सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

अब बिना ब्याट्री चल्नेछ टि.भी को रिमोट, घडी, रेडियो



त्यसो त टि.भी रिमोट देखि लिएर अन्य इलेक्ट्रोनिक उत्पादन चलाऊनको लागि ब्याट्रीको जरुरत पर्दछ तर ब्रिटेनको बेडफर्डशर यूनिवर्सिटीको शोधकर्ताहरुले यस्तो टेकनिक प्रस्तुत गरेको छ कि जसमा यस्ता इलेक्ट्रोनिक उत्पादनहरु चलाऊनको लागि ब्याट्रीको जरुरत पर्ने छैन ।

वाएरलेस रिसर्च केन्द्रको प्रोफेसर बेन ऐलेन द्वारा प्रस्तुत गरिएको यो टेकनिक उर्जाको लागि रेडियो तरङगको सहारा लिन्छ । शोधकर्ताहरुको मुताबिक अहिले सम्मको पहिलो मानिएको यो टेकनिकले भबिस्यमा इलेक्ट्रोनिक उत्पादनहरुमा लगाइने ब्याट्रीको ठाउँ लिन सक्छ । प्रोफेसर ऐलेन उनका सहयोगीहरुले जुन टेक्नोलोजी निकालेको छ त्यसमा घरेलु प्रयोगमा उपयोग हुने उत्पादनहरुमा उर्जाको लागि ब्याट्रीको सट्टा मिडियम वेब फ्रिक्वेन्सीको प्रयोग गरिने बताएको छ । स्व्यम प्रोफेसर ऐलेनको भनाइ अनुसार रेडियो तरङगहरुमा रोशनी, ध्वनी र बायु जस्तो उर्जा हुन्छ र यसको प्रयोग धेरै मात्रामा उर्जा बनाउनको लागि प्रयोग गर्न सकिन्छ ।प्रोफेसर ऐलेन भन्नु हुन्छ "उर्जा संरक्षणको बढीरहेको दायराले यो आशा जगाउदैछ कि अब आम ब्याट्रीहरुमा हाम्रो निर्भरता कम हुनेछ । यो साच्चै धेरै रोचक छ कि हामी आम उर्जा स्रोतको सट्टा बैकल्पिक स्रोत बाट उर्जा लिनेछौ ।हाम्रो अघिल्लो लक्ष्य यो छ कि यो कामलाई अगाडि लिएर जानको लागि धन जुटाउने वा अरु कसै सँग साझेदारी गरेर यो टेकनिकलाई एउटा सम्पूर्ण ब्यबसायिक उत्पादनमा परिवर्तन गर्ने । प्रोफेसर ऐलेन अगाडि भन्नु हुन्छ "उर्जा संरक्षण हाम्रो भबिस्यको लागि अहम भाग हो किनभने ब्रिटेनमा मात्र हरेक बर्ष २०००० देखी ३०००० टन ब्याट्री कवाडी घरमा पठाइन्छ र त्यसमा रहेको हानिकारक केमिकल सिधै जमिनमा जान्छ ।"
शोधकर्ताहरुको भनाइ छ कि यो टेकनिक यदि उत्पादन गरी बजारमा आयो भने ब्यबसायिक रुपमा धेरै नै लाभदायक सिद्द हुनेछ ।

सोर्स: www.bbc.co.uk

2 comments:

Anonymous said...

nice information...

Anonymous said...

good informathin.. but kahile ?

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु