सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

जापानमा नेपाली कामदार पठाउने प्रक्रिया सुरु

नेपाल सरकारले जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउने म्यानपावर कम्पनीको छनोटको प्रक्रिया सुरु गरेको छ । यस् सँगै लामो समयदेखि अवरुद्ध रहेको जापानमा नेपाली कामदार पठाउने प्रक्रिया अब सुरू हुने भएको छ । तीन साताअघि श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव श्यामप्रसाद मैनालीले जापानको भ्रमण गरी जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन जिट्को सँग नयां सहमति गर्नुभएपछि सो मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तयार गरी छनोट गर्ने प्रक्रिया सुरु गरेको हो ।
दक्षिण कोरियामा कामदार पठाउने प्रक्रियाभन्दा यो फरक हुने बताइएको छ । दक्षिण कोरियामा सरकार-सरकारबीच कामदार पठाउने काम भएको तर जापानमा कामदार पठाउने काम नेपाली म्यानपावर कम्पनी र जापानको जिट्को मार्फत हुने छ । जापानमा औद्योगिक तथा कृषि क्षेत्रमा धेरै कामदारको माग छ । खासगरी जापानले दक्ष र अर्धदक्ष नेपाली कामदारप्रति चासो देखाएको छ । नेपाली युवाका लागि पनि जापान आकर्षणको केन्द्र रहंदै आएको छ ।

श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव उद्धवप्रसाद बास्कोटाले एक / डेढ महिनामा कामदार पठाउने संस्थाको छनोट सकिने त्यसपछि दुई-तीन महिनाभित्रमा कामदार पठाउनसक्ने स्थिति हुनसक्ने बताउनु भएको छ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु