सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

म म नै हु !!!

म म नै हु !!!
किनकी ...
म मजस्तै छू
किनकी
मसँग मेरो आफ्नै परिभाषा छ
आफ्नै बुझाई छ , आफ्नै भोगाई छ
म संग मेरो आफ्नै जीवन दर्शन छ

मेरो लागी म सिबाय केही हैन !!!

तर
देखने हरुले मलाई जे पनी देख्छन
देखने हरुले जस्तो पनी देख्छन
म भन्दा अग्लो हरु मलाई होचो देख्छन
म भन्दा होचो हरुले मलाई अग्लो देख्छन
फेदबाट हेर्नेहरुले मलाई टुप्पामा देख्छन
टुप्पा बाट हेर्ने हरुले मलाई फेदमा टेक्छन

म भन्दा शुन्दर हरुले मलाई कुरूप देख्छन
म भन्दा कुरूप हरुले मलाई शुन्दर देख्छन
मभन्दा थोरै राम्राहरु मलाई नराम्रो देख्छन
म भन्दा नराम्रो हरु मलाई राम्रो देख्छन
म भन्दा सोझोशिधा हरु मलाई बांगोटिंगो देख्छन
अनि
म भन्दा अलि बांगोहरु मलाई सोझो देख्छन

तर खै मैले थाहा पाउदा देखि
म जस्तो थिए त्यस्तै छू
म जहां थिए त्यही छू

हुनसक्छ ...
मेरो उमर फेरियो
मेरो थोरै रूप फेरियो
अनि थोरै रंग फेरियो
तर
म त्यही मान्छे हु
जो हिजो थिए

र त म भन्छु
दुनियाले मलाई जस्तो बुझोस
दुनियाले मलाई जसरी हेरोस

तर म म नै हु
म म जस्तै छू
म अग्लो नी छूइन
म हुचो नी छैन

बाट:
जिबिहाङ राई

2 comments:

Anonymous said...

ma ma nai hu aru haina !!!
wa sarai ramro ra man6une kbita .........

Anonymous said...

mirar nai nachahine raichha
ramro 6
keep it up-

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु