
बिदेशमा अकुट सम्पत्ति जम्मा गरेको भन्ने आरोप प्रति बोल्दै राजा ज्ञानेन्द्रले आफुको बिदेशमा कही कतै चल अचल सम्पत्ति नरहेको,जे जती सम्पत्ति छन त्यो सबै नेपाल मै रहेको,परम्परागत सम्पत्तिलाई घटाऊने काम नगरेको र भएको सम्पत्ति लाई पनि आफ्नो निजी सम्पत्तिको रुपमा नराखी सँस्थागत रुपमा राखी त्यसको संरक्षण गरेको बताउनु भयो । परम्परागत देखी नै शाहबंशको बिरासतको रुपमा रहेको श्रीपेच र राजडण्ड आजबाट नै नेपाल सरकारको जिम्मा लगाएको पनि वहाँले आज पत्रकार सम्मेलनमा जानकारी गर्नु भयो । पत्रकार सम्मेलनमा लिखित सन्देश पढ्नु अघि वहाँको अनुहारमा बिगतमा झै मुस्कान रहेको थियो भने पुरा समय वहाँको अनुहारमा कुनै चिन्ताको भाव रहेको देखिएको थिएन । पूर्व राजा ज्ञानेन्द्रले करिब १४ मिनेट जति आफ्नो लिखित कुराहरु पढेर सुनाउनु भएको थियो ।
No comments:
Post a Comment