अन्धेरिमै मैले उज्यालो रचेथे
सुखको सानो संसार सजेथे
बिलायो त्यही दु:खको सपनामा
रोइदिन्छ यो मन कसैको जपनामा
चरिलाई सोध्छु म थाहा छैन भन्छ
खोलालाई सोध्छु म यहाँ छैन भन्छ
बतासमा हेर्छु म उ त्यसै गईदिन्छ
आकाशमा हेर्छु म कल्पना भई दिन्छ
आँखामा स्मृति आउछ साउन भएर
आँखैमा बिलाउछ फागुन भएर
उज्यालो अरुले नै लगी सकेछ
खाली दियो यो हातमा आज बचेँछ
कहाँ हराएँ म ?
4 days ago
No comments:
Post a Comment