सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

सँक्रमणकाल

कस्तो अच्चम्म !
अच्चम्मको हुदोरहेछ, सँक्रमणकाल
आफु खुशी
जे गर्दा पनि हुदो रहेछ, सँक्रमणकालमा
रहेछ जादु नै सँक्रमणकालमा
हिजो सम्म
साइकल चढी हिंड्ने मान्छे
महँगा कारमा चढि हिड्दा रहेछन सँक्रमणकालमा
वा क्या गज्जब !
हिजो सम्म निरिह ब्यक्ती
राज्य भन्दा पनि सक्तिशाली हुदो रहेछ सँक्रमणकालमा
सँक्रमणकाल ,
जहाँ आदर्श फालिन्छ
फोहरको भाडोमा
जहाँ नैतीकता ,
झुन्डयाईन्छ फाँसीमा
हावी हुन्छ बाहुबल , बुद्दी र बिवेकमा
शायद यही
छाडापनको नाम हो सँक्रमणकाल

छुट छ हे अनेक
गुट उपगुट र समुहलाई
चुस सोझा जनतालाई
लुट राज्य ढुकुटीलाई
प्रश्न गर्ने तँ को हो ?
प्रश्न गर्नलाई म को हो ?
धमिलो पानी हो सँक्रमणकाल
स्वदेशी र बिदेशी सबै
मारी माछा छन मालामाल,
कस्तो अचम्म !
अब्यबस्थित ब्यबस्थाको
ब्यबस्थित नाम हो सँक्रमणकाल

बाट:
गौतम श्रेष्ठ
बिराटनगर

2 comments:

Anonymous said...

जे गर्दा पनि हुदो रहेछ, हो नि...

Unknown said...

गज्जब छ लूट भूट यो सन्क्रमण कालमा {........

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु