सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

छोरो बिग्रीयो पल्सरले छोरी बिग्रीयो फेशबुक ले ( दृष्टीकोण )

"छोरो बिग्रीयो पल्सरले छोरी बिग्रीयो फेशबुक ले" नेपाल मा अहिलेगरीब, मध्यम गरीब घरानामा चलेको चर्चित भनाइ हो जसबाट म पुर्ण रुपले चै सहमत छुईन । म हालसाल स्थापित र नेपाली जनजिब्रोमा चलेको एउटा मान्यता बिपरित आफ्नो बिचार पोख्न लागिरहेको छु । सायद मेरो यो बिचार कतिपय अभिवावक र ब्यक्तिलाई मन नपर्न सक्छ होला । म ति सबै संग क्षमा चाहन्छु । तर साथै मैले देखेका बुझेका केहि सत्य कुरा नराखी पनि बस्न सक्दिन । आज को दिनमा चर्चामा रहेको भनाई "छोरो बिग्रयो पल्सर ले छोरी बिग्रीयो फेशबुक ले" भन्ने भनाइ प्रती म पुर्न रुपले सहमत छुईन्! यो कुरा सत्य हो कि नेपाली आकाशमा युवाहरुको माझमा सबै भन्दा लोकप्रिय बाईक को रूपमा पल्सर रहेको छ ( नेपाली उत्पादन होइन्, कुनै गर्व को कुरो पनि होइन् ) साथै अनुसन्धानले देखाए अनुसार सबै भन्दा बढी दुर्घटना हुने र मृत्यु हुनेको संख्यामा यस बाईकको नाम अग्रपंक्तिमा आउछ । अत्याधिक दुर्घटना को कारण ले कतिपय बिमा कम्पनी ले यो बाईक को बिमा गर्न मानिरहेको छैन । तर यसको मुख्य आकर्षण नै यसको दुत्रगती र पिक अप क्षमता र स्टाईल हो । कुनै चिजमा रहेको बिशेषताको लागी यसरी दोष दिने कार्य चाही उचित होइन । मुख्य कुरा नियन्त्रण हो । यसरी कुनै पनि कुरा यदी हाम्रो जीवनमा नियन्त्रण भन्दा बाहिर गएमा दुर्घटना अवश्य हुन्छ । मात्र दुर्घटना को स्वरूप बेग्ला बेग्लाई हुन्छ र परिणाम फरक फरक हुनसक्छ । हामिले दैनिक जीवनमा प्रयोग गर्ने कतिपय कुरामा नियन्त्रण गुमाउनु वा असावधान हुनु भनेको दुर्घटना निम्तयाउनु हो । यसरी सम्भावित दुर्घटनाको भयले कुनै खास बस्तुमा निहित बिशेषताको उपयोग नगर्नु त्यस बस्तुको उपभोग नगर्नु भनेको स्वयमलाई प्रबिधिबाट टाढा राख्नु र नया आबिष्कार र सम्भावना बाट आंखा चिम्लनु हुन्छ ।बस्तु र प्रबिधिको सही प्रयोगले मानिसको कार्यक्षमतालाई कैयो गुणाले बृद्दी गर्छ भने त्यही बस्तुको प्रयोगमा असावधानीले ठुलो अपुर्णिय नोक्सान गर्दछ । त्यसैले कुनै बस्तुमा निहित कुनै खास बिशेषतालाई नकारात्मक रुपमा लिनु हुँदैन । हामीले दैनिक जीवनमा उपभोग गर्ने हावा पानी र आगो यदी नियन्त्रण भन्दा बाहिर हुने हो भने यसले निम्त्याउने दुर्घटनाको सामु बाईक दुर्घटना त मात्र सुर्यलाई दियो देखाउने झै हुन जान्छ । हरेक बस्तुको आ-आफ्नो कमजोरी र बिशेषता हुन्छ । अत्याधिक ,बहुसंख्यक ब्यक्तिले यसको प्रयोग कसरी गर्छन त्यसैमा जनधारणा बन्दछ । तर यो दोष त प्रयोगकर्ताको हो न कुनै बस्तु बिशेषको, सवारी साधनको प्रयोग छिटो छरितोको निम्ती गरिन्छ । तर बुझ्नै कुरा चै नियन्त्रण को हो संयमताको हो । एउटा बस्तुको प्रयोगमा पनि भिन्न ब्यक्तिको नियन्त्रण क्षमता भिन्न भिनै हुन्छ । आफ्नो क्षमता अनुसार त्यसको प्रयोग गर्न जान्नु पर्छ र सिकाउनु पर्छ । यसरि त्यसबाट हुने दुर्घटनाको कल्पना गरी त्यसको प्रयोग गर्न छाडने कुरा चाही उचित होइन । यसो भन्दैमा मैले बाईक वा युवा पुस्ताको अनियन्त्रीत इच्छा र आकांक्षालाई समर्थन गर्न खोजिएको पक्कै होइन ।जसरि दुर्घटनाको डरले सवारी साधन नै चढ्न छोडेमा वा बाटोमा हिडनै छोडेमा लक्ष्यमा कहिल्यै पुगिन्दैन । त्यसैले युवा पुस्ताले चाहेको परिवर्तनलाइ आत्मसात गरी युवा पुस्तालाई सही र नियन्त्रण पूर्ण ढंगले बस्तुको अवलोकन र प्रयोग गर्दा आत्मनियन्त्रण गर्न सिकाउन सके मात्र सबै खाले दुर्घटना जोगिन सकिन्छ ।नत्र भने पल्सर बाईकको रफ्तार त युवा पुस्ताको बिद्रोहको एउटा प्रतिक मात्र हो पुराणा पुस्ता संग बिचारको टकराव हो । आजको युवा अत्याधिक तनावग्रस्त छ उनिहरु हरेक कुरा छिटो चाहन्छ । गन्तब्यमा पुग्ने चाहना अति तिब्र छ ।आकांक्षा र महत्वकांक्षा धैरै छन ति सबैलाई छिटो छिटो प्राप्त गर्नको निम्ती कुनै पनि प्रकारको दुर्घट्ना हुन्छ भनि जान्दा जान्दै पनि आफ्नो रफ्तार लाई अझ तिब्रतर तिब्र बनाउछ नभए उसले पुग्ने गन्तब्यमा उ भन्दा अघी कुनै अरु पुग्ला भन्ने डर छ । यही डर ,यही अनियन्त्रीत रफ्तारलाई ठुलाबडा अभिभावक ले बुझी सही र सकारात्मक ढंगले सम्बोधन गर्न सक्नु पर्छ । न कि समबन्धित बस्तुबाट टाढा राख्ने प्रयास ,यसले मात्र बिद्रोहको जन्म हुन्छ । भयावह स्थितीको सृजना हुन्छ्, त्यस बस्तु प्रतिको आकर्षण झन झन बढ्दै जान्छ । यसतो हुनुमा अभिभावक को ठुलो भूमिका रहेको हुन्छ । युवा हरु प्रत्यक सोचलाई "भर्खर सानै छ्" र "यिनिहरु लाई के थाहा छ ?" । जस्ता सोच र भाषाबाट स्वयम अभिभावक बर्ग बाहिर निस्कन सक्नु पर्छ । किन भने आजको युवापुस्ताको मष्तिष्कको बिकास अति तिब्र र छिटो समयमानै हुँदैछ र बिज्ञान र प्रबिधिले उनिहरुको मष्तिष्कको बिकास कैयो गुणाले बृद्दी गरेको छ यसरी उनिहरुको क्षमतालाई कम मात्रामा आंकलन गर्नु आफ्नै क्षमता र बिस्लेषण माथी प्रश्न चिन्ह तेर्साउन पर्ने हुन्छ ।

त्यसै गरी "छोरी बिग्रीयो फेसबुकले" भन्ने कुरा बाट पनि म सहमत छुइन । किनभन्ने सामाजिक संजाल फेसबुकको बढ्दो लोकप्रियता बाट कोइ पनि अछुतो छैन बिश्वकै सबै भन्दा ठुलो सामाजिक सन्जालको उपाधी यसले त्यसै पाएका होइन । आज हरेक संघ संस्था प्रख्यात पत्र पत्रीका । समाचार्, सुचना शिक्ष्ण संस्था,ब्यापारी,पसल र कतिपय सरकारी संस्थाको सुचना पनि फेसबुकमा एकाउन्ट खोली यसै मार्फत बढी भन्द बढी मानिसमा सुचना र सेवा पुर्याउने कार्य भईरहेको छ । कतिपय प्रख्यात हस्ती, समुह र सामजिक संघ संस्था सबै सांगितिक समुह्, रेडियो र ति संस्था सबै यसैसंग आबद्द छ । सबैले यसै मार्फत बढी भन्दा बढी ब्यक्तिलाई सर्व सुलभ र सजिलो ढंगले आफ्नो सेवा र जानकारी उपलब्ध गरैइरहेको छ । यसै गरी काठमाण्डु ट्राफिकले पनि आफ्नो ट्राफिक समबन्धी जानकारी सेवा दिइ ट्राफिक कन्ट्रोलमा मद्दत यसै मार्फत पनि लिदै छ । फेसबुकसंग आबद्द बिदेशमा बस्ने नेपालिको समुहले बेला बेलामा नेपालमा नेपालीले उपचार गर्न नसक्ने असाहय गरीबहरुलाई फेसबुक मार्फत सुचना र जानकारी पाइसहायता उपलब्ध गराएको कुरा नौलो होइन क्यारे । त्यसै गरी फेसबुक मार्फत काठमाण्डुमा फेसबुकमा आबब्द ब्यक्तिहेरु को समुहले सरसफाइको कार्यकर्म चलाएको को कुरा हिजो अस्ती कै हो क्यारे । यस्ता कैयो उदाहर्ण छन । कैयो यस्ता फेसबुक समुह छन जहाँ बिचार को आदान प्रदान गरी एउटा फरक नया सोच को बिकास गर्न मद्दत पुर्याईरहेको छ । यो सन्जालले जसरि मानिस लाई मानिसहरुसंग जोड्ने कार्य गर्दैछ । त्यो आज सम्मकै चमत्कारिक शक्ती हो । आज कुनै पनि वेबसाईट व ब्लग व कुनै प्रकार को इ-पेज इ-पत्रीका, इ-समाचार आदी सबै जसो मा फेसबुक को लिन्क राखिएको हुन्छ । जसले त्यही साईत बाट सोझै सामाजिक सन्जाल फेसबुकसंग तुरन्त आबद्द हुन सकिन्छ । यतिका महत्व रहेक संसारलेनै यसको महत्व र फाईदालाई आत्मसात गरिसकेको बेलामा यस्तो भनाइ अलि नमिल्दो छ यो कुरा सत्य हो कि फेसबुक मात्रै होइन ईन्टरनेटको दुरुपयोग बारमबार भएको बेला बेलामा सुन्नमा आउछ । तर फेरी कुरो त्यही प्रयोग को आउछ सही तरिकाले यसको प्रयोगले संसारलाई अंगुलामा राख्न सकिन्छ । अहिले मैले भन्न खोजेको कुरा चाही " छोरी बिग्रीयो फेसबुकले" मा केन्दृत गर्न चाहन्छु, आज को युगमा मानिसले स्वतन्त्रता चाहान्छ त्यो स्वतन्त्रता भावना पोख्ने देखी लिएर अन्य धैरै कुराहरुमा पर्छ । यसै सन्दर्व मा फेसबुकले आफ्नो भावना पोख्ने स्थान दिन्छ् आफुले पोखेको भावनाहरुको प्रतिकृया पाइन्छ र यसरि आफ्नो भावना पोखी मानसिक सन्तुष्टी प्राप्त गर्द छ् यसले गर्दा केहि हदसम्म हाम्रो नेपाली समाजमा जहाँ अहिले सम्म अति खुल्ला बिचारको भनिएका ब्यक्तिले पनि छोरा र छोरिमा अलिकता भए पनि भेद भाव कायम छ । केटा राती अबेर सम्म घर न आउदा अभिवावक लाई त्यती चिन्ता हुँदैन जती छोरी सांझ सम्म घर न फर्कदा हुन्छ । यसरी नेपाली समाजका छोरिले परिवार को इज्जत नाममा आफ्नो इच्छालाई मारी कुन्ठित हुने गर्छन । साधारनतया अभिभावक र छोरा छोरी को बिचमा घनिष्ठ समबिन्ध रहे पनि युवा भएको छोरा छोरिले आफ्ना कतिपय कुरा र रुची र सम्पुर्ण भावना को प्रदर्शन खुलेर गर्न सक्दैन त्यसका बिभिन्न कारण हरु हुनसक्छ , आमा बुवाहरुको अत्यधिक ब्यवयस्तता वा "ठुलो भएको छोरा छोरी ले केहि कुरो भए भनि हाल्छ नि" भन्ने मनोबिज्ञानले गर्दा बढदो र हुर्कदै गरेको आफ्नो सन्तान देखी नजानिंदो तरिकाले टाढा हुन पुग्छ् कतिपय अभिभावकहरुको गाली गर्ने स्वभाव वा अत्याधिक रुपमा चिन्तित हुने स्वभावले पनि युवा पुस्ताले आफ्नो कुरा र समस्याहरु लुकाउने गर्दछन । यसरी आफ्नो चाहना बानी ब्यहोरा स्वभावलाई प्रकट गर्ने मुल थलो सामाजीक सन्जाल बन्न पुगेको छ । जसमा फेसबुक अग्रपंक्तीमा आउछ । यसरी अभिवावक बर्गले प्रतिबन्ध लगाउन को सट्टामा यसको प्रयोग सही तरिकाले गर्न सिकाउनु पर्छ । यसको प्रयोग आफैमा नराम्रो होइन मात्र प्रयोग बिधिले राम्रो र नराम्रो बनाउछ। यसरी आफ्ना सन्तान् का चरित्र रुझान र अन्य धेरै प्रकारको कुरा अध्ययन गर्न सक्छ । साथै उनिहरुको बदलिन्दो स्वभाव र यसका मुलकारक तत्वलाई पत्ता लगाउन केहि भए पनि मद्दत पुर्याउछ । यसरी कुनै कुरालाई प्रतिबन्ध गरी त्यसबात छुटकारा पाइन्छ भन्ने धारणा बिल्कुल गलत हो । यसमा त अभिभावकले बस्तुको प्रयोग सही संग गर्न सिकाउनु पर्छ । आज जब सबै बर्गका र उमेर समुहका मानिस साना साना केटा केटीहरु ( यधपी फेसबुक मा १३ बर्ष भन्दा मुनिका बालकलाई आइ डी बनाउन अनुमती छैन् ) उमेर बढाइ आफ्नो आइ डी बनाइ आफ्नो बाल मनका कुराहरु यसै माध्यमबाट अभिब्यक्त गर्न थालेको छ । आज सारा सन्सार अति ब्यवस्त छ्, तनावयुक्त छ । मानिससंग एक अर्काको कुरा सुन्ने फुर्सद छैन यस्तोमा आफुलाई पायक पर्ने कुनै एक स्थानमा बसी आफ्ना कुरा धेरै ब्यक्ती माझमा राख्ने र अन्य धेरै साथी संग आफ्नै पायक समय र स्थानबाट सम्पर्क स्थापित गर्न सकिन्छ । यसरी यसमा भएको बिशेषताहरु र सुबिधाहरु

१ स्टाटस अपडेट गर्ने ।

२ कमेन्ट गर्ने सुबिधा हरेक थोकमा स्टाटस्, फोटो आदिमा ।

३ टेक्स्ट च्याटिंग्, भिडियो च्याटिंग को सुबिधा ।

४ भिडियो शेरिंग ।

५ फोटो शेरिंग ,ट्यागिंग् ।

६ मेसेजिंग् ।

७ नोट शेरिंग् ।

८ ग्रुप र बिभिन्न समुहको गठन् ।

९ साथी को खोजि ।

१० एस एम एस् ।

११ आफ्ना कुनै सुचना वा जानकारी जारी गर्ने ।

१२ लिन्क प्रयोग ।

१३ अन्य ।

अनेकौ काम हुनेभएको हुनाले यसमा धेरै गुनहरु छन । यसो भन्दैमा मैले यसमा सबै कुरा राम्रै नै छ भन्न खोजेको होइन । मात्र यसको सकारात्मक पक्षलाई लिनु पर्छ नकरात्मक कुराहरु त यसको पनि अवश्य नै छ ।

१ आवश्यकता भन्दा बढी यसको प्रयोग गर्नाले अन्य शरिरिक कृयाकलाप बाट टाधिने ।

२ प्रतेक्ष सम्पर्क अवसर गुमाउने ।

३ फोटोमा खराब प्रतिक्रीया दिने ।

४ झुठो विवरण भरी नक्कली आइ डी बनाइ अरु को जानकारी लिने ।

५ फेसबुक म अन्य ब्यक्ती को फोटो राखी त्यही आइ डी बात अन्य फेसबुक प्रयोग कर्ता लाई धमक्याउने गाली गर्ने ।

६ फेसबुक को आइ डी हयाक गरि पासवर्ड बदली अरुलाई दुख दिने ।

७ अन्य ।

यस्ता धेरै दुरुपयोग हुनसक्छ । तर यसो भन्दैमा यसको गुणहरु प्रती बेवास्ता गरी आंखा चिम्लन चाही सकिन्दैन ।यधपी हरेक बस्तुको आ-आफ्नो गुण र दोष रहेको हुन्छ । तर दोष छ भन्दैमा यसको प्रयोग नगर्नु भनेको आफुलाई बिकास र परिवर्तन बाट टाढा राख्नु हो । आदिम युगमा प्रवेश गर्नु हो। मैले यि माथि यत्तिका कुरा कुनै बस्तु बिशेषको बिज्ञापन गर्न लाई पोखेको होइन मात्र कुनै बस्तु वा सेवाको बारेमा सकारात्मक सोचको बिकास होस प्रबिधी लाई अपनाउ आत्मसात गरौ यस बाट डराएर कुनै गलत धारणा को बिकास नहोस भनि अलिकता जानकारी राखेको मात्र हो । यसै सन्दर्वमा मेरो कबिता को केहि अन्श राख्दै बिदा चाहन्छु ।

परिक्षा मनव बिबेक को यहो हो

पाटो दुई हुन्छ्, हरेक थोक को

के बुझ्छ, के देख्छ, हो यो दृश्टीकोण आफ्नै पो

अछुतो छैन कुनै कुरा , यहाँ राम्रो नराम्रो बाट पो

लिने ले के लिन्छ, परिक्षा मानव विवेकको यही हो ।।

सानो झिल्को आगो ले , सन्सार डढ्याउछ्

त्यही झिल्को आगोले, स्वादिष्ट पकवान पनि बनाउछ्

बढी भन्नु उपयुक्त न होला,

बुझ्ने ले अं भन्दा अलंकार नै सोच्ला

आशा सबैसंग सदैव , सकारात्मक सोच कै राखौला ।।


- गौतम श्रेष्ठ ,बिराटनगर

1 comment:

Anonymous said...

If some one wishes expert view regarding blogging afterward i recommend him/her to pay a visit this weblog, Keep up the
good work.

Here is my web blog - Free Online Games

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु