
अप्रत्याशित रुपमा जीवनलाई कोठामा देखेर दुबैजना सम्हालिए तर उनिहरु नग्न अवस्थामा थिए । शरीरमा कपडाको धरो पनि नभएकोले भुईमा थुपारेको कपडा लिन हात बढाउनु आगावै जीवनले भुइको कपडा टिपेर बाहिर आगनमा हुर्याइदियो । स्वास्नीको चर्तिकलाबाट हिनताबोध भएको जीवनको शरीरमा रिसको पारो उग्र भएर चढ्यो । आफुलाई साक्षात यमराजको रुपमा उभ्याएर हतारमा यौनपिपासुहरुले लगाउन बिर्सेंको ढोकाको आग्लो समायो अनी बम्क्यो - "थुईक्क रण्डी , कलंकिनी , यही जात्रा देखाउन मलाई अस्पताल लगी २-२ महिना सेवा गरेर बचाएको ? वेश्या , मलाई पहिल्यै घाँटी कसेर किन मार्न सकिनस र अहिले जिउदै मरेतुल्य बनाइस ?" उसले श्रीमतीलाई खुब भकुर्यो , कपाल जगल्ट्यायो , लात बजार्यो । रगतको भल बग्ने गरी हानेर थिलथिलो पार्यो ।
"गुहार गुहार ज्यान मर्न आट्यो, बचाउ!" आफुलाई समेट आईपर्नसक्ने प्रहारबाट त्रसित भएर भद्रमान सहयोगको लागि चिच्यायो । भुइँमा लडेर चित खाएकी ज्योति भने पानी पानी भन्दै बर्बराउन थाली । जीवनका हातखुट्टा निस्कृय भएर ज्योतिमाथि खनिन छाडे । भद्रमानले घरबाहिर कतै वन, जङगल, धारा, एकान्तस्थलमा जवर्जस्ती बलात्कार गरेको थिएन । त्यसैले जीवन भद्रमानमाथि जाइलागेन । आफ्नो घरमा मध्य दिउँसो त्यस्तो कार्य गर्नु सबै दोष स्वास्नीको थियो । स्वास्नीलाई त्यही अवस्थामा मार्न सक्दथ्यो तर उसले मार्न चाहेन, भोली कानुनी बन्धनबाट आफुमाथि आईपर्ने ब्ववधानहरुबारे उ पूर्ण परिचित थियो ।
.................................................................................................पुरा कथाको लागि यहाँ क्लिक गर्नुहोला
No comments:
Post a Comment