सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

मोबाइल उठाउँदा एक रुपैयाँ कमाइ

मोबाइलको घन्टी बज्दा फोन उठाएकै भरमा खातामा खुत्रुक्क एक रुपैयाँ जम्मा हुन्छ भने त्योभन्दा सजिलो आम्दानी अर्को के होला? कुरा यत्ति हो, फोन उठाउनुअघि ६ सेकेन्डसम्म कुनै व्यापारिक विज्ञापन हेर्ने धैर्य तपाईंमा हुनुपर्छ। हो, सिरान टेक्नोलोजीले 'क्यास अन एड' नामक मोबाइल एप्लिकेसन निर्माण गरेको छ, जसको प्रयोग गरेर अहिले सित्तैमा उठाइरहेका फोन कलबाट बसीबसी आम्दानी गर्न सकिन्छ। त्यो पनि प्रत्येक कलमा एक सेन्ट, जुन अहिले डलरको भाउ बढेकाबेला एक रुपैयाँभन्दा बढी हुन्छ।


'एन्ड्रोइड अपरेटिङ सिस्टम' भएका स्मार्ट फोनमा गुगल प्लेबाट सजिलै यो एप्लिकेसन डाउनलोड गर्न सकिन्छ। फेसबुक वा क्यास अन एडमार्फत् लगअन गरेपछि एप्लिकेसन रजिस्टर हुन्छ। आफ्नो नाम, ठेगाना, इमेल, पासवर्ड र जन्ममिति राखेर अकाउन्ट बनाएपछि यो एप्लिकेसन प्रयोग गर्न सकिन्छ। त्यसपछि मोबाइलमा घन्टी बज्नेबित्तिकै स्त्रि्कनमा डिजिटल विज्ञापन बज्छ।

विज्ञापन हेर्न मन नभए सोझै फोन उठाउन सक्नुहुन्छ। नत्र कम्तीमा ६ सेकेन्ड त्यही विज्ञापन हेरेबापत् एक अमेरिकी सेन्ट कमाउन सकिन्छ। जति मोबाइल उठाउँदै गयो, अकाउन्टमा उति रकम जम्मा हुँदै जान्छ। कति पैसा जम्मा भयो भन्ने सूचना प्रत्येक कलपछि एप्लिकेसनमै आउँछ। १ डलर जम्मा भएपछि प्रयोगकर्ताले रकम निकाल्नसक्ने कम्पनीले जनाएको छ। रकम निकाल्न इसेवा भने लिनैपर्छ। अन्य देशका लागि पेपल अकाउन्ट पनि प्रयोग गर्न सकिन्छ।

औपचारिक रूपमा केही दिनभित्र सार्वजनिक हुन लागेको यो एप्लिकेसन गुगल प्लेमा राखेको २० दिन भइसक्यो। अहिलेसम्म करिब १० हजार डाउनलोड भइसके। सिरान टेक्नोलोजीले विश्वमै पहिलोचोटि यस्तो एप्लिकेसन निर्माण गरेको दाबी गरेको छ। कम्पनीका अध्यक्ष विश्वास ढकालले डिजिटल विज्ञापनलाई प्रभावकारी बनाउन मोबाइल स्त्रि्कनमा विज्ञापन गर्ने एप्लिकेसन निर्माण गरेको जानकारी दिए।

'यो एप्लिकेसनबाट धेरैभन्दा धेरै समूहमा प्रभावकारी रूपले विज्ञापन गर्न सकिन्छ,' उनले नागरिकसँग भने, 'स्मार्टफोनको प्रयोग अहिले व्यापक भइसक्यो, अबका दिनमा विज्ञापनको सशक्त माध्यम यही हो।'

यसअघि आधा दर्जन मोबाइल एप्स निर्माण गरेको सिरान टेक्नोलोजीले क्यास अन एडमा अहिलेसम्म पशुपति पेन्ट्स, कलर्स मोबाइल, बर्जर पेन्ट्स, बजाज मोटरसाइकल, आफ्नै कम्पनी लगायतको विज्ञापन राखेको छ। सम्बन्धित विज्ञापनदाता कम्पनी र एप्लिकेसन कम्पनीबीच सम्झौता भएपछि मोबाइलमा विज्ञापन बज्न थाल्छ। विज्ञापनदाताले तिर्ने शुल्कबाटै प्रयोगकर्तालाई पैसा दिने ढकालले बताए।

कम्पनीले यो एप्लिकेसन एकैचोटि १० भन्दा बढी देशमा सार्वजनिक गर्ने योजना बनाएको छ। 'यसले नेपाली एप्लिकेसनलाई विश्वव्यापी बजारमा पुर्‍याउने आशा गरेका छौं,' ढकालले भने।

10 comments:

dipendra godar said...

10$ hoina 1$ bhayepachi nikalna milchha................

alina said...

good aps wanna try that

alina said...

great aps, wanna try. does it works in USA too

alina said...

does it works in USA

GulmiResunga.com said...

Apple ma kaile available huncha ?

BY : wwww.gulmiresunga.com

Anonymous said...

shyam jhapa

i have $1.14 but unable to transfer due to esewa doest not work prope
rly

Binod said...

Maile ta 1 month pahile ni sewa liyeko. Phone uthauda ni bigyapan kai awaj sunune vayo. ani 2$ pugeko thyo line khojeko Pay Pal sewa linus vanxa, kura buhjiyena Pay pal, e sewa kaha ra kasari pauxa???

Binod said...

Maile ni 1 month pahile yo sewa liyeko. Phone receive garda ni bigyapan bajera hairan. ani 2$ vaisakeko thyo Payment kasari line thaha vayena. e sewa ra pay pal linu parne re. ani yo sewa ke ho, kaha pauxa, kasari pauxa thaha vaye hunthyo?

Viral Post said...

0.001$ bhaneko kati paisa ho? yo paisa ko pani paisa ho. 1$ pugauna lai ta barsa din bhanda pani dherai lagchha. yo sab thagne prabirti ho. paisa convert garda kheri nai 1rs. kharcha hunxa. plz reply reality

Anonymous said...

this apps is not working now so far. if its working, can u provide playstore link to download direct to my mobile?

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु