आजभोली विश्वभरी निक्कै चर्चित अनी धेरैले मन पराएको भिडियो sharing साईट youtube बारे त सबैलाई जानकारी छ नै होला । हुन त भिडियो sharing साईट ईन्टरनेट संसारमा अरु पनि धेरै पाईन्छन । हरेकको आ आफ्नै बिशेषता होला तर भिडियो sharing साईट भन्ने बित्तिकै सबैको मुखमा youtube को नाम नै झुण्डिएको पाईन्छ । किनकी यसमा यती धेरै भिडियोहरु upload भईसकेका छन कि हामीलाई अनुमान गर्न नै गाह्रो परीसकेको छ । यस्तै लोकप्रियताको कारण गूगलले Nov. 2006 मा 1.65 billion US$ तिरेर youtube लाई खरिद गरी आफुमा गाभी सकेको छ ।
अब youtube को बारे साच्चै कुरा गर्दा यसको वास्तविकता थाहा पाएर साचै नै अचम्म मान्ने बेला भएको छ । तल यस्तै केही अचम्म लाग्दा तथ्यहरु छन एक चोटि केलाउने कि ?
हुन त यो अझ अली अगाडिको Data हो तै पनि यो Data हेरेर नै अहिले को letest Data बारे अनुमान लगाउन सकिन्छ । यो साईटमा प्रत्यक मिनेटमा २४ घण्टा भन्दा बढीको भिडियोहरु upload भईराखेका हुन्छन त्यसैले यसको ठ्याक्कै Data त निकाल्न खुद youtube लाई नै गार्हो छ ।
@ जम्मा upload भएका भिडियोहरु १२०,०००,००० भन्दा माथि
@ एक दिनमा upload हुने भिडियोहरु २००,००० भन्दा माथि
@ यसमा भएका सबै भिडियो हेरी सक्न ६०० बर्ष भन्दा धेरै लाग्छ ।
@ दिनमा लगभग २००,०००,००० भन्दा माथि भिडियोहरु हेरिन्छन ।
@ प्रत्यक १ मिनेटमा २४ घण्टा सम्मको भिडियो Content हरु upload भैरहन्छन ।
@ YouTube मा भएका अकाउन्टहरु ३००,०००,००० भन्दा माथि
@ copyright भएका भिडियोहरु १२% भन्दा माथि
@ upload भएका भिडियोहरुको Top बिषयहरुमा Music २०%, Entertainment १५%, People/Blog १४%, Comedy १३%, Sports ७%, Educationl ६% अनी flim 5%
@ भिडियोहरुको source मा Amateur ८०% , Professional १५% र Commercial/Corporate मा 5%
@ धेरै भिडियोहरु upload गर्ने Top देशहरुमा USA ३५%, UK ७%, Philippines ४%, Aus/Brz/Can/Fra/Ger/Mex/Spn/Trk बाट 3%
@ यसमा प्रयोग भएको Bandwidth - २००० बर्ष सम्म अरु सबै प्रकारका ईन्टरनेट कृयाकलाप गर्न पुग्ने सरह
@ विश्वभरी धेरै हेरिने वेबसाईटहरुमा सधैं TOP १० भित्र पर्न सफल
1 comment:
dherai pa6i post gareko ma thanks,, ani good ..
nice things.
Post a Comment