सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

तिमीलाई चाहनु मेरो भुल


तिमीलाई चाहनु किन मेरो भुल भयो
बिच बाटोमा छोडेर किन आज टाढा भयौ ।
माया गाँसेकी थियौ जनम जनम साथ निभाउछु भनेर
भेटन गएछौ अर्केलाई आँखा मेरो छलेर ।
तिम्रो माया मनमा साँची हरेक पल बाँचेको छु
मिलनमा मात्र होइन प्रिय बिछोडमा पनि हाँसेको छु ।
माया गर्नु पाप होइन तिमीलाई माया गरे मैले
भुल्छु तिमीलाई त्यस दिन आँखा बन्द होलान् जहिले ।
आफु भन्दा पनि बढी विश्वास गर्थे तिमीलाई
फेरी किन दियौ मेरो मुटु जलाई ।
अरु नै मन पर्थ्यो भने एक वचन भने हुन्थ्यो
मैले गाली गर्दा आज तिमी व्यर्थ रुन्थ्यो ।
माया गर्ने तिमीले लाखौ पाउलाउ संसारमा
चोखो माया गर्ने पाउन सक्दैनौ बाजारमा ।
शायद तिमीमा साहस पुगेन मलाई भन्न
तिमी अर्काकी भएको सक्दिन म सहन ।
दिन रात हरेक पल केवल तिमीलाई सम्झन्छु
आँशु नझारे पनि परेला भिजाई रहन्छु ।
पागल होइन म तै पनि यो दिल छ दिवाना
हरेक झरी पछि आउछ नया दिन सुहाना ॥
लेखक ......राज शेखर

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु