थिन होली । हा ........... हाम्रो सामाज अनि त्यस समाजमा बस्ने व्यक्तिहरु ..... जो स्वार्थमा डुबेको छ । त्यसै सामाजले आज मायाको ज्यान लियो । मायाको मृत्युको कारणमा जति एच.आई.भी. रोग सार्ने व्यक्तिको हात छ । त्यो भन्दा बढी सामाज अनि त्यस सामाजमा बस्ने व्यक्तिहरुको ........ हासी खुशी जीवन बिताईरहेका ति दुई दिदि–वहिनीको अकालमै मृत्यु भयो र मृत्युको कारण एकै रोग भए पनि सामाज पनि त्यसवाट अछुतो रहन सकेन ।
लेखक:
आसमन बस्नेत “फन्टुस”
गौर न.पा. –८, रौतहट
कहाँ हराएँ म ?
1 day ago
1 comment:
Thanks for great story.
Post a Comment