सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

यस्तो पनि हो त ??

पाठ्यक्रम बिकास केन्द्र , जनक शिक्षा सामाग्री केन्द्र र बिक्री बितरणको जिम्मा पाएको साझा प्रक्राशनका कमजोरिले गर्दा शैक्षिक सत्र सुरु भएको डेढ महिना भईसक्दा पनि पाठ्य्क्रम उपलब्ध नहुँदा स्कुलहरुमा पढाई हुन सकिरहेको छैन ।
पढ्न नपाएपछी स्कुलका बिद्यार्थिहरु आक्रोशित भएर तोड्फोड र पर्दशनमा उत्रेका छन । विद्यार्थीहरुले चितवनमा ५६ वटा गाडी तोड्फोड गर्नुका साथै शिक्षा कार्यलयमा क्षती पुर्याएका छन । पाल्पा , बुटवल , धरान , हेटौंडामा पनि पर्दशन भएका छन । किताबकै कारण बिराट्नगर र जुम्लामा पनि तनाब जारी छ । जनक शिक्षा जस्ले स्कुलका किताब छाप्ने जिम्मा पाएका छन अहिले सम्म डेढ करोड मात्र छाप्न भ्याएका छन जबकी अहिले सम्म २ करोड २४ लाख छापिसक्नु पर्ने थियो । छापिसकेका किताब पनि सम्बन्धित ठाउमा इन्धनको अभाबमा पुर्याउन सकिएको छैन ।
पाठ्एक्रम परिमार्जन गरिएकोले कक्षा ३, ९, र १० का विद्यार्थीहरुलाई नयाँ किताबको जरुरत छ । किताब समयमा छापेर बितरण गर्न नसकेको कारणको बारेमा भने सम्बन्धित निकाएहरु भने एक अर्कामा दोष नलाउनमा ब्यस्त छन ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु