सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

अमेरिका जाने हो ???

२०६५ जेठ २८ गते
"पैसा खर्च गर्न सक्नु हुन्छ र सजिलो तरिकाले अमेरिका लगाएतका तेस्रो मुलुक जान चाहनु हुन्छ भने ... "
नेपालीहरु भुटानी शरणार्थीको परिचय पत्र लिएर तेस्रो मुलुक जाने गरेको रहस्य थाहा भएको छ । भारत तथा नेपालका विभिन्न स्थानमा वस्ने हिमाली जिल्ला, पोखरा, बुटवल, काठमाडौं आदीका नेपालीहरुले भुटानी शरणार्थी परिचय पत्र बनाएर तेस्रो मुलुक जान लागेको जानकारीमा आएको छ । नेपालीहरुले एजेण्ट मार्फत भुटानी शरणार्थी परिचय पत्र बनाउने गरेका छन् । यस्तो कार्य पूर्व शिविर सचिव, भुटानी शरणार्थी नेतालगायतको गिरोह सक्रिय रहेको बुझिएको छ । यस्ता एजेण्टले ५ लाख देखि १५ लाखसम्म लिई परिचय पत्र बनाइदिने गरेको पत्ता लागेको छ ।
एक महिना यता धेरै गैर भुटानी शरणार्थीहरु शरणार्थी परिचय पत्रसहित तेस्रो मुलुक प्रस्थान गरि सकेको पनि थाहा हुन आएको छ । यसरी जाने तेस्रो मुलुकहरुमा मुख्य तया अमेरिका साथै क्यानाडा तथा नर्वे लगाएत छन ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु