संबिधान सभाको बैठकलाई ध्यानमा राखी काठमाडौं जिल्ला प्रशासनले महानगरका केही सार्वजनिक स्थलमा आइतबार निषेधाज्ञा जारी गरेको छ । यो आदेश सोमबारदेखि अर्को आदेश जारी नहुन्जेलको लागि लागू हुने प्रशासनले जनाएको छ ।
ती क्षेत्रमा कुनै पनि किसिमको जुलुस, विरोध, धर्ना, आमसभा र प्रदर्शन गर्न एवं खुल्ला पसल सञ्चालन गर्न तथा सवारी साधन पार्किङ गर्नसमेत निषेध गरिएको निषेधाज्ञामा छ ।
आदेश लागू हुने क्षेत्रमा नयाबानेश्वर स्थित अन्तराष्त्रिय सम्मेलन केन्द्रको चारैतिरका मूल सडक, थीरबम मल्ल मार्गबाट प्रधानमन्त्री निवास,नारायणहिटी दरबारका आसपासका क्षेत्र महाराजगन्जस्थित निर्मल निवास वरिपरी, बालुवाटारतर्फजाने पश्चिमतर्फो पण्डोल मार्ग, माइतीघर मण्डला देखि उत्तर, राष्ट्रिय अभिलेखालयदेखि पूर्व सिंहदरबार दक्षिण ढोका हुदै हनुमानस्थान र उत्तर-पश्चिम अनामनगर सडक हुँदै रामशाहपथ पद्मोदय माविको मोडदेखि दक्षिण सिंहदरबार हुदै राष्ट्रिय अभिलेखालयसम्म र भद्रकालीदेखि सिंहदरबारसम्मका सम्पुर्ण सडक छन् ।
चामलमा विषादीको खबरले तर्सनु भो? यो पढ्नुस्
4 days ago

No comments:
Post a Comment