सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धि, बिरोध शुरु

२०६५ जेठ २८
फेरी पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको छ । जस अनुसार अव पेट्रोलको मूल्य प्रतिलिटर १००,खाना पकाउने ग्यासको मूल्य १२००, डिजेलको मूल्य ७० र मट्टीतेलको मूल्य ६५ भएको छ । यस भन्दा पहिला पेट्रोल प्रतिलिटर ८० रूपियाँ, डिजेल ५६।५०, मट्टीतेल ५१।२० थियो भने ग्यास ११०० रुपैयाँ थियो । मुल्य मूल्यवृद्धि बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आपूर्ती सचिव पुरुषोत्तम ओझाले जारी अभाव र ब्यापार घाटा कम गर्न मूल्यवृद्धि गरिएको भन्नु भयो । मूल्यवृद्धि अघि निगमको ब्यापार घाटा मासिक करिव तीन अर्व रुपैयाँ रहेकोमा अव त्यो घटेर करिव डेढ अर्व कायम हुने भएको छ निगमको भनाइमा प्रतिलिटर पेट्रोलमा १ रूपियाँ ९८ पैसा, डिजेलमा ३१ रूपियाँ ५२ पैसा, मट्टीतेलमा २२ रूपियाँ २४ पैसा र ग्यासमा २ सय ९१ रूपियाँ ४९ पैसा नोक्सानी बाँकी नै रहनेछ।
यसै बिच मूल्यबृद्धिको बिरोध गर्दै निर्णय तत्काल फिर्ता लिन माग राख्दै देशका बिभिन्न स्थानमा बिरोध शुरु भएको छ, ने क पा एमाले निकट अ ने र स्व बि यु का विद्यार्थीहरुले काठमाडौं तथा देशका बिभिन्न क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेको छ भने ने बि संघ ले पनि मूल्यबृद्धि तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । सरकारले यस अघि पनि एक पल्ट मूल्यबृद्धि गरेकोमा चर्को बिरोधका कारण मूल्यबृद्धि फिर्ता लिन वाध्य भएको थियो । विद्यार्थीहरुको भनाइ पेट्रोलियम पदार्थको मूल्यबृद्धि भन्दा पनि आयल निगममा हुने चुहावोट तथा भ्रष्टाचारमा नियन्त्रण गर्न सरकार लाग्नु पर्ने हो ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु